विशेष समाचार

पाल्पाली सेवा समाज दोहा कतारको ८ औं  अधिवेशनबाट अध्यक्षमा भट्टराई निर्वाचित

दर्शन सुनार/कतार : पाल्पाली सेवा समाज कतारले ८ औं अधिवेशन सभ्य र भव्य रुपमा सम्पन्न गरेको छ । समाजका अध्यक्ष महल केसीको सभापतित्व तथा लुम्बिनी प्रदेश समन्वय परिषद कतारका प्रमुख संरक्षक कमलमणि गुराराईको प्रमुख आतिथ्यता सम्पन्न अधिवेशनबाट अध्यक्षमा विश्वनाथ भट्टराई निर्विरोध निर्वाचित भएका छन्। अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा विकास गैरे (बिक्की), उपाध्यक्षमा दामोदर पाण्डे, महासचिवमा मदन भण्डारी(मदन), सचिवमा इश्वोर काफ्ले, सचिवमा कमल भुसाल, कोषाध्यक्ष ऋषिराम श्रेष्ठ, सह-कोषाध्यक्ष हिरालाल बस्याल, महिला संयोजक

नेपाल मगर संघ शाखा कतारले गर्‍यो कलाकारलाई सम्मान

दर्शन सुनार/कतार : नेपाल मगर संघ शाखा कतारले गायक तथा सर्जक डोलराज बार्हघरे, गायक तथा हास्यंकलाकार अर्जुन कुवंर, लोक तथा दोहोरी गायिका रुस्मा सिञ्जाली मगर, ( रुपी) मोडल तथा डान्सर अस्मिता राना मगरलाई सम्मान गरेको छ । नेपाल मगर संघ शाखा कतारले आयोजना गरेको  मगरहरुको राष्ट्रिय प्रमुख साँस्कृतिक चाड २०८० को लागि सांगीतिक प्रस्तुति दिन कतार आएका नेपालबाट आमन्त्रित कलाकारहरुलाई संघले बिहिबार साझँ एक कार्यक्रमको आयोजना गर्दै सम्मान गरेको हो

भारतले ७५ औं गणतन्त्र दिवस मनाउँदै

काठमाडौं । भारतले आज शुक्रबा ७५ औँ गणतन्त्र स्थापना दिवस मनाउँदैछ । ‘विकसित भारत’ र ‘भारत–लोकतन्त्रको मातृका’ भन्ने नारासहित यस वर्षको गणतन्त्र दिवस धुमधामका साथ मनाउँदैछ ।  गणतन्त्र दिवसमा भारतले प्रमुख अतिथिकारुपमा फ्रान्सका राष्ट्रपति इम्यानुएल मैक्रोलाई आमन्त्रित गरेको छ । राष्ट्रपति मैक्रोको आतिथ्यतालाई ध्यानमा राखेर सरकारले दिल्लीको सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । जसकालागि १४ हजार सुरक्षाकर्मी परिचालित छन् । सन् १९५० मा यही दिन भारत गणतन्त्र घोषित भएको थियो

राष्ट्रियसभामा माओवादी पहिलो, एमाले तेस्रो

काठमाडौं । नेकपा माओवादी केन्द्र राष्ट्रियसभामा सबैभन्दा ठूलो पार्टी बनेको छ । आज (बिहीबार) १९ सिटका लागि भएको निर्वाचनको मतपरिणाम आएसँगै राष्ट्रियसभामा माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी बनेको हो ।  बिहीबार भएको निर्वाचनमा उम्मेदवारी दिएका ६ जनामध्ये ५ निर्वाचित भएपछि माओवादी राष्ट्रिय सभामा पहिलो दल बनेको छ । गठबन्धनका तर्फबाट  कोशीमा उम्मेदवारी दिएकी चम्पादेवी कार्की भने पराजित भएका छन् । गठबन्धनकै मतदाताहरूले फ्लोर क्रस गरेपछि एमालेकी रूक्मिणी कोइराला विजयी भएका

नेपाली कलाकारलाई कतारमा सम्मान

दर्शन सुनार, कतार : नेपालबाट आफ्नो सांगीतिक प्रस्तुति दिन  कतार पुगेका चार जना राष्ट्रिय कलाकारहरु एकै साथ सम्मानित भएका छन्। सांगीतिक प्रस्तुति दिन कतार पुगेका गायक तथा सर्जक डोलराज बार्हघरे, गायक तथा हास्यंकलाकार अर्जुन कुँवर, लोक तथा दोहोरी गायिका रुस्मा सिञ्जाली मगर ( रुपी) र मोडल तथा डान्सर अस्मिता राना मगर सम्मानित भएका हुन्। स्याङ्जा सहयोग समाज कतार र लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा कतारले संयुक्त रुपमा बुधबार साझँ

आजदेखि स्वस्थानी व्रतकथा सुरु

काठमाडौं ।आज बिहीबार पौष शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएको र देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरू गरेर यी देवीदेवताको पूजा आराधना सुरू गर्दै छन् । वैदिक सनातन धर्मावलम्बी पनि विशेषगरी नेपालमा

माघ १५ मा ९ औँ डाँफे कप फूटबल, थापाद्वारा प्रथम पुरस्कार प्रायोजन

खजुरा : बाँकेकै जेठो क्लबहरुमध्यको ‘न्यू डाँफे स्पार्टस् क्लव खजुरा’ले डाँफे कप फुटबल प्रतियोगिताको ९ औं श्रृंखला आयोजना गर्ने भएको छ । क्लवले यही माघ १५ गतेबाट बाँकेको खजुरा ४ डि गाउँ स्थित मिनी रंगशालामा ९ औँ डाँफे कप फूटबल प्रतियोगिता आयोजना गर्ने भएको हो । नक आउट फूटबल प्रतियोगितामा आज सम्ममा १६ वटा क्लवहरुले सहभागीता सुनिश्चितता गरिसकेको क्लवले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।  ए डिभिजनको

मोटरसाइकल दुर्घटना हुँदा भक्तपुरमा एक जनाको ज्यान गयो

काठमाडौँ । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ स्थित चुनदेवीमा भएको दुर्घटनामा २० वर्षीय ओम केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले जानकारी दिए । बुधवार साँझ भएको दुर्घटनामा ज्यान गुमाउने ओम केसी पाण्डुबजारका स्थानीय हुन् । सल्लाघारीबाट सूर्यबिनायकतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२२ प ८७३२ नम्बरको मोटरसाइकल बागमती प्रदेश–०२–०२१ प ९०३२ नम्बरको स्कुटरसँग ठोक्किएको थियो । मृतक मोटरसाइकल चालक हुन्

मेरो खातामा सहकारीको रकम जम्मा भएको छैनः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले ग्यालेक्सी टेलिभिजनको जागिर छाड्दा कुनै किसिमको सहकारीको पैसा नलिएको बताएका छन् । सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै लामिछानेले यस्तो बताएका हुन् । यसबारेमा आफूले बैंकमै गएर बुझेको उल्लेख गर्दै लामिछानेले १ करोड ८० लाख रकम आफ्नो खातामा जम्मा नभएको बताएका हुन् । पत्रकार सम्मेलनमा लामिछानेले ग्लोबल आईएमई बैंकले दिएको पत्रसमेत बाचन गरेर सुनाएका थिए । ग्यालेक्सी टेलिभिजनको जागिर छाडेर निस्किँदा

काठमाडौँ जाँदै गरेको बस दाङमा दुर्घटना हुँदा  दुई जनाको घटनास्थलमै मृत्यु

दाङ ।  बर्दियाबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३ -०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।  बर्दिया गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए । बसमा ४७ जना सवार रहेको दुई जना घाइते भएको र अन्य यात्रु सकुशल रहेको उनले बताए