समाचार

आज सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

काठमाडौं । सरकारको वार्षिक नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै छ । आज बस्ने संघीय संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।  नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेल स्वयंले प्रस्तुत गर्नेछन् । स्वास्थ्य समस्याका कारण भारतमा उपचार गराएर फर्किएपछि आराम गरिरहेका राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्न सक्ने/नसक्नेमा यसअघि संशय थियो । सोही कारण राष्ट्रपतिले नीति तथा कार्यक्रम

चलचित्र ‘काँडेतार’ सेन्सर फुकुवा

काठमाडौं । सामना फिल्मस्ले निर्माण गरेको चलचित्र ‘काँडेतार’लाई नेपाल सरकारको सेन्सर बोर्डबाट फुकुवा भएको छ ।  सेन्सर स्वीकृति प्रक्रियामा आएको कठिनाइलाई सुल्झाएर काँडेतार बोर्डबाट फुकुवा भएको हो ।  सेन्सर फुकुवा भएसँगै निर्माण पक्षले उक्त प्रक्रियामा सघाउने विभिन्न व्यक्ति तथा संस्थालाई धन्यवाद दिएको छ । 

ट्र्याक्टरमा ल्याउँदै गरेको ८२ किलो गाँजासहित दुईजना पक्राउ

महोत्तरी । महोत्तरी प्रहरीले आज गौशाला नगरपालिकाको जङ्गल क्षेत्रबाट ट्र्याक्टरमा बोकेर ल्याउँदै गरेको ८२ किलोग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बस्ने २६ वर्षीय ट्र्याक्टर चालक गणेश सार्की र सोही ठाउँका ट्र्याक्टरमा सवार २७ वर्षीय पाण्डव थापा रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । ना७त २०० नंको ट्र्याक्टरमा ८२ किलोग्राम लागुऔषध गाँजा बोकेर गौशाला नगरपालिका–१२ जङ्गलमा

बस र मोटरसाइकल ठोक्किँदा तारकेश्वरमा एक जनाको मृत्यु, १० घाइते

काठमाडौं । काठमाडौंको तारकेश्वरमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो बा ३ ख ६३६७ नम्बरको बसले बा ४९ प ६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक जोगेन्द्रप्रसाद गुप्ताको ग्रिन सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु हो ।  मोटरसाइकललाई ठक्कर दिएको बस रेलिङ भत्काएर शेषमती खोलामा खसेको छ । दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

चट्याङ लागेर दैलेखमा एकै परिवारका चारजना घाइते

दैलेख । दैलेखमा चट्याङ लागेर एकै परिवारका चारजना घाइते भएका छन् । डुंगेश्वर गाउँपालिका–२, लाँकुरीमा गए राति सुतिरहेका बेला चट्याङ लागेर २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिए । दैलेख अस्पतालमा घाइते चारैजनाको उपचार भइरहेको छ । उनीहरूको राति नै उद्धार गरिएको थियो । चारैजना खतरामुक्त रहेको दैलेख अस्पतालका

भन्सारका कर्मचारीमाथि  सिआइबीको छानबिन

काठमाडौं । शरणार्थीसम्बन्धि ठगी प्रकरणमा उच्च पदस्थलाई कारबाही गरेर चर्चामा आएको नेपाल प्रहरीले भन्सारका कर्मचारीमाथि पनि छानबिन थालेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले विमानस्थलस्थित भन्सार कार्यालयका एक नासुलाई पक्राउ गरी अनुसन्धान थालेको छ । शनिबार दिउँसो ब्यूरोले नासु रेवन्त खड्कालाई पक्राउ गरेको हो । उनी अराइभलमा डिउटीमै रहेका बेला पक्राउ परेका हुन् । नासु खड्काले विमानस्थलभित्र तस्करी लगायत विषयमा संगठित जालो चलाएको स्रोत बताउँछ । गम्भीर विषय भएकाले सिआइबीले

संसद् र सरकार अरूले नै चलाउँदो रहेछ : मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले संसद् र सरकार अरूले नै चलाउँदो रहेछ भन्ने अनुभूति आफूलाई भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा मन्त्री किरातीले मन्त्री अरूले नै चलाउने भएकाले आफू ‘सोकेसको मान्छे’जस्तो भएर बस्नुपरेको बताए । पर्यटन क्षेत्रका धेरै ऐन बदल्नुपर्ने आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसमा सहयोग गर्न सांसदहरूलाई आग्रह गरे । मन्त्री किरातीले हवाई उडानको सुरक्षाका लागि

आज पनि बालकृष्ण खाँणको बयान लिइने

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणसँग आज पनि बयान लिइने भएको छ ।गत बिहीबार पक्राउ परेका परेका खाँणको हिजो सोमबारदेखि विषय केन्द्रित बयान लिन थालिएको हो । सो बयान अझै बाँकी रहेकाले आज पनि बयान लिन लागिएको सरकारी वकिल प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए । सो आरोपमा मुछिएका मुख्य आरोपित केशव दुलाल र सानु भण्डारीले सो काण्डमा गृहमन्त्रीको हैसियतमा खाँणको पनि संलग्नता रहेको

पर्सा बस दुर्घटना: ३१ जना घाइते

चितवन । पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २५६१ नम्बरको बस आफैँ अनियन्त्रित भई गएराती दुर्घटना भएको हो । खैरहनी नगरपालिका–८ पर्सा बजारमा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । दुर्घटनामा घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक

मेक्सिकोमा सवारी दुर्घटना हुँदा २६ जनाको मृत्यु

काठमाडौं । मेक्सिकोमा मालबाहक ट्रेलर र भ्यान आपसमा ठोक्किँदा २६ जनाको मृत्यु भएको छ । उत्तरी राज्य तमौलिपासको राजमार्गमा मालबाहक ट्रेलर र भ्यान ठोक्किएर आगोलागी हुँदा भ्यानमा सवार २६ जनाको मृत्यु भएको हो । मालबाहक ट्रेलरलाई तान्ने अगाडिको भाग भने दुर्घटनास्थलमा भेटिएको छैन । दुर्घटनापछि चालक फरार भएको अनुमान छ । दुर्घटनास्थल हेर्दा मृतकको संख्या बढ्न सक्ने अनुमान अधिकारीहरुले गरेका छन् । परिवारका सदस्यहरुसहित घुमघाम गर्न निस्किएकाहरु दुर्घटनामा परेको जनाइएको