आज प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्ने
काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद बिस्तारको तयारी गरेका छन्।बिहीबार अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति नभएपछि मन्त्रिपरिषद् विस्तार मिति आजलाई सरेको हो । उक्त बैठकमा शुक्रबार मन्त्रिपरिषद बिस्तार गर्ने समझदारी बनेको थियो। प्रधानमन्त्री दाहालले बिहीबार नै सत्तारूढ दलका शीर्ष नेताहरूसँग बेग्लाबेग्लै छलफलसमेत गरेका थिए। गठबन्धनमा कांग्रेसले ८ माओवादीले ५, एकीकृत समाजवादी, जसपा २–२ र लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने यसअघि नै सहमति भइसकेको छ