कोरोनासँग लड्न ‘नर्सको दुर्गा अवतार’ !
काठमाडौं । विश्व कोरोनाभाइरस संक्रमणको चपेटाबाट गुज्रिरहेको छ । नेपाल पनि १० महिनादेखि कोरोनासँग जुधिरहेको छ । कोरोना संक्रमण दर बढिरहेका बेला नेपालीको महान चाड बडादशैँ सुरु भइसकेको छ । आश्विन शुल्क प्रतिपदादेखि नौ दिन नवदुर्गाको पूजापछि दशमीमा विजया दशमी मनाइन्छ । यो पर्व असत्य माथि सत्यको विजयका रुपमा शक्ति स्वरुपा देवी भगवती महिषसुर दैत्यको वध गरी विजय प्राप्त गरेको सम्झनामा मनाउने गरिन्छ । सत्ययुगमा महिषाशुर (दानव)को कुकृत्यबाट मानव जगतलाई