समयमै सरुवा नहुंदा सातै प्रदेश निमित्तको भरमा
काठमाण्डौं : समयमा नै सरुवा हुन नसक्दा नेपाल प्रहरीका सातै प्रदेश नेतृत्वविहिन बनेको छ भने सबै प्रदेश निमित्तको भरमा चलिरहेको छ । प्रहरीका तीन प्रदेश गण्डकी, सुदुरपश्चिम र कर्णाली ४ चैतदेखि नै रिक्त छन भने अन्य चार प्रदेशमा कार्यरत डीआईजीहरु पनि एआईजीमा बढुवा भएपछि एक सातादेखि रिक्त छन् । तर, गृह मन्त्रालयले सरुवा निकाल्न भने सकेको छैन । सात प्रदेशका लागि १० डीआईजीबीच प्रतिस्पर्धा छ । सबै डीआईजी प्रदेश नै