चरित्र हत्या गरेको भन्दै ९ अनलाइनविरुद्ध सञ्चारकर्मी रुपाले दिइन प्रेस काउन्सिलमा उजुरी
काठमाडौं । सञ्चारकर्मी रुपा सुनारले आफ्नो चरित्र हत्या गर्ने ९ वटा अनलाइनविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी छन् । ती अनलाइन पोर्टलहरुले विभिन्न जातजाति, धर्म, वा सम्प्रदायबीच सुसम्बन्धमा खलल पुर्याएको र आफ्नो चरित्र हत्या गरेर समग्र समुदायमाथि नै हिंसा गरेको भन्दै साइबर अपराधअन्तर्गत कारबाहीका लागि प्रेस काउन्सिलमा उनले उजुरी दिएकी छन् । जातीय दूव्र्यवहार भए पछि विरोधमा उत्रिदा उनीमाथि ती अनलाइनहरुले कसैबाट परिचालन भएको भन्दै भ्रामक समाचार लेखेको उनले भनेकी