नेपालगंजमा मेनुका पौडेलको लाइभ कन्सर्ट हुने

नेपालगंज: आगामी फागुन २७ गते ईन्डियन आइडलबाट चर्चाको शिखरमा पुगेकी गायिका मेनुका पौडेलको लाइभ कन्सर्ट नेपालगंजमा हुने भएको छ।‘लेट्स सिङ विथ मेनुका ´(मेनुका सँगै गाऔं !) नाम दिइएको कार्यक्रमअन्तरालको आयोजना र व्यवस्थापनमा फागुन २४ गते देखि नेपालगंज रंगशालामा हुने भएको छ । दृष्टिविहिन भएर पनि पौडेलको चर्चा त्यतिवेला चुलियो, जव उनले इन्डियन आइडलमा भाग लिएर आफ्नो स्वरको जादु छरिन् । इन्डियल आइडलको प्रस्तुतिले उनलाई विश्वभर चिनायो । इडियन आइडलकै क्रममा

प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला सुरु

हेटौंडा : आजदेखि हेटौंडामा प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला २०८० सुरु भएको छ। चलचित्र पत्रकार संघ नेपालको आयोजनामा हिजो फागुन ५ गतेदेखि आगामी फागुन ८ गतेसम्म चल्ने राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशालाको आज आइतबार औपचारिक उद्घाटन गरिएको हो। हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा, चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसी, चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामी लगायतका व्यक्तिहरुद्वारा हेटौंडाको पल्पसा प्याराडाइज होममा दियो बालेर राष्ट्रिय भेलाको

'ल्होछार कन्सर्ट २०२४': सांगीतिक प्रस्तुतिको लागि राजेश पायल राई आइपुगे कतार

दर्शन सुनार/कतार : पछिल्लो समय कतारमा दिनहुँजसो विभिन्न कार्यक्रमहरु भइरहेका हुन्छन्। प्रायः सांगीतिक कार्यक्रमहरु आयोजना हुनेक्रम बढ्दो छ कतारमा। यसैबीच ‘ल्होछार कन्सर्ट २०२४’ आगामी शुक्रबार आयोजना हुँदैछ। जसको लागि लोकप्रिय गायक राजेश पायल राई कतार आइपुगेका छन्। बिहीबार राजेश कतारको दोहा आइपुगेका हुन्। राजेशको स्वागतको लागि नेपाल तामाङ घेदुङ कार्यसमितिका अध्यक्ष लगायत अन्य पदाधिकारी हमद अन्तर्राष्ट्रिय विमान स्थल पुगेका थिए। राजेशलाई खादा र फूलको गुच्छाले कतार एयरपोर्टमा स्वागत गरिएको थियो।

'भ्यालेन्टाइन नाइट' : सांगीतिक प्रस्तुतिका लागि किरण र ममता पुगे कतार

दर्शन सुनार/कतार : नेपाल आइडलबाट चर्चामा आएका गायक किरण भुजेल र युवा पुस्ताकी चर्चित गायिका ममता गुरुङ कतार आइपुगेका छन् । उनीहरूले मंगलबार र भोली बुधबार सॉझ कतारको दोहाको साना सिग्नल नजिक रहेको ग्रान्ड रिगल होटेलमा अवस्थित अर्मानि एक्स लन्ज एन्ड बारले आयोजना गरेको ” भ्यालेन्टाइन नाइट” मा प्रस्तुति दिनेछन्। कलाकारको स्वागतका लागि क्लब सञ्चालक रमेश केसी, कार्यक्रमका संयोजक रोशन अर्याल लगायतका अन्य व्यक्तिहरू एयरपोर्ट पुगेका थिए । आफ्नो साङ्गीतिक प्रस्तुति

पशुपति शर्माले ल्याए 'सोच्दा सोच्दै गयो जिन्दगी'

काठमाडौं : लोकप्रिय गायक पशुपति शर्माले नयाँ गीत बजारमा ल्याएका छन्। शुक्रबार उनले ‘सोच्दा सोच्दै गयो जिन्दगी’ बोलको गीत आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका हुन्। गीतमा पशुपति कै शब्द, संगीत अनि स्वर रहेको छ। उसो त पशुपतिले प्रायः आफूले गाउने गीतको शब्द अनि संगीत आफैं बनाउने गर्छन्। यो गीतमा पशुपतिले जीवनको पीडा प्रस्तुत गरेका छन्। गीतको भिडियो भने सामान्य छ। भिडियोमा पशुपति स्वयं देखिएका छन्। दुर्गा पौडेलले निर्देशन रहेको भिडियोलाई

ईश्वर पान्डेको पञ्चे बाजा गीत 'अस्लेवाको गाउँ' रिलिज

दर्शन सुनार/कतार : कलाकार ईश्वर पाण्डेको नयाँ गित रिलिज भएको छ। बुधबार ‘अस्लेवाको गाउँ’ बोलको पन्छे बाजा गीत ईश्वरले युट्युवमा रिलिज गरेका हुन्। गीतमा ईश्वर पाण्डे र सुनिता बुढाको सुमधुर आवाज सुन्न पाइन्छ । ईश्वरकै शब्द अनी वसन्त थापाको संगीत रहेको गीतमा एचबिएन किस्मतको संगीत संयोजन रहेको छ । गीतमा अस्लेवा गाउँको वर्णन गरिएको छ। सुन्दर गाउँमा गएर छायांकन गरिएको भिडियोलाई अजय रेग्मीले आकर्षक फ्रेममा खिचेका छन । यशु भट्टराई, तेजश

आजबाट दयाहाङ अभिनित दुई सिनेमा 'हात्तीछाप' र 'दयारानी' हलमा

काठमाडौं : आज शुक्रवारबाट देशभर अभिनेता दयाहाङ राईका दुई सिनेमा प्रदर्शनमा आएका छन् । पाँच बर्ष अघि निर्माण भएको सिनेमा ‘दयारानी’ र हालै बनेको सिनेमा ‘हात्तीछाप’ आजबाट देशभर प्रदर्शनमा आएका हुन् । दुई भिन्न कथामा बनेका दुई सिनेमाका आफ्नै आफ्नै प्रकारका दर्शक भएको कारण दुबै सिनेमा सफल हुने अपेक्षा गरिएको छ । सिमोस सुनुवारको निर्देशन तथा किरण नेपालीको प्रस्तुति रहेको ‘हात्तीछाप’ मा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह, बेनिशा हमाल,

कतार आइपुगे दुर्गेश थापा

दर्शन सुनार/कतार : लोकप्रिय मोडल तथा गायक दुर्गेश थापा कतार आईपुगेका छन्। सांगीतिक कार्यक्रमको लागि दुर्गेश बिहीबार कतार आइपुगेका हुन्। दोहाको मुटुमा रहेको आईभोरी होटेलको चौथो तलामा अवस्थित भ्यालभेट लन्ज एन्ड क्लबले आयोजना गरेको “भ्यालभेट नाईट” क्लबमा दुर्गेशले आफ्नो प्रस्तुति दिनेछन्। थापाको स्वागतका लागि कल्ब संचालक उत्तम गुरुङ र कार्यक्रम संयोजक तिलु शर्मा पौडेल हमद अन्तर्राष्ट्रिय विमान स्थलमा पुगेका थिए। सांगीतिक साँझमा झुम्न तथा भरपुर्ण मनोरञ्जन लिन भ्यालभेट नाईट क्लबले

‘दुःखी आत्मा’मा दया र आँचल मुख्य भुमिकामा

काठमाण्डौं । चलचित्र ‘नाङ्गो गाउँ’ को सफलतापछि निर्माता हिमाल कडरियाले नयाँ चलचित्र ‘दुःखी आत्मा’ निर्माण गर्ने भएका छन । चलचित्रमा दीपेन्द्र लामाले निर्देशन गर्ने भएका छन । यो चलचित्रमा नायक दयाहाङ राई संगै नायिका आँचल शर्मालाई निर्माण टिमले फाइनल गरेको निर्माता कडरियाले बताए । चलचित्रको स्क्रिप्टले आँचललाई नै डिमाण्ड गरेकाले उनलाई अनुवन्धित गरिएको र चलचित्रका लागि अन्य कलाकार र प्राविधिक समेत फाइनल चरणमा रहेको निर्माता कडरियाले बताए । चैत्र महिनाबाट

रुस्तम र निरुलाई 'गैर आवासीय नेपाली तारा २०२३'को उपाधि

दर्शन सुनार/कतार : रुस्तम तामाङ र निरु श्रेष्ठले ‘गैर आवासीय नेपाली तारा-२०२३’को उपाधि चुम्न सफल भएका छन्। शुक्रबार कतारको अल लक्तामा अवस्थित ट्युनिसीयन स्कुलको सभाहलमा सम्पन्न ग्राण्ड फिनालेबाट रुस्तमले गायन विधाको र निरुले नृत्य विधाको उपाधि चुमेका हुन्। गायन विधामा फर्स्ट रनरअप चाहि सुजन गुरुङ् भए भने नृत्य विधा तर्फ सरोज लामा फर्स्ट रनरअप हुन सफल भए। फिनालेमा अतिथि निर्णायकको लागि आयोजकले लोकप्रिय गायक रामकृष्ण ढकाल र डान्सर पूर्णिमा श्रेष्ठलाईलाई