विशेष समाचार

'नेपाल पत्रकार महासंघ कतार शाखा' : आठौं अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ निर्वाचित

दर्शन सुनार/कतार : नेपाल पत्रकार महासंघ कतार शाखाको आठौँ अधिवेशन सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यता रहेको अधिवेशन कतार शाखाका अध्यक्ष करीम बक्स मियाँको अध्यक्षतामा सम्पन्न भएको हो । शुक्रबार नेपाली राजदूतावासको सभा हलमा सम्पन्न अधिवेशनबाट आगामी ३ वर्षका लागि दिल कुमार श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्बसहमत चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा अर्जुन पौडेल, सचिव दिलीप पराजुली, सहसचिव शारदा भुजेल, कोषाध्यक्ष

चेकइन गरेका लकेज नबोकी उड्छन् नेपाल र हिमालयन एयरलाइन्स

दर्शन सुनार/दोहा कतार : नेपाल एयरलाइन्स र हिमालयन ध्वजाबाहक एयरलाइन्सप्रति यात्रुहरु असन्तुष्ट रहेको पाइएको छ। लकेजमा फितलो व्यवस्थापन गरेको भन्दै यात्रुहरुको गुनासो आउन थालेको छ। गन्तव्यमा आफूहरु पुगिसकेपनि घण्टौँसम्म कुर्दा समेत लकेज न आएको एक यात्रुले बताएका छन्। यात्रु गन्तव्य स्थल पुगेर घन्टौ पर्खिदा समेत लकेज नआउने र एयरलाइन्सका जिम्मेवार अधिकारीले शिष्टता तथा जिम्मेवारी पूर्वक जवाफ नदिने गरेको गुनासा बढेका छन् । गत महिनाको २९ तारिक H9563 को उडानबाट काठमाडौँ

'नेपाल कल्चर फेस्टिवल' : आगामी फागुन २४ र २५ गते हुँदै

नेपालगन्ज : नेपालकै ठूलो फेस्टिवल ‘नेपाल कल्चर फेस्टिवल’को आयोजना हुनेभएको छ। अनतरालको आयोजनामा आगामी फागुन २४ र २५ गते ‘नेपाल कल्चर फेस्टिवल’ हुने आयोजक टिमले जनाएको छ। आयोजकका अनुसार देशै भरको संस्कृति एउटै मञ्चबाट प्रस्तुत गर्ने उद्देश्यले आयोजना हुन लागेको फेस्टिवलमा स्थानीय दर्जन बढी संघ संस्थाहरुले सहकार्य गर्दैछन् । फेस्टिवलमा नेपाली मौलिक कला संस्कृति, गीत संगीत , नाच, लोकबाजा, भेषभुषा, खाना, भाषा र हस्तकलाको प्रवर्द्धन तथा प्रचारप्रसार गरिनेछ । सुदुर

'गैर आवासीय नेपाली तारा-२०२३ सिजन ४' को ग्राण्ड फिनाले शुक्रबार हुँदै

दर्शन सुनार/कतार : गैर आवासीय नेपाली संघ कतार र तमु (समाज) कतारको संयुक्त  आयोजनामा आयोजित “गैर आवासीय नेपाली तारा २०२३ सिजन ४” को ‘’ग्राण्ड फिनाले’’ शुक्रबार हुने भएको छ । अल रैयानमा अवस्थित लुक्तामा रहेको ट्युनिसियन स्कुलको सभा हलमा बिहान ११ बजेबाट सुरु हुने फिनालेको लागि  नेपालबाट अतिथि निर्णायकको भूमिकामा चर्चित गायक राम कृष्ण ढकाल  र चर्चित नायिका तथा नृत्यङ्गना  पुर्णिमा श्रेष्ठ कतार आउने भएका छन्। फिनाले प्रवेश गरेका गायन

'पूर्व मिस नेपालगन्ज' थापाद्वारा 'व्यूटी एन्ड सलुन'को उद्घाटन

नेपालगन्ज : पूर्व मिस नेपालगन्ज सुमन थापाले नेपालगन्जको ‘व्यूटि एण्ड सलुन मेकअप ट्रेनिङ सेन्टर’को उद्घाटन गरेकी छिन । बुधवार उनले नेपालगन्जको वागेश्वरी मन्दिरको मिनी मार्केटमा रहेको व्यूटि एण्ड सलुन मेकअप ट्रेनिङ सेन्टरको रिवन काटेर उद्घाटन गरेकी हुन् । पछिल्लो समय विभिन्न ब्रान्डका प्रमोसनमा व्यस्त रहेकी सुमनको प्रायः सौर्न्दर्यसँग सम्बन्धित ब्रान्डमा उच्च डिमाण्ड हुने गरेको छ । त्यसो त सुमनको विभिन्न व्यूटीपेजेन्टमा निर्णायकको रुपमा पनि डिमान्ड हुने गर्छ। त्यति मात्रै कहाँ

लोकप्रिय रेडियोकर्मी डियर कल्याणलाई मातृ शोक

काठमाडौं । लोकप्रिय रेडियोकर्मी डियर कल्याण(कल्याणराज गौतम) लाई मातृ शोक परेको छ । जीवनको यथार्थ घटनालाई कथाद्धारा रेडियोबाट बाचन गरी लाखौ स्रोताहरुको मनमा बस्न सफल रेडियोकर्मी गौतमकी आमा नमादेवी गौतमको ९३ वर्षको उमेरमा निधन भएको हो । दाङस्थित आफ्नै निवासमा गौतमको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । हाल ईमेज एफ.एम. बाट प्रसारण भैरहेको कार्यक्रम डियर कल्याणका प्रस्तोता गौतमकी आमा नेपालका बाइसे/चौबिसे राज्य मध्येको अन्तिम राज्य उदयपुर (प्युठान) का अन्तिम

मानवअधिकारद्धारा सेना, प्रहरी र कर्मचारीलाई कारवाही गर्न सिफारिस

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकार उल्लंघन गर्ने ६० जनाको नाम सार्वजनिक गरेको छ । आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०७९/८० र चालु आर्थिक वर्ष २०८०/८१ मा मानवअधिकार उल्लंघन गर्ने ६० जनाको नामावली सार्वजनिक गरेको हो । आयोगले कारबाहीका लागि सिफारिस गरेकाहरुमा प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान र निजामती कर्मचारीसहित तत्कालीन विद्रोहीहरुको नाम समावेश छ । नेपाल प्रहरीप्रहरीतर्फ ३२ जना कारबाहीको लागि सिफारिस परेका छन्

विभिन्न कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदै

काठमाडौं । देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रमका साथ आज देशभर विभिन्न कार्यक्रमका साथ शहीद दिवस मनाइँदैछ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा आज विविध कार्यक्रमका साथ देशभर शहीद दिवस मनाइने परम्परा छ । गत वर्षहरूमा जस्तै यस वर्ष पनि शहीदरूको योगदानको चर्चा गर्दै यही माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा दिवस मनाउने कार्यक्रम

सम्झाई बुझाई गर्ने क्रममा  प्रहरीमाथि आक्रमण,दुई जना घाइते

सुर्खेत । रुकुम पश्चिमको बाँफिकोटमा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण हुँदा दुई जना घाइते भएका छन् । आइतबार बेलुका ईलाका प्रहरी कार्यालय बाँफिकोट गाउँपालिका–३, स्यार्पुमा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण हुँदा प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्का घाइते भएका हुन् । बाँफिकोट गाउँपालिका–५ का ३४ वर्षीय हिरालाल केसीलाई १२–१३ जनाको समूहले कुटपिट गरेका थिए । त्यसपश्चात घटनास्थल पुगेको प्रहरी टोलीमाथि सम्झाई बुझाई गर्नेक्रममा आक्रमण भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका

निदान डाइग्नोस्टिक नेपालगन्जद्वारा १८३ जनाको नि:शुल्क थाइराइड चेकजाँच

नेपालगन्ज : निदान डाइग्नोस्टिक एन्ड हेल्थ केयर प्रालि नेपालगन्ज चौथो वर्षमा प्रवेश गरेको छ। नेपालगन्जमा उच्च प्रविधि र दक्ष जनशक्तिद्वारा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको निदानले छोटो समयमै राम्रो छवि बनाउन सफल भएको छ। सामाजिक कार्यमा पनि अग्रसर छ निदान। शनिबार मात्रै चौथो वार्षिकोत्सवको अवसरमा निदानले नि:शुल्क थाइराइडको चेकजाँच शिविर आयोजना गरेको थियो। जुन शिविरमा १ सय ८३ जनाको रगतको नमुना संकलन गरिएको निदानका प्रवन्ध निर्देशक सन्दीप पोख्रेलले सौर्यपत्रलाई जानकारी