अस्थित्व गुम्ने खतरामा पाल्पाको रानीमहल
पाल्पा । पाल्पाको रानीघाट दरबार (रानीमहल)बारे थाहा नपाएका सायदै होलान् । कालीगण्डकी नदीको किनारमा रहेको सुन्दर रानीमहलको इतिहास पनि धेरैले पढेका छन् । नेपालको ‘ताजमहल’ समेत भन्ने गरिएको रानीमहल दरबारलाई प्रेमको प्रतीक समेत मान्ने गरिन्छ । कालीगण्डकी नदीको किनारमा उत्तरी मोहडामा बनाइएको ऐतिहासिक दरबारमा आकर्षक कलाकृति देख्न पाइन्छ । पाल्पा गौंडाका तैनाथवाला जनरल खड्ग शमशेरले दिवंगत रानी तेजकुमारीको सम्झनामा विसं १९४९ मा निर्माण सुरु गरेको यो दरबार १९५४ मा सम्पन्न