सौर्य पत्र

विश्वकप छनोटमा जर्मनीको सहज जीत

एजेन्सी – कतार विश्वकप २०२२ को युरोपियन छनोटमा जर्मनीले आइसल्यान्डलाई ३–० ले हराएको छ । घरेलु मैदानमा जर्मनीको सहज जितमा लियोन गोरेट्जका, काई हाभर्टज र इल्केए गुन्डोगानले गोल गरे ।     पहिलो हाफमा २ तथा दोस्रो हाफमा १ गोल भएको थियो । डुइसवर्ग जर्मनीमा बिहीबार राति भएको खेलमा जर्मनीले खेलको तेस्रो मिनेटमा लियोन गोरेट्जकाको गोलबाट अग्रता लिएको थियो । उनले सर्ज जिनाब्रीको पासमा गोल गरेका थिए ।   सातौ

ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत एक ट्रकले ठक्कर दिँदा प्रदेश नम्बर २ को मुख्यमन्त्री लालबाबु राउतको पिएसओको घटनास्थलमै मृत्यु भएको छ ।   धनुषाको मिथिला नगरपालिका–१० स्थित लालगढमा रहेको मोडल अस्पताल नजिक शुक्रबार बिहान अन्दाजी ३ बजेको समयमा ट्रकले प्रहरी सहायक निरीक्षक मदनजंग कापर सवार लु ५३ प ८५७५ नम्बरको मोटरर्साइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए

अटोरिक्सामा अवैध काठ ओसार्ने दुई जना पक्राउ

कञ्चनपुर । अटोरिक्सासहित अवैध काठ ओसार्ने काममा संलग्न भीमदत्त नगरपालिका–१९ उल्टाखामका दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । म१ह ८०५ नंको अटोरिक्सासहित ३० वर्षीय मनोज लुहार र ५२ वर्षीय मोती नेपालीलाई भाँसी नजिकबाट पक्राउ गरिएको हो ।   अटोरिक्सामा चारवटा सालका गोलिया लैजाँदै गरेको बेला काठसहित दुवैलाई पक्राउ गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मझगाउँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।   यसैगरी

वनमा लागेको डढेलो बस्तीमा पसेपछि चार घर जलेर नष्ट

काठमाडौं । सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पसेपछि भोजपुरमा चार घर जलेर नष्ट भएका छन् । बिहीबार बेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी (खुकैला) मा चार घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आगालागीबाट हतुवागढी गाउँपालिका–८ का अर्जुन राई, कञ्चन राई, भीमबहादुर राई, शान्तकुमारी राईको घर र कालीबहादुर राईको गोठ जलेको जिल्ला प्रहरीले जनाएको छ । सुक्खा मौससमा मालढुङ्गा सामुदायिक वनमा लागेको डढेलो हावाले उडाउँदा घर जलेको प्रहरीले

भारतबाट फर्कने नेपाली कामदारमा कोरोमा संक्रमण देखिदै

काठमाडौं । भारतका विभिन्न राज्यमा कोरोना संक्रमण तीव्र बनेसँगै रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरू धमाधम घर फर्कन थालेका छन् । यसरी फर्कनेमा संक्रमितसमेत छन् । स्वदेश भित्रिने क्रममा गौरीफन्टा नाकामा स्वास्थ्य परीक्षण गर्दा पछिल्लो दुई दिनमा १४ जनामा संक्रमण पुष्टि भएको नाकास्थित हेल्थ डेस्कमा खटिएका स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी अमित विकले बताए । अघिल्लो वर्ष यही समयमा संक्रमणको त्रासले घर फर्किएकाहरू आर्थिक जोहो गर्न जोखिमका बीच फेरि भारततिर लागेका थिए ।

उत्तर कोरियाद्वारा जापानको समुद्रमा दुईवटा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले जापानको समुद्रमा दुईवटा बालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जापान र अमेरिकी अधिकारीहरुले बताएका छन् । जो बाइडेन अमेरिकी राष्ट्रपति बनेपछि उत्तर कोरियाले बालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको यो पहिलो अवसर हो ।   संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा पारित संकल्प प्रस्तावमा उत्तर कोरियाले कुनै पनि बालिस्टिक क्षेप्यास्त्र परीक्षण गर्न पाउँदैन । तर, उत्तर कोरियाले भने त्यसलाई बेवास्ता गर्दै आफ्नो क्षेप्यास्त्र कार्यक्रमलाई अघि बढाइरहेको छ ।   जापानले क्षेप्यास्त्रको अवशेष आफ्नो नियन्त्रणमा

अपहरणकारीलाई फिरौती रकम नदिँदा हत्या, दुई जना पक्राउ

जनकपुरधाम । सिरहामा अपहरण गरी फिरौती रकम नदिँदा हत्या भएको घटना बाहिर आएको छ । मिर्चैया नगरपालिका ७ का शिवकुमार यादवलाई आफ्नै काकाको छोराले अपहरण गरी हत्या गरेको पाइएको छ । मृतक यादवका काकाको छोरा बिष्णु यादवले सालो ईन्द्रदेब यादवसँग मिलेर हत्या गरेको प्रदेश २ प्रहरी कार्यालयले प्रमुख धिरज प्रताप सिँहले जानकारी दिए । प्रदेश २ प्रहरी कार्यालयको प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको कमाण्डमा हत्यामा संलग्न रहेको आरोपमा बिष्णु यादव

पछिल्लो चौबीस घण्टामा थपिए १४५ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो चौबीस घण्टामा १४५ जना कोभिड १९ संक्रमित थपिएका छन् । तीन हजार ९६३ जनाको पीसीआर परीक्षण गरिएकोमा १४५ जनाको नतिजा पोजेटिभ आएको हो ।   योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ ।   त्यस्तै चौबीस घण्टामा ९० जना संक्रमणमुक्त भएका छन् योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७२ हजार १८७ पुगेको छ ।   त्यस्तै पछिल्लो चौबीस घण्टामा १ जनाको

गृहसचिव न्यौपानेद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण

काठमाडौं । गृहसचिव महेश्वर न्यौपानेले बुधबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् । सो अवसरमा गृहसचिव न्यौपानेले प्रहरी प्रधान कार्यालयबाट भए गरेका गतिविधि तथा प्रगति सम्बन्धी जानकारी लिनुको साथै उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।   उक्त अवसरमा गृहसचिव न्यौपानेले प्रहरी प्रधान कार्यालय कमाण्ड सेन्टरको अवलोकन तथा निरीक्षण गर्नुका साथै उक्त सेन्टरबाट भिडियो कन्फरेन्सद्वारा ७ वटै प्रदेश प्रहरी कार्यालयको शान्ति सुरक्षाबारे जानकारी लिँदै प्रदेश प्रहरी प्रमुखहरूलाई आवश्यक निर्देशन दिएका

म्यानमारमा सेनाको गोली लागी सात वर्षीया बालिकाको ज्यान गयो

फाइल तस्वीर । काठमाडौं । म्यानमारमा सेनाले हानेको गोली लागेर सात वर्षीया बालिकाको मृत्यु भएको छ । सत्ता हातमा लिएर सैनिक कू गरेको सेनाले आन्दोलन दबाउन प्रदर्शनकारीमाथि गोली चलाएको थियो । गोली लागेर सात वर्षीया बालिका घाइते भएकी थिइन् ।   उनको उपचारका क्रममा मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । म्यानमारको मान्डेले शहरमा घरमा बसेकी बालिकामाथि सेनाले गोली हानेको थियो । बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था सेभ द चिल्ड्रेनका