योगेन्द्र गौतमको “आउँछौ र फेरि”मा अर्जुन र गीताको जोडी (भिडियो)
काठमाडौं : नेपाली लोकदोहोरी क्षेत्रमा पछिल्लो समय गुणस्तरलाई एकदमै ध्यान दिइएको छ। अडियो देखि भिडियो निर्माण सम्म कलाकारहरुले निकै मिहेनत गरेको पाइन्छ। यसैबीच, प्रवासमा रहेर पनि नेपाली गीत संगीतमा निरन्तरता दिइरहेका गायक योगेन्द्र गौतम पनि गुणस्तरमा निकै ख्याल राख्ने गायक मध्य पर्छन् । हाल अमेरिकामा रहेका योगेन्द्र लोकदोहोरी गीत गाउन एकदमै झुकाब राख्ने गर्छन् । संख्यात्मक भन्दा पनि गुणात्मक गीतहरू गाउन रुचाउने उनका थोरै गीतहरु बजारमा आएतापनि दर्शक स्रोता सामु