देश लुटेर विदेश पुर्याउने दलालको पक्षमा सरकार उभिएको छ : सांसद प्रभु साह
काठमाडौं : आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले वर्तमान सरकारलाई देश लुट्ने र सम्पत्ति विदेश पुर्याउने दलालहरूको पक्षमा उभिएको आरोप लगाएका छन्। शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, “नेपालमा दुईथरि जनता छन्—एक विदेशमा कमाएर देश पठाउँछन्, अर्का देशमै लुटेर विदेश लैजान्छन्। सरकारले लुटेर विदेश लैजाने भगौडाको साथ दिएको छ।” विदेशमा काम गर्न गएका नेपाली युवाहरूको दुःख र मृत्युप्रति सरकार संवेदनशील नभएको आरोप लगाउँदै साहले प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति पनि कडा










