गण्डकी प्रदेश कतारको आयोजनामा शुक्रबार बृहत् रक्तदान कार्यक्रम हुँदै


  • गण्डकी प्रदेश कतारको आयोजनामा शुक्रबार  बृहत् रक्तदान कार्यक्रम हुँदै

    दर्शन सुनार/कतार : पछिल्लो समय कतारमा विभिन्न संघ संस्थाले गन्डकी प्रदेश समन्वय परिषद कतारको आयोजनामा आगामी शुक्रबार (मार्च ८) तारिक का दिन कतारमा  बृहत् रक्तदान कार्यक्रम हुने भएको छ ।

    "हाम्रो अभिभारा,समृद्ध गन्डकी प्रदेश" भन्ने मुल नाराका साथ गण्डकी प्रदेश मातहतमा रहेका जिल्ला संस्थाहरुको संयुक्त आयोजना तथा नेपाली रक्तदांता संघ कतारको समन्वयमा
    पबित्र महिनाको रमदानको पुर्व सन्ध्यामा मानबिय कार्य स्वरुप "रक्तदान नै जीवनदान" रगतको कारणले प्रवासमा कसैले ज्यान गुमाउन न परोस भन्ने हेतुले बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको गण्डकी प्रदेश कतारका अध्यक्ष सागर पौडेलले सौर्यपत्रलाई जानकारी दिए ।



  • उक्त मानविय र परोपकारी कार्यमा सहभागी भई कतारमा स्थापित विभिन्न बैचारिक संगठन,प्रदेश परिषद,सामजिक संघ संस्था, समाजसेवी,व्यवसायी लगायत कतारमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थित भएर रक्तदान गरिदिन नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले आग्रह गरेका छन ।

    शुक्रबार कतारको हमद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा बिहान ८ बजे देखि अपरान्ह  १२ बजे सम्म रक्तदान हुने आयोजक संस्थाले बताएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *