राजनीति

रविलाई उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री ‘सहमत’

काठमाडौं । सत्ता गठबन्धन फेरिएसँगै संसद्को चौथो ठूलो शक्ति रास्वपाले सभापति रवि लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको छ । स्रोतका अनुसार आजै नयाँ मन्त्रीमण्डल बनेमा रवि उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त हुने बलियो सम्भावना छ । हिजो भएको छलफलमा रविले गृह मन्त्रालयमा दाबी गरेका थिए । प्रधानमन्त्री त्यसमा सहमत बनेको रास्वपा स्रोतले बतायो । ‘हामीले डेलिभरी दिन सक्ने मन्त्रालय मागेका छौँ । पहिले पनि गृह लिएर गएका थियौँ ।

आजै सबै मन्त्रीहरुलाई हटाउने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै मन्त्री फिर्ता बोलाउने भएका छन् । आज बिहान बसेको माओवादीको पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले अहिले सबै मन्त्रीहरूलाई फिर्ता बोलाउने जानकारी गराएका हुन् । प्रधानमन्त्रीले अहिलेका सबै मन्त्री हटाउने र आजै सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । अब बन्ने नयाँ मन्त्रिपरिषदमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक÷एक जना मन्त्री बन्दैछन् । एमालेबाट

आजै पदम, वर्षमान, रवि र उपेन्द्र मन्त्री बन्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् । गठबन्धनमा फेरबदलसँगै उनले पुराना सबै मन्त्री हटाएर एमाले, माओवादी, रास्वपा र जसपाबाट एक एक जना लिएर सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका हुन् । जसमा एमालेबाट पदम गिरी, माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव मन्त्री बन्ने पक्का भएको हो । उनीहरुको शपथ आजै दिउँसो ४ बजे हुने तयारी भइरहेको स्रोतले जानकारी

आजबाट दुई राज्यमन्त्रीको पद रिक्त हुँदै

काठमाडौं । वर्तमान सरकारका दुई राज्यमन्त्रीको पद आज राति १२ बजेदेखि रिक्त हुँदै छ । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाई र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारीको पद रिक्त हुन लागेको हो । उनीहरू आइतबार राति १२ बजेदेखि राष्ट्रिय सभा सदस्यबाट बिदा हुँदै छन् । सांसद पदबाट हटेसँगै उनीहरूको राज्यमन्त्री पद पनि रिक्त हुन लागेको हो । नेपाल सरकारको मन्त्री हुनका लागि सङ्घीय संसद्को सदस्य हुनुपर्ने संवैधानिक

कर्णालीमा सरकारबाट बाहिरिने कांग्रेसको चेतावनी

काठमाडौं । कर्णाली प्रदेश सरकारमा सत्ता गठबन्धनमा खटपट सुरु भएको छ । कर्णालीमा सत्ता साझेदार दल नेपाली कांग्रेसले सरकारप्रति असन्तुष्ट जनाएको हो । नेपाली कांग्रेस कर्णाली संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारबाट बाहिरिने चेतावनीसमेत दिएका छन् । उनले बिहीबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै अहिलेकै अराजकताको अवस्थामा कांग्रेस सरकारमा बस्न नसक्ने बताएका हुन् । उनले राजकताको अवस्थामा कर्णालीमा कांग्रेस सरकारबाट बाहिरिनु उपयुक्त भएको बताएका छन् । साथै, कांग्रेसबाट सरकारमा रहेका

कोशी प्रदेशमा आज मन्त्रिपरिषद विस्तार हुँदै

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । उनले आज नेपाली कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रका दुई मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् । स्रोतका अनुसार नेपाली कांग्रेसबाट प्रदीप सुनुवार र रामकुमार खत्री मन्त्री बन्दैछन् भने इन्दिरा थापा राज्यमन्त्री बन्नेछिन् । प्रदीपलाई स्वास्थ्य र रामकुमारलाई कृषि मन्त्रालयको जिम्मेवारी दिन लागिएको बताइन्छ । राज्यमन्त्री थापाको भने मन्त्रालय टुंगो लागिसकेको छैन

प्रहरी समायोजनमा ओलीको असन्तुष्टि

जनकपुरधाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रहरी समायोजनमा असन्तुष्टि व्यक्त गरेका छन् । सर्लाही जाने क्रममा आज जनकपुरधाम एयरपोर्टमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले राजनीतिज्ञले प्रहरी चलाएकाले धेरै बिग्रिएको बताएका छन् । प्रहरीलाई राजनीतिबाट टाढा राख्नुपर्ने उनको धारणा छ । प्रदेश सरकारहरूको निरन्तरको प्रयासपछि संघ सरकारले प्रहरी समायोजनको प्रक्रिया अगाडि बढाएका बेला ओलीले प्रहरीलाई मेरो र तेरो बनाउन नहुने बताए । उनले भने, ‘पुलिस त छँदै छ, कसले

मुख्यमन्त्री कार्कीद्धारा सरकार विस्तारको तयारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तारको तयारी गरेका छन् । मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेको साढे तीन महिनापछि सरकारलाई पूर्णता दिने तयारी गरेका हुन् । मन्त्रीको नाम फाइनल भइसकेको बताइएको छ । सरकारलाई पूर्णता दिन चार जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गर्ने तयारी छ । कांग्रेसबाट दबाब बढेका कारण राज्यमन्त्रीको संख्या थप गर्ने सम्भावना छ । कांग्रेसबाट प्रदीपकुमार सुनुवारको नाम फाइनल भएको छ । उनी संस्थापन समूहका

राष्ट्रियसभामा माओवादी पहिलो, एमाले तेस्रो

काठमाडौं । नेकपा माओवादी केन्द्र राष्ट्रियसभामा सबैभन्दा ठूलो पार्टी बनेको छ । आज (बिहीबार) १९ सिटका लागि भएको निर्वाचनको मतपरिणाम आएसँगै राष्ट्रियसभामा माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी बनेको हो ।  बिहीबार भएको निर्वाचनमा उम्मेदवारी दिएका ६ जनामध्ये ५ निर्वाचित भएपछि माओवादी राष्ट्रिय सभामा पहिलो दल बनेको छ । गठबन्धनका तर्फबाट  कोशीमा उम्मेदवारी दिएकी चम्पादेवी कार्की भने पराजित भएका छन् । गठबन्धनकै मतदाताहरूले फ्लोर क्रस गरेपछि एमालेकी रूक्मिणी कोइराला विजयी भएका

मेरो खातामा सहकारीको रकम जम्मा भएको छैनः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले ग्यालेक्सी टेलिभिजनको जागिर छाड्दा कुनै किसिमको सहकारीको पैसा नलिएको बताएका छन् । सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै लामिछानेले यस्तो बताएका हुन् । यसबारेमा आफूले बैंकमै गएर बुझेको उल्लेख गर्दै लामिछानेले १ करोड ८० लाख रकम आफ्नो खातामा जम्मा नभएको बताएका हुन् । पत्रकार सम्मेलनमा लामिछानेले ग्लोबल आईएमई बैंकले दिएको पत्रसमेत बाचन गरेर सुनाएका थिए । ग्यालेक्सी टेलिभिजनको जागिर छाडेर निस्किँदा