म्यानमारमा सेनाको गोली लागी सात वर्षीया बालिकाको ज्यान गयो
फाइल तस्वीर । काठमाडौं । म्यानमारमा सेनाले हानेको गोली लागेर सात वर्षीया बालिकाको मृत्यु भएको छ । सत्ता हातमा लिएर सैनिक कू गरेको सेनाले आन्दोलन दबाउन प्रदर्शनकारीमाथि गोली चलाएको थियो । गोली लागेर सात वर्षीया बालिका घाइते भएकी थिइन् । उनको उपचारका क्रममा मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । म्यानमारको मान्डेले शहरमा घरमा बसेकी बालिकामाथि सेनाले गोली हानेको थियो । बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था सेभ द चिल्ड्रेनका