सरकारद्धारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले शनिबार रातिदेखि लागू हुने गरि आयल निगमले बढाएको ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिने निर्णय गरेको हो । बैठकपछि सञ्चारमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरानै मूल्यवृद्धि कायम गर्न आयल निगमलाई निर्देशन दिएको जानकारी दिए । निगमले शनिबार सूचना जारी गर्दै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिएको जानकारी दिएको थियो । चाडपर्वको मुखमा सरकारले मंहगी बढाएको