समाचार

विश्वबाट लोपोन्मुख गिद्ध डाइक्लोफेनेकमुक्त भएको १२ वर्षपछि  दैलेखमा देखियो

काठमाडौं । विश्वबाट लोपोन्मुख गिद्ध दैलेखमा देखिन थालेका छन् । डाइक्लोफेनेकमुक्त भएको १२ वर्षपछि दैलेखमा गिद्ध देखा पर्न थालेका हुन् । जिल्लालाई विसं २०६६ मा डाइक्लोफेनकमुक्त घोषणा गरिएको थियो । मासुलाई आहारा बनाउने तर आफू सिकार नगर्ने पंक्षी देखिन थालेपछि स्थानीयवासीमा खुशी भएका छन् । मरेको सिनो खाएर वातावरणलाई स्वच्छ बनाई दिने गिद्ध मानिसका लागि सहयोगी हुन् । बिरामी पशुलाई दुखाइ र ज्वरो कम गर्नका लागि प्रयोग गरिने डाइक्लोफेनेक औषधिको

प्रधानमन्त्री कप फाइनल खेलमा एपीएफविरुद्ध आर्मीले ब्याटिङ गर्दै

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत फाइनल खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफले प्रतिस्पर्धा गर्दै छन् । र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा एपीएपफले टस जितेर पहिले बलिङ गर्ने भएको छ । एपीएफविरुद्ध आर्मीले केही बेरमा ब्याटिङ थाल्नेछ । आजको खेलमा दुबै टोली उपाधि जित्ने योजनामा रहे toका छन् । चौथोपटक फाइनलमा पुगेको आर्मी क्लब योपटक भने उपाधि आफ्नो पक्षमा पार्ने

भारतको इजरायली दूतावास नजिक बम विष्फोट

काठमाडौं । भारतको नयाँदिल्लीस्थित इजरायली दूतावास नजिक शुक्रबार साँझ बम विष्फोट भएको छ । भारत–इजरायल कूतनीतिक सम्बन्धको २९ औं वर्षगाँठकै दिन एपीजे अब्दुल कलाम रोडमा शुक्रबार साँझ बम विष्फोट भएको बीबीसी हिन्दीले जनाएको छ । प्रहरीका अनुसार विष्फोटबाट दूतावासमा भने क्षति पुगेको छैन । तर पार्किङ गरेर राखिएका केही कारका सिसा फुटेको छ । बम विष्फोट कसले र किन गरायो भन्ने खुलेको छैन ।   भारतका लागि इजरायली राजदूत रोन

प्रहरीका ४९ इन्सपेक्टरको डिएसपीमा बढुवाको तयारी

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ४९ इन्सपेक्टरको डिएसपीमा बढुवाको तयारी थालेको छ । एसपी बढुवा सिफारिसमा उजुरी गर्ने अवधि सकिन लागेपछि डिएसपीमा बढुवा गर्न लागिएको हो । डिएसपीका ४९ रिक्त पदमा एक सय भन्दा धेरै इन्सपेक्टरहरु प्रतिस्पर्धामा छन् । जसमा धेरैजसो अघिल्लो बढुवामै छुटेकाहरु छन् ।लगत्तै इन्सपेक्टरमा समेत बढुवाको तयारी भइरहेको छ । सइबाट इन्सपेक्टर बढुवामा सबैभन्दा धेरै सोर्सफोर्स चल्ने गर्दछ । खासगरी नेताको पिएसओ बसेका सइहरुले यस्तो

आपतकालीन अवस्थामा कोरोनाविरुद्धको खोप लगाउन माल्दिभ्स सरकारले दियो अनुमति

एजेन्सी । कोरोनाविरुद्धको खोप कोभिशिल्ड लगाउन माल्दिभ्स सरकारले पनि अनुमति दिएको छ । माल्दिभ्स खाद्य तथा औषधि प्राधिकरण(एमएफडीए)ले भारतको सेरम इस्टिच्युटमा बनाइएको खोप लगाउन अनुमति दिएको हो । स्थानीय सञ्चार माध्यमहरूका अनुसार अत्यावश्यक तथा आपतकालीन अवस्थामा मात्रै सो खोप लगाउन अनुमति दिइएको हो । खोप विकास गरेका कम्पनीहरुले नै कोभिशिल्ड खोप आपतकालीन अवस्थामा मात्रै लगाउनु पर्ने बताएकाले आपतकालीन अवस्थाका लागि मात्रै स्वीकृति दिइएको एमएफडीएले जनाएको छ । त्यसैगरी १८ वर्षभन्दा

लोकप्रिय गायिका अञ्जु विवाह बन्धनमा बाँधिँदै

काठमाडौं । नेपाली गीतसंगीत क्षेत्रकी लोकप्रिय गायिका अञ्जु पन्त चाँडै विवाह बन्धनमा बाँधिँदैछिन् । गायक तथा संगीतकार मनोजराजसँग सम्बन्ध टुटाएको लामो समयपछि अञ्जुले विवाह गर्न लागेकी हुन् । स्रोतका अनुसार अञ्जुले थीर कोइरालासँग विवाह गर्न लागेका हुन् । ‘सिंगल’ भएपछि विवाहको प्रश्नले घेरिरहेकी लोकप्रिय गायिका अञ्जुले अब त्यसको सामना गर्नुपर्ने छैन । पत्रकारहरुले ‘विवाहको बारेमा प्रश्न गरेर हैरान बनाएपछि पछिल्लो समय ‘छोरीकै दवावका कारण विवाह गर्ने’ बताउँदै आएकी थिइन् ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ आज बाँडफाँड हुदै, सबै आवेदकले न्यूनतम कित्ता सेयर पाउने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड आज हुने भएको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले कम्पनीको आईपीओ आज बिहान १० बजे बाँडफाँड गर्ने भएको हो । बैंकले कुल आठ अर्ब रुपैयाँबराबरको आठ करोड कित्ता सेयर बिक्री खुला गरेको थियो । जसमध्ये ०.२ प्रतिशत अर्थात् एक लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फन्डका लागि छुट्ट्याइएको छ । बाँकी सात करोड ५८

सावित्राको ह्याट्रिक संगै राष्ट्रिय महिला लिगमा एपिएफको चौथो जित

काठमाडौं । गोल मेसिन सावित्रा भण्डारी ‘साम्वा’ को ह्याट्रिक सहयोगमा नेपाल एपिएफ क्लबले राष्ट्रिय महिला लिगमा लगातार चौथो जित दर्ता गर्दा विभागीय नेपाल पुलिस क्लबमाथि सहज जित हात पारेको छ । एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा एपिएफले पुलिसमाथि ३–० को सहज जित निकालेको हो । खेलको पाँचौ मिनेटमा कप्तान अनिता बस्नेतले गोलरक्षक अघि बढेको अवस्थामा गरेको प्रहार पोस्टमाथिबाट थोरै आकासिदा एपिएफ अग्रता लिनबाट चुक्यो । १५औं मिनेटमा सावित्रा

नेपाल प्रहरी र सशस्त्र प्रहरीको राशनभत्ता ३० देखी ४० प्रतिशत बढ्ने

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको राशनभत्ता करिब ४० प्रतिशतसम्म बढ्ने भएको छ । दुवै निकायमा विगत पाँच वर्षदेखि भत्ता बढ्न सकेको छैन । दुवै प्रहरीले रासन भत्ता ५० प्रतिशत बढाउन सिफारिस गरेका छन् । तर, सिफारिस भन्दा केही कम बढाउन अर्थ मन्त्रालय तयार देखिएको छ । रासनभत्ता समायानुकुल बनाउन गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको अध्ययक्षतामा एक समिति गठन गरी सुरक्षा निकायमा रासनभत्ता बढाउने तयारी गरिरहेको छ

आजबाट स्वस्थानी व्रत सुरु, शान्ति, समृद्धि मिल्नुका साथै रोगव्याध नष्ट हुने विश्वास

काठमाडौं । शान्ति, समृद्धि मिल्नुका साथै रोगव्याध पनि नष्ट हुने विश्वास गरिन्छ । व्रत अवधिभर भगवान् शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानी व्रत बसेको र चिताएको पूरा भएको विश्वासमा व्रतकथा र माघ स्‍नानको प्रचलन रहेको विश्वास गरिन्छ । व्रतका प्रभावले शिव-पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरुमा पनि चर्चा भएका कारण परम्परागत रुपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ