समाचार

एजपटक जनमत संग्रहमा जानुपर्छ : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले देशका सबै निर्णयहरुको अधिकार जनतालाई दिनुपर्ने बताएका छन् । राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर कार्यक्रम’मा सम्बोधन गर्दै उनले देशका अधिकांश समस्याहरुबाट मुक्ति पाउन जनताले एकपटक निर्णयको अधिकार पाउनुपर्ने बताए । विप्लवले नेपालको बारेमा स्वतन्त्र रुपले जनताले मत राख्ने प्रत्यक्ष प्रणालीमा जानुपर्ने धारणा राख्दै भने, ‘अब त्यो अवसर र अधिकार हामीले जनतालाई दिनुपर्छ

सरकार र विप्लव नेतृत्व नेकपाविच सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच बिहीबार भएको सहमतिमा शुक्रबार विशेष कार्यक्रमका बीच हस्ताक्षर भएको छ । शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा सरकारी वार्ता टोलीका संयोजक तथा गृहमन्त्री रामबहादुर थापा र नेकपाका वार्ता टोलीका संयोजक तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका हुन् । नेत्रविक्रम चन्द समूह नेतृत्वको नेकपामाथि दुई वर्षअघि लगाएको प्रतिबन्ध सरकारले बिहीबार फुकुवा गरेको थियो । हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्ने चन्द

नेकपा उपाध्यक्ष गौतमलाई भेट्न भैंसेपाटी पुगे प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई भेटेका छन् । घरभित्रै लडेर सामान्य चोट लागेका गौतमलाई शुत्रबार साँझ भैँसेपाटी पुगेर प्रधानमन्त्री अ‍ोलीले भेटेका हुन् । भेटमा ओलीले गौतमको स्वास्थ्य लाभको कामना गरेका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ‘उहाँलाई स्वास्थ्य लाभको कामना गर्न प्रधानमन्त्री भैंसेपाटी जानु भएको हो । अहिलेको अवस्थामा पक्कै पनि राजनीतिक विषयमा छलफल हुन्छ नै,’ थापाले भने । पुष्पकमल

तीनसातादेखि बन्द रहेको नेपाल–चीन रसुवागढी नाका  आजबाट सञ्चालनमा

काठमाडौं । तीनसतादेखि बन्द रहेको नेपाल–चीन व्यापारीक नाका रसुवागढी आजबाट सञ्चालनमा आएको छ । ल्होसारका कारण माघ २९ गतेदेखि बन्द नाका आजबाट खुलेको रसुवा भन्सार कार्यालय प्रमुख राम प्रसाद रेग्मीको भनाई छ । नेपाली व्यावसायीको सामान बोकेका ७ वटा कन्टेनर केरुङबाट नेपालतर्फ आउँदै गरेको उनले बताए । नाका खुल्ने सम्बन्धी जानकारी चिनियाँ अधिकारीहरुले बिहीबार बेलुकी नेपाल पक्षलाई गराएका थिए । भन्सार प्रशासन खुल्लै रहे पनि कामदार छुट्टीमा गएपछि २३ दिनदेखि

महाशिबरात्रीमा सेनाले सल्यानमा म्याराथन गराउदै

सल्यान । महाशिबरात्री तथा सेना दिवसको अवसरमा नेपाली सेनाको सबुज गण सल्यान गुल्मको आयोजनामा म्याराथन दौड सञ्चालन हुने भएको छ । फागुन २७ गते सल्यान (शारदा नगरपालिका वडा नम्बर २ सुरक्षा पोस्ट खलंगामा ) १८ देखि माथि ५० बर्ष समुहका महिला तथा पुरुष ५० बर्ष माथि उमेरमा समुहका महिला पुरुष नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बलका महिला तथा पुरुष १८ बर्ष उमेर ननाघेकाहरुले उक्त प्रतियोगितामा भाग लिन पाउने छन।

शुक्रबार देशभरबाट विप्लवका कार्यकर्ता रिहा हुदै

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता–कार्यकर्तालाई शुक्रबार सम्म हिरासतबाट रिहा गर्न सरकारले आग्रह गरेको छ ।  गृह मन्त्रालयले बुधवार साँझ पत्र लेखेर सबै प्रमुख जिल्ला अधिकारीहरुलाई विप्लवका नेता–कार्यकर्तालाई रिहा गर्न आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारीले हेरेका मुद्दाका बन्दीलाई छाड्न आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारीको आदेशमा म्याद थप गरिएका विप्लव समूहका १८ जना कार्यकर्ता प्रहरीको हिरासतमा छन् । सरकार र विप्लब समूहबीच ३ बुदे सहमति भएको

नवलपरासीमा छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

काठमाडौं । पूर्वी नवलपरासीमा आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ परेका छन् । विनयी त्रिवेणी गाउँपालिकाका ती ३८ वर्षीय बाबुले आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बिहीबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत दिलीप गिरीका अनुसार छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएपछि उनी मंसिर ८ गते भारत फरार भएका थिए । ३ महिनापछि घर फर्किएका उनलाई गाउँलेको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।

कांग्रेस आफ्नै नेतृत्वमा मात्र सरकारमा जाने: डा. महत

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेत्रविक्रम चन्द समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको बताएका छन् । बिहीबार पत्रकारसँग कुरा गर्दै उनले सरकार र सो पार्टीबीच भएको सहमति सकारात्मक भएको टिप्पणी गरे । उनले भने, “मूलधार र शान्तिको बाटोमा आउनु त ठीकै हो । सहमतिमा के कुरा छन् भन्ने चाहिँ हामीलाई थाहा छैन । फरक प्रसंगमा उनले प्रतिनिधिसभा बैठक सञ्चालन भएपछि पार्टीले आफ्नो धारणा बनाउने बताउँदै

दक्षिण कोरियामा कोरोना सङ्क्रमितको संख्या ९१  हजार नाघ्यो

काठमाडौं । दक्षिण कोरियामा गत २४ घण्टाभित्र ४२४ जना कोरोना भाइरस सङ्क्रमितको संख्या थपिएपछि कुल सङ्क्रमितको संख्या ९१ हजार भन्दा बढी भएको छ । दक्षिण कोरियामा गत फेब्रुअरीको मध्येबाट एक दिनमा ३०० र ४०० को बीचमा सङ्क्रमित थपिने गरेको थियो । तर गत मङ्गलबार ४४४ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । सो दिनको तुलनामा बुधबार केही कम भएको जनाइएको छ । बुधबार ४२४ जना मात्र कोरोना भाइरस सङ्क्रमित भएका

स्वास्थ्य केन्द्रका निर्माणका लागि अर्थ मन्त्रालयले एक अर्ब आठ करोड निकासा गर्दै

काठमाडौं । अर्थ मन्त्रालयले ११३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि रु एक अर्ब आठ करोड ५३ लाख २३ हजार शसर्त अनुदानका रुपमा निकासा गर्ने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधीन भवनको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा रकम निकासामा स्वीकृत दिएका छन्। स्थानीय तहका सबै वडाबाट प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने नीतिअनुसार दुई हजार ६२६ वडामा स्वास्थ्य संस्था निर्माणाधीन अवस्थामा छन्।