नेपालमा एकैदिन २ हजार २०६ जनाले जिते कोरोना
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २०६ जना कोरोना संक्रमणमुक्त भएका छन्। शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ हजार २०६ जनाले कोरोनालाई जितेको जानकारी दिएको हो । यससँगै नेपालमा कोरोना जित्नेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ ।