नेपालगंज बागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो
नेपालगंज । प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा पूजाआजा र बलि चढाउनेको बिहानैदेखि घुइँचो लागेको छ । घटस्थापनाको आठौ दिन महाअष्टमीको अवसर पारेर आज बिहानैदेखि बागेश्वरी मन्दिरमा विधिवत् पूजाआजा तथा बलि दिने भक्तजनको भीड लागेको बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले जानकारी दिए । उनका अनुसार मन्दिरमा पूजाआजाको लागि श्रद्धालु भक्तजन बिहान ३ बजेदेखिनै लाइनमा लाग्ने गरेका छन् । मन्दिरमा बोका, कुखुरा र हाँसको बलि चढाउने गरिएको छ । बलिको लागि दिइने