चलचित्र ‘कृष्णलीला’ मा दीपिकाको स्थानमा आइन् श्रद्धा
काठमाडौं – ‘पण्डित बाजेको लौरी’ चलचित्र निर्देशन गरेका दीपक ओलीको निर्देशनमा बन्न लागेको चलचित्र ‘कृष्ण लीला’ मा अभिनेत्री श्रद्धा क्षेत्री अनुबन्धित भएकी छन्। उनी अभिनेत्री दीपिका प्रसाईंको स्थानमा आएकी हुन् । पहिले यस चलचित्रमा अभिनेत्री दीपिका प्रसाईंको अभिनय रहने बताइएको थियो । तर प्रसाईंले स्वास्थ्यको कारण देखाउँदै चलचित्रबाट हात झिकेपछि उनको स्थानमा श्रद्धालाई अनुबन्ध गरिएको हो । दीपिका केही समयदेखि थाइराइड र माइग्रेनको समस्याले पीडित रहेको बताइएको छ । अब