समाचार विषयलाई लिएर सञ्चार गृहमै पत्रकारमाथि कुटपिट
कैलाली । कैलालीको दिनेश सञ्चार गृहमा कार्यरत पत्रकारमाथि समाचार प्रकाशन गरेको विषयलाई लिएर कुटपिट भएको छ । धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै दिनेश सञ्चार गृहमा प्रवेश गरेका १५/२० जनाको समूहले त्यहाँ कार्यरत पत्रकार र कर्मचारीमाथि कुटपिट पनि गरेका हुन्। पत्रकार तथा कर्मचारीमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ । प्रकाशित समाचारप्रति चित्त नबुझेको खण्डमा कानुनी उपचार नखोजी