‘नेपाली श्रमिक कल्याणकारी संघ’को वृहत् रक्तदान कार्यक्रम नोभेम्बर १७ मा
दर्शन सुनार, कतार : विभिन्न सामाजिक संघ संस्थाहरुले पछिल्लो समय कतारमा रक्तदान कार्यक्रम गर्दै आइरहेका छन्। जसले गर्दा रगत अभावका कारण ज्यान जोखिममा रहेका नेपालीहरुलाई धेरै टेवा पुग्ने गरेको छ। यस्तै रक्तदान कार्यक्रम गर्ने संस्था मध्ये ‘नेपाली श्रमिक कल्याणकारी संघ कतार’ पनि एक हो। यो संस्थाले तेस्रो पटक वृहत् रक्तदान कार्यक्रम आयोजना गर्दैछ। यस अघि २ पटक रक्तदान कार्यक्रम गरिसकेको यो संस्थाले तेस्रोपटक आगामी नोभेम्बर १७ तारिकमा रक्तदान कार्यक्रम गर्दैछ।