प्रवास

भव्य तरिकाले सकियो स्याङ्जा सहयोग समाजको साँस्कृतिक कार्यक्रम

दर्शन सुनार/कतार: “स्याङ्जा सहयोग समाजको चाहना, विशुद्ध सामाजिक सेवाको भावना” भन्ने मुल नाराका साथ स्याङ्जा सहयोग समाज कतारले आयोजना गरेको विविध साँस्कृतिक कार्यक्रम भव्य तरिकाले सकिएको छ। कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकार खुमन अधिकारी, कमला गैर्हे र अस्मिता रनपालले धमाका मच्याउन सफल भए। शुक्रबार दोहाको अल लक्ता स्थित  ट्युनिसियन स्कुलको विशाल सभाहलमा स्याङ्जा सहयोग समाजले १९ औं वार्षिकोत्सव तथा राम्दीघाट वृद्धाश्रम सहयोगार्थको लागि आयोजना गरेको उक्त कार्यक्रममा स्थानीय कलाकारहरुसँगै नेपालबाट आमन्त्रित

गैर आवासिय नेपाली संघद्वारा स्वर्गीय आलमको सम्झनामा शोक सभा

दर्शन सुनार/कतार : गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले स्वर्गीय मकसुद आलमको सम्झनामा शोक सभा गरेको छ । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका पुर्व अध्यक्ष श्री मकसुद आलमको असामायिक  निधन भएको सातौ दिनमा आलमको असमायिक निधनको दु:खद घडीमा र उनको सम्झनामा गैर आवासिय नेपाली संघका अध्यक्ष रमेश भट्टको अध्यक्षतामा बिहिवार सांझ सनैयामा अवस्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली संघले शोक सभा कार्यक्रम

स्याङ्जा सहयोग समाज कतारको सांस्कृतिक कार्यक्रम : तयारी पूरा, आइपुगे कलाकार

दर्शन सुनार/कतार : आगामी शुक्रबार कतारको दोहामा एउटा भव्य सांस्कृतिक कार्यक्रम हुँदैछ। १९ औं वार्षिकोत्सबको अवसरमा स्याङ्जा सहयोग समाज कतारको आयोजनामा विबिध साँस्कृतिक कार्यक्रम हुनेभएको हो। जसको तयारी अन्तिम चरणमा पुगेको आयोजक टिमले जनाएको छ। कार्यक्रमको लागि नेपालबाट कलाकारहरु समेत कतार आइपुगेका छन्। दोहाको अल लक्तामा अवस्थित टयुनिसियन स्कुलको सभाहलमा शुक्रबार बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रममा सांगीतिक प्रस्तुति दिन नेपालबाट लोकप्रिय गायक खुमन अधिकारी, गायिका कमला गैर्हे र पछिल्लो

कतारमा गायक बसन्त विश्वकर्मा सम्मानित

दर्शन सुनार/कतार : पछिल्लो समयका लोकप्रिय गायक वसन्त विश्वकर्मा यतिबेला कतारमा छन्। तनहुँ सेवा समाज कतारले आयोजना गरेको सांगीतिक कार्यक्रमको लागि उनी केही दिन अघि कतार आएका हुन्। भव्य रुपमा सांगीतिक कार्यक्रम सक्काएका उनी सम्मानित समेत भएका छन्। सोमबार साँझ ग्रान्ड मलमा अवस्थित जिम्बु थकाली रेष्टुरेन्टको सभाहलमा दलित एकता सञ्जाल कतार र बिश्वकर्मा समाज कतारले संयुक्त एक कार्यक्रमको आयोजना गर्दै वसन्तलाई सम्मान गरेको हो । दलित एकता सञ्जाल कतारका अध्यक्ष

तमु गुरुङ समाज कतारले गर्‍यो चेलीबेटीसँग भेटघाट तथा सम्मान कार्यक्रम

दर्शन सुनार/कतार : “तमुहरुको एकता,आजको आवश्यकता” भन्ने मुल नाराका साथ तमु गुरुङ समाजले ” चेलीबेटी भेटघाट तथा कलाकार सम्मान कार्यक्रम २०२४ सम्पन्न गरेको छ । तमु समाज कतारकी अध्यक्ष टौमाया गुरुङको सभापतित्व तथा नेपाली महिला समाज कतारकी अध्यक्ष लोक माया केसीको प्रमुख आतिथ्यतामा शुभकामना ग्रान्ड मलमा अवस्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा सम्पन्न गरेको हो । विधिवत् उद्घाटन सहित अघि बढेको कार्यक्रममा तमु गुरुङ समाजका प्रथम उपाध्यक्ष तेज गुरुङले स्वागत मन्तव्य तथा 

नेपाल मगर संघ कतारले गर्‍यो कलाकार सविता गरन्जा मगरलाई सम्मान र बिदाई

दर्शक सुनार/कतार : नेपाल मगरसंघ शाखा कतारले कलाकार सबिता गरन्जा मगरलाई संस्थागत बिदाई तथा सम्मान गरेको छ । नेपाल मगर संघ साँस्कृतिक परिवारमा  २०१९ देखि आवद्ध रहेकी कलाकार मगर कर्मभूमि कतार बसाईलाई बिट मार्दै कतारबाटै क्रोसिया प्रस्थान गर्न लागेको अवसरमा नेपाल मगर संघ शाखा कतार र नेपाल मगर साँस्कृतिक परिवारले शुक्रबार एक कार्यक्रमकाबी कदर पत्र प्रदान गर्दै दोसल्ला ओढाएर बिदाई तथा सम्मान गरेको हो। नेपाल मगर संघ परिवारका विशिष्ट व्यक्तित्वहरुले

तनहुँ सेवा समाजको कार्यक्रमको लागि कतार आइपुगे अस्मिता र वसन्त

दर्शन सुनार/कतार: नेपालीहरुको नयाँ बर्ष २०८१-तथा ईस्लाम धर्मावलम्बीको पवित्र महान पर्व “ईद उल फितरको” अवसरमा तनहुँ सेवा समाज कतारले वृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ। वृहत् सांस्कृतिक कार्यक्रम २०२४ को लागि भनेर नै आफ्नो सांगीतिक प्रस्तुति दिन नेपालबाट कलाकारहरु कतार आईपुगेका छन्। लोक तथा दोहोरी गायिका अस्मिता डल्लाकोटी र लोक तथा दोहोरी गायक वसन्त विश्वकर्मा बुधबार दिउँसो कतार आईपुगेका हुन्।कलाकारहरुलाई स्वागत गर्नको लागि तनहुँ सेवा समाज कतारका अध्यक्ष, महासचिव, कार्यसमितिका

नेपाली जनसम्पर्क समिति कतारद्वारा वृहत् ईफ्तार कार्यक्रम सम्पन्न

दर्शन सुनार/कतार : पछिल्लो समय कतारमा विभिन्न संघ संस्थाले ईफ्तार कार्यक्रम गरिरहेका छन्। यसैबीच, नेपाली जनसम्पर्क समिति  कतारले पनि ईफ्तार विशेष कार्यक्रम गरेको छ। ईस्लाम धर्मावलम्बीको पबित्र महिना रमजानको अवसरमा कतार च्यारिटीको सभाहलमा नेपाली जनसम्पर्क समिति कतारका महामन्त्री ठाकुर कुमार परियारको सभापतित्व तथा नेपाली राजदूतावास कतारका महामहिम डा. नरेश बिक्रम ढकालको प्रमुख आतिथ्यतामा नेपाली जनसम्पर्क समिति कतारले भव्य तरिकाले ईफ्तार कार्यक्रम सम्पन्न गरेको हो । मौलाना ईशहाक नदवीले कुरान तिलावद

तनहुँ सेवा समाज कतारले वृहत् साँस्कृतिक कार्यक्रम गर्दै

दर्शन सुनार/कतार : तनहुँ सेवा समाज कतारले बृहत् साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। नेपालीहरुको नयाँ वर्ष २०८१ तथा ईस्लाम धर्मावलम्बीहरुको महान पर्ब ईद उल फितरको” शुभ अवसरमा ईदको दोस्रो दिन तनहुँ सेवा समाज कतारको आयोजनामा बहुउद्देश्यीय अक्षय कोषको सहयोगार्थमा बृहत साँस्कृतिक कार्यक्रम-२०२४ गर्न लागेको हो । कार्यक्रमको मुख्य आकर्षणमा तनहुँको चिनारी “कौरा” नाचँ आकर्षणको केन्द्र रहने छ। उक्त कार्यक्रममा आफनो सांगीतिक प्रस्तुति दिन पछिल्लो समयका चर्चित कलाकार लोक तथा

नेपाली महिला समाज कतारद्वारा ईफ्तार कार्यक्रम सम्पन्न

दर्शन सुनार/कतार : नेपाली महिला समाज कतारले ईफ्तार कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । नेपाली महिला समाज कतारको आयोजनामा ईस्लाम धर्मावलम्बीको पबित्र महिना रमजानको पावन अवसरमा आयोजित शुभकामना आदान-प्रदान तथा ईफ्तार कार्यक्रम शुक्रबार ग्रान्डमलमा अवस्थित लाली गुराँस रेष्टुरेन्टको सभाहलमा नेपाली महिला समाज कतारकी अध्यक्ष लोक माया केसीको सभापतित्व तथा नेपाली राजदूतावास कतारका महामहिम डा: नरेश बिक्रम ढकालको प्रमुख आतिथ्यतामा ईफ्तार कार्यक्रम सम्पन्न गरेको हो । विधिवत् उदघाटन सहित अघि