अर्थतन्त्र

ढुङ्गा–गिट्टी उत्खनन् र निर्यात गर्न पाइने

काठमाडौं । सरकारले वातावरणलाई नकारात्मक असर नपर्ने गरी मापदण्ड बनाई वातावरणीय अध्ययनबाट उपयुक्त देखिएका स्थानबाट ढुङ्गा र गिट्टी निकासी गर्न आधार तयार पार्ने घोषणा गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज संघीय संसदमा आर्थिक वर्ष २०८०–८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै ढुङ्गा र गिट्टी निर्यातको आधार तयार पार्ने उल्लेख गरे । ढुङ्गा गिट्टी निर्यातको कुरा बहसमा आए पनि कार्यान्वयन हुन नसक्दा नेपालले विदेशी मुद्रा भित्र्याउने

आज अन्तिम दिन नेपाल रिपब्लिकको आईपीओमा आवेदन दिन सकिने

काठमाण्डौं । नेपाल रिपब्लिक मिडिया लिमिटेड बैशाख ३१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (बैशाख १४ गते) अन्तिम दिन रहेको छ। कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले ४ करोड ३५ लाख ३० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ४ लाख ३५ हजार ३०० कित्ता शेयर निष्काशनमा ल्याएको हो। सो आईपीओमा लगानीकर्ताले न्यूनतम

सहिद पदम लिम्बुको शनिबार अन्त्येष्टि गरिँदै

काठमाडौं । ‘कोशी प्रदेश’ नामाकरण विरुद्धको आन्दोलनका क्रममा प्रहरीको कुटाईबाट निधन भएका सहिद पदम लिम्बु लाजेहाङको शव शनिबार अन्त्येष्टि गरिने भएको छ । गत चैत ५ गते विराटनगरमा भएको विरोध प्रर्दशनका क्रममा प्रहरीसँगको झडपमा घाइते भएका लाजेहाङको १० गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । एक महिनादेखि मर्चरीमै राखिएको उनको शव झण्डै एक महिनापछि भोलि शनिबार बेलबारीमा अन्त्येष्टि गर्न लागिएको संघीय लिम्बुवानका सुनसरी जिल्ला अध्यक्ष

लुम्बिनीस्थित एनआईसी एसिया बैंकमा तालाबन्दी

भैरहवा । भैरहवा, लुम्विनी क्षेत्रका व्यवसायीहरुले लुम्बिनीस्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयमा तालाबन्दी गरेका छन्  लुम्बिनीस्थित आकाश इन्टरनेशनल होटलल एनआईसी एसिया बैंकबाट सुरुमा २ करोड ५० लाख ऋण लिएको थियो । कोभिडका कारण होटल बन्द भएपछि बैंक आफैँले लोन (ऋण)माथि ऋण थपेर ४ करोड ५० लाख पु¥यायो । गत वर्षको असार मसान्तसम्म होटलले बैंकको ब्याज ‘क्लियर’ गरेको छ । असारपछि होटललाई ३८ लाख बुझाउन बैंकले ताकेता गर्यो । होटलले १०

स्टक र वस्तु विनिमय बजारको लाइसेन्सको लागि १० दिनभित्र निवेदन दिनुपर्ने

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक र वस्तु विनिमय बजारको लाइसेन्सको लागि पुन: सूचना निकालेको छ। बोर्डले बिहीबार सूचना निकाल्दै आउने १० दिन भित्र निवेदन दिन भनेको छ। बोर्डले यस अघि २०७९ असोज २ गते ४५ दिनको समय दिएर नयाँ स्टक र बस्तु विनिमय बजारको लाइसेन्सकोलागि आवेदन दिन भनेको थियो। तर सर्वोच्चले ४५ दिन नपुग्दै गत कार्तिक ४ गते अल्पकालीन अन्तरिम आदेश दिँदै उक्त प्रक्रिया यथा स्थितिमा राख्न भनेको थियो। त्यसपछि गत

महाशिवरात्रि मेलाको घोटाला प्रकरणमा अख्तियारले थप अनुसन्धान गर्ने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषले हरेक वर्ष सञ्चालन गर्ने महाशिवरात्रि मेलामा घोटाला भएको देखिएको बताएका छन् । मन्त्री किरातीका अनुसार महाशिवरात्रि मेलामा सम्झौता विपरीत काम भएको र छानबिन गर्दा घोटाला भएको देखिएकोले यसबारे थप अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्नेछ । यसबारे थप अनुसन्धान गरी दोषी उपर कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने मन्त्रालयले निर्णय गरेको हो ।

आजबाट दोल्ती पावरको आइपीओ बिक्री खुला

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरिसकेको छ । कम्पनीले जारी पुँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको ३० प्रतिशत अर्थात् १६ करोड नौ लाख ४५ हजार ८०० रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १६ लाख नौ हजार ४५८ कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासनका लागि

विद्युत् महसुल घटाउने सरकारको प्रतिवद्धता

काठमाडौं । सरकारले विद्युतको आन्तरिक खपत बढाउनका लागि निःशुल्क बिजुली उपलब्ध गराउने विषयलाई पुनः महत्वका साथ आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको छ । आन्तरिक उत्पादन वृद्धि हुँदै गएकाले गरिब तथा विपन्न वर्गलाई २० युनिटसम्म निःशुल्क बिजुली दिन सकिने सरकारको ठहर छ । हाल २० युनिट बिजुली प्रयोग गर्ने उपभोक्ताले रु ३० मात्रै तिरे हुने व्यवस्था छ । यही व्यवस्थालाई टेकेर सरकारले २० युनिटभन्दा कम बिजुली प्रयोग गर्ने गरिब र

मेरो घरमा व्यापार गर्ने ५ जनालाई १० प्रतिशत  घरभाडा छुट दिन्छु : कृष्णप्रसाद श्रेष्ठ

नेपालगन्ज : पछिल्लो समय आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प हुँदै गईरहेका छन्। अधिकांश व्यापार व्यवसाय बन्द भइसकेका छन्। धेरै व्यापारीहरु त झन् व्यवसाय बन्द गरेर विदेश पलायन समेत भइसकेका छन् । अधिकांश व्यापारीहरु विदेशिने क्रममा छन् । यही कुरालाई मध्यनजर गर्दै नेपाल उद्योग तथा व्यापार महासंघ बाँकेले बुधबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो। पत्रकार सम्मेलनमा बोल्दै नेपाल उद्योग तथा व्यापार महासंघ बाँकेका अध्यक्ष एवम् व्यापारी समेत रहेका कृष्णप्रसाद

इन्धनको मूल्य घटेसँगै हवाई भाडा घट्यो

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घाटा घटाएको छ । इन्धनको मूल्य घटेसँगै प्राधिकरणले हवाई भाडा घटाएको हो । नयाँ भाडासूची अनुसार काठमाडौंबाट धनगढीको उडानमा ४४० रुपैयाँ भाडा घटेको छ । काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३४५ रुर्पैयाँले भाडा घटेको हो । काठमाडौंबाट भद्रपुरको भाडा ३०० रुपैयाँले घटेको छ । विराटनगरका लागि २४०, जनकपुरका लागि १३०, भरतपुरका लागि १०५ र पोखराका लागि १५५ रुपैयाँ हवाई भाडा घटेको छ ।