नागरिक मार्चमा प्रहरी हस्तक्षेप पत्रकार वाग्लेसहित कैंयौं घाइते
काठमाडौं । कमलपोखरीबाट बालुवाटार गएको नागरिक मार्चमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरी हस्तक्षेपमा पत्रकार तथा अभियन्ता नारायण वाग्लेसहित कैयौँ घाइते भएका छन् । शान्तिपूर्णरुपमा अघि बढेको जुलुसलाई प्रहरीले रोकेको थियो । प्रहरीले शान्तिपूर्णरुपमा अघि बढेको जुलुसमाथि पानीको फोहोरा तथा लाठी प्रहार गरेको थियो । “हामी सरकारलाई दुईवटा कुरा भन्न जानेवाला थियौँ,” प्रहरी हस्तक्षेपका क्रममा घाइते भएका वाग्लेले भने, “शान्तिपूर्णरुपमा गएका थियौँ । हामीमाथि बल प्रयोग गरिएको छ । जुन