अब ग्यास सिलिन्डरको मूल्य २१ सय रुपैयाँ
काठमाडौं । खाना पकाउने एलपी ग्यासको खाली सिलिन्डरको मूल्य तोकिएको छ । नेपाल एलपी ग्यास उद्योग संघले बागमती प्रदेशमा ग्यासको खाली सिलिण्डरको मूल्य २१ सय रुपैयाँ तोकेको जानकारी दिएको छ । बजारमा सिलिन्डरको मूल्यमा एकरुपता ल्याउन मूल्य तोकिएको संघले जनाएको छ । सबै ग्यास कम्पनीको खाली सिलिन्डरको मूल्य २१ कायम गरिएको संघको भनाइ छ । शुक्रबारबाट लागू हुने गरी उक्त मूल्य निर्धारण गरिएको हो । अब भरेको ग्यासको सिलिन्डर किन्दा