घट्यो पेट्रोल-डिजेलको मुल्य,शनिवार बिहानवाट लागु हुने
काठमाडौं :सरकारले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ। शनिबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको मुल्य घटाएको हो। निगमले शुक्रबार एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल तथा मट्टीतेल लिटरमा तीन/तीन रूपैयाँ घटाएको जानकारी दिएको हो। निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले २९ मंसिरमा पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजेलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएको छ । निगमले भने ३ रुपैयाँ मात्र मुल्य घटाएको छ ।