विशेष समाचार

कतारमा मनाईयो '१४७ औं लखन थापा मगर स्मृति दिवस २०२४'

दर्शन सुनार/कतार : प्रथम सहिद क्या. लखन थापा मगरको १४७ औं स्मृति दिवस कतारमा मनाइएको छ। गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार, संघ सस्थां समन्वय  विभाग नेपाल आदिवासी जनजाती महासंघ कतार र नेपाल मगर संघ,शाखा कतारद्धारा संयुक्त आयोजनामा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै स्मृति दिवस मनाईएको हो । कार्यक्रम औपचारिक थियो। आसनग्रहण गराइसकेपछि प्रथम सहिद थापाको तस्बिरमा फुल र माला अर्पण गर्दै कतारमा स्थापित विभिन्न सँघ संस्थाको उपस्थितिमा

'भ्यालेन्टाइन नाइट' : सांगीतिक प्रस्तुतिका लागि किरण र ममता पुगे कतार

दर्शन सुनार/कतार : नेपाल आइडलबाट चर्चामा आएका गायक किरण भुजेल र युवा पुस्ताकी चर्चित गायिका ममता गुरुङ कतार आइपुगेका छन् । उनीहरूले मंगलबार र भोली बुधबार सॉझ कतारको दोहाको साना सिग्नल नजिक रहेको ग्रान्ड रिगल होटेलमा अवस्थित अर्मानि एक्स लन्ज एन्ड बारले आयोजना गरेको ” भ्यालेन्टाइन नाइट” मा प्रस्तुति दिनेछन्। कलाकारको स्वागतका लागि क्लब सञ्चालक रमेश केसी, कार्यक्रमका संयोजक रोशन अर्याल लगायतका अन्य व्यक्तिहरू एयरपोर्ट पुगेका थिए । आफ्नो साङ्गीतिक प्रस्तुति

भृकुटीमण्डपमा दुर्गा प्रसाईंको शक्ति प्रदर्शन

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले राजसंस्था पुनर्स्थापना लगायतका एजेन्डाहरू अघि सार्दै आज नयाँ चरणको आन्दोलन सुरु गरेको भन्दै शक्ति प्रदर्शन गरेका छन् । उनले ‘नागरिक बचाउ महाअभियान’ को वार्षिकोत्सवका अवसरमा काठमाडौंको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गरेका हुन् । उनले आफ्नो अभियानको शक्ति प्रदर्शन राजसंस्था पुनर्स्थापनाका लागि भएको दाबी गरे । राजधानीमा आयोजित सभामा मानिसहरुको उल्लेख्य उपस्थिति रहेको थियो । यसैबीच प्रसाईंको अभियानलाई राप्रपाले पनि नैतिक समर्थन गरेको छ । यति मात्र

शैक्षिक संस्थाहरुमा चन्दा माग्दै हिड्ने २ जना पक्राउ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नाममा पूर्वका केही जिल्लाका शैक्षिक संस्थाहरुमा चन्दा माग गर्दै धम्की दिने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको माम्सेबुङ गाँउपालिका १ गजुरमुखी घर भई हाल काठमाडौंस्थित भिमसेनगोला डेरा गरी बस्ने ३८ वर्षका प्रविण मिश्र र पाँचथरको याङवरक गाउँपालिका १ बस्ने अन्दाजी ३० वर्षीय विपिन अधिकारी रहेका छन् । उनीहरुले विगत केही समयदेखि मोरङ लगायतका जिल्लामा रहेका शैक्षिक संस्थाहरुमा भूमिगत संगठनका नाममा

एक करोड ८२ लाख नक्कली नोटसहित एक भारतीय पक्राउ

काठमाडौं । एक करोड ८२ लाख ५१ हजार नक्कली नेपाली नोटसहित भारतीय नागरिक पक्राउ परेका छन् ।प्रहरीले सुनसरीको इनरुवाबाट एक करोड ८२ लाख ५१ हजार नक्कली नोटसहित एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । भारतको बिहार राज्य वीरपुर–५ का २२ वर्षीय छोटु भनिने मोहमद सैयाद साफीलाई प्रहरीले आइतबार भारतीय नम्बर प्लेट (बिआर ११ह्३४२९)को स्कारपियो चेकजाँच गर्ने क्रममा गाडीभित्र लुकाएर राखेको अवस्थामा अठार हजार दुई सय ५१ थान नक्कली नोट

चिरायु डाइग्नोस्टिक नेपालगन्जद्वारा १३६ जनाको नि:शुल्क थाइराइड परिक्षण

नेपालगन्ज : चिरायु डाइग्नोस्टिक एन्ड हेल्थ केयर सेन्टर नेपालगन्जले नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। सोमबार चिरायुले नि:शुल्क थाइराइड परिक्षण शिविर सम्पन्न गरेको हो। सोमबार विहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म चलेको शिविरमा १३६ जनाले निशुल्क थाइराइड परिक्षण गराएका थिए। शिविरमा विहानैदेखि चिरायुमा थाइराइड परिक्षण गराउनेको भिड थियो। सोमबार विहान सेवाग्राहीको प्रेसर जाँच गरेर स्याम्पल कलेक्सन गरेको चिरायुले सोमबार बेलुका ४ बजे नै रिपोर्ट उपलब्ध गरायो। जुन निकै राम्रो कुरा

दोस्रोपटक कतारले उचाल्यो एसिएन कपको उपाधि

दर्शन सुनार/कतार : कतारले लगातार दोस्रोपटक एसियन कपको उपाधि जितेको छ । शनिबार राति सम्पन्न फाइनल खेलमा जोर्डनलाई ३-१ गोल अन्तरले पराजित गर्दै कतारको एसियन कपको उपाधि जितेको हो । कतारको जितमा आक्रम अफिफले ह्याट्रिक गरेका थिए । उनले तिनै गोल पेनाल्टीबाट गरेका थिए । त्यसैगरी जोर्डनका लागि एक गोल यजन अल नैमतले गरेका थिए । यस अघि २०१९ मा पहिलो पटक विजेता बनेको कतारले लगातार दोस्रो पटक उपाधि जितेको

रोजगारीको लागि ६ महिना अघि कुवेत गएका किशुम सोमबारदेखि सम्पर्क विहीन

दर्शन सुनार/कतार : वैदेशिक रोजगारीको लागि कुवेत गएका किशुम महर्जन गत सोमबारदेखि सम्पर्क विहीन भएका छन् । अल हमाजि ग्रुपमा करिब ६ महिना पहिले  रोजगारीका लागि कुवेत आएका किशुम गत सोमबार नेपाल जाने साथीलाई परिवारका लागि पार्सल छोड्न गएको र त्यतैबाट सम्पर्क विहीन भएको बुझिएको छ। अहिले कुवेतस्थित नेपाली दूतावासले परिवारबाट सूचना प्राप्त भएको र खोजीकार्यलाई तीव्र पारिएको जनाएको छ । हप्तादिन यता सम्पर्कमा नआएपछि कम्पनी, दूतावास तथा कुवेत सबैतिर

गुल्मी सेवा समाज कतारले मनायो '२० औं वार्षिक उत्सव'

दर्शन सुनार/ कतार : गुल्मी सेवा समाज कतारले आफ्नो ‘२० औं वार्षिक उत्सव’ भव्य रुपमा मनाएको छ। शुक्रबार कतारमा एक कार्यक्रमको आयोजना गर्दै समाजले ‘वार्षिक उत्सव तथा आन्तरिक वनभोज कार्यक्रम’ सम्पन्न गरेको हो । कार्यक्रममा समाजका अध्यक्ष कमल अर्यालको सभापतित्व तथा लुम्बिनी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष  बुद्ध पान्डेयको प्रमुख आतिथ्यता रहेको थियो। त्यस्तै, समाजका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक मित्र बिएसले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए । वक्ताहरुले गुल्मी

घरको चार तला माथिबाट हामफाल्दा महिलाको ज्यान गयो

काठमाडौं । ललितपुरको इमाडोलस्थित एक घरबाट हामफालेकी महिलाको ज्यान गएको छ । शनिबार अपराह्न महालक्ष्मी नगरपालिका–४ इमाडोलस्थित ओचुहाइटस्थित घरको चौथो तलाबाट ३६ वर्षीया रबिना महर्जनले हाम फालेकी थिइन् ।  स्थानीयले उद्धार गरी उनलाई किस्ट अस्पताल पु¥याएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो । साथै सोही घरमा अचेत अवस्थामा फेला परेका दुई बच्चाको पनि मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले आमाको उपचारको क्रममा र ६ वर्षीय बालक