बाँकेमा ३० प्रहरीसहित ४६ जनामा कोराना पुष्टि
नेपालगन्ज २५, साउन । बाँकेमा आइतवार थप ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ४६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले फेसबुकमार्फत त्यसको पुष्टि गर्नुभएको छ । संक्रमितमध्ये प्रहरी कर्मचारीको संख्या समेत धेरै छ । वडा प्रहरी कार्यालय नेपालगन्जका २९ र एक जना बागेश्वरी मन्दिरमा खटिने प्रहरीमा भाइरस पुष्टि भएको हो । बाँकेमा