विशेष समाचार

थप १३६ संगै सक्रिय संक्रमितको संख्या ४०१ पुग्यो

काठमाडौं । शुक्रबार थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९७ पीसीआर र १२२७ एन्टिजेन परीक्षणमा ३४ र १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६८ जना संक्रमणमुक्त भएका छन् । यसअघि बिहीबार १०६ जनामा संक्रमण पुष्टि भएको थियो । नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या केही सातायता बढ्दो छ । हाल सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ । १

'नेपालगन्ज जेसिज सप्ताह २०२३' : बागेश्वरी मन्दिर सरसफाइ

नेपालगन्ज : ‘नेपालगन्ज जेसिज सप्ताह २०२३’ सुरुभएको छ। नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै शुक्रबारबाट जेसिज सप्ताह सुरु गरिएको हो। शुभकामना आदानप्रदान पश्चात् जेसिज टिमले नेपालगन्ज स्थित बागेश्वरी मन्दिर परिसर सरसफाइ गरिएको छ। जेसिज सप्ताह तालिका अन्तर्गत पहिलो दिन बागेश्वरी सरसफाइ गरिएको कार्यक्रम संयोजक जेसि उत्सव सिजालीले बताए। नेपालगन्ज जेसिज वर्ष २०२३ का अध्यक्ष जेसि राजन केसीको अध्यक्षतामा सुरु भएको जेसिज सप्ताहको पहिलो दिन बागेश्वरी मन्दिरका गुरु महाराज प्रमुख अतिथिको रुपमा

आजदेखि नयाँ वर्ष २०८० सुरु

काठमाडौं । आजबाट नयाँ वर्ष २०८० सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते देश विदेशमा बस्ने नेपालीहरुले एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइरहेका छन् । हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् । आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना आदानप्रदान गर्ने

स्टक र वस्तु विनिमय बजारको लाइसेन्सको लागि १० दिनभित्र निवेदन दिनुपर्ने

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक र वस्तु विनिमय बजारको लाइसेन्सको लागि पुन: सूचना निकालेको छ। बोर्डले बिहीबार सूचना निकाल्दै आउने १० दिन भित्र निवेदन दिन भनेको छ। बोर्डले यस अघि २०७९ असोज २ गते ४५ दिनको समय दिएर नयाँ स्टक र बस्तु विनिमय बजारको लाइसेन्सकोलागि आवेदन दिन भनेको थियो। तर सर्वोच्चले ४५ दिन नपुग्दै गत कार्तिक ४ गते अल्पकालीन अन्तरिम आदेश दिँदै उक्त प्रक्रिया यथा स्थितिमा राख्न भनेको थियो। त्यसपछि गत

पाँचौं दिनसम्म पनि  उठेन सिंहदरबारको फोहोर

काठमाडौं । काठमाडौं महानगरपालिकाले पाँचौं दिनसम्म पनि सिंहदरबारको फाहोर उठाएको छैन । परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेका अनुसार महानगर प्रमुख बालेन शाहको निर्देशनका कारण बिहीबार पनि सिंहदरबारको फाहोर नउठाईएको हो । सिंहदरबारसँगै प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति भवन शीतलनिवासको फोहोर पनि आइतबारदेखि नै उठेको छैन । महानगरले नभनेसम्म आफूहरुले फाहोर उठाउन नसक्ने घिमिरेको भनाई छ । घिमिरेका अनुसार सिंहदरबारभित्रका सबै कार्यालयबाट फाहोर उठाएर कम्पाउन्ड भित्रै राखिएका छन् । बालेनले

शेखर समूहले ३ मन्त्री र १ राज्यमन्त्री पाउने

काठमाडौं । नेपाली कांग्रेसेका नेता डा. शेखर कोइराला समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । बिहीबार बिहान बसेको शेखर समूहको बैठकमा नेता कोइरालाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारमा आफ्नो समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने जानकारी गराएका हुन् । वर्तमान सरकारमा नेपाली कांग्रेसले आठ मन्त्रालय पाएको छ । गत चैत १७ मा प्रधानमन्त्री ‘प्रचण्ड’ले मन्त्रिपरिषद बिस्तार गर्दा कांग्रेसले ४ जनालाई मात्रै मन्त्री बनाएको थियो ।

‘कि काठमाडौंको हितमा काम गर्नुहोस, कि सिंहदरबार  सार्नुहोस: मेयर बालेन साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह संघीय सरकारविरुद्ध पुनः आक्रोशित भएका छन् । सरकारले महानगरसँग समन्वय नगरेको भन्दै मेयर बालेनले सामाजिक सञ्जालमार्फत संघीय सरकारविरुद्ध आक्रोश पोखेका हुन् । उनले काठमाडौंवासीको हितमा काम नगर्ने सिंहदरबार अरु पालिकामा सार्न समेत चुनौती दिएका छन् । ‘कि काठमाडौंको हितमा काम गर्नुहोस, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस,’ उनले चुनौती दिँदै भनेका छन्, ‘हामी काठमाडौंबासीलाई कुनै आपत्ती छैन, चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस ।’

ढाकाकुमार ठाउँमा रास्वपाले विन्दवासिनीलाई सांसद बनाउने

काठमाडौं । रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज गरेपछि उनको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले श्रेष्ठको साधारण सदस्यता खारेज गरेको हो । सदस्य खारेजीसँगै श्रेष्ठको सांसद पद स्वतः रहने छैन । समानुपातिक प्रणालीबाट निर्वाचित श्रेष्ठको ठाउँमा रास्वपाले अर्को व्यक्तिलाई संसदमा पठाउन पाउँछ । अब श्रेष्ठको ठाउँमा मकवानपुरकी कंसाकारलाई सांसद बनाउने निर्णय भएको पत्रकार सम्मेलनमा पार्टी सभापति

प्रहरीको १३ एसएसपीको डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरु प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाको लागि सिफारिस भएका छन् ।  आज (बुधबार) बसेको बढुवा समितिको बैठकले १३ जना एसएसपीलाई डीआईजीमा बढुवाको लागि सिफारिस गरेको हो ।  बढुवाको पहिलो नम्बरमा कुबेर कडायत, दोस्रोमा केदार ढकाल र तेस्रोमा विष्णुबहादुर केसी छन् ।

बैतडी जीप दुर्घटना:एकै ठाउँका ६ जनाको मृत्यु, चालक सम्पर्कविहीन

काठमाडौं । बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से१ज ७६४ नम्बरको जीप अनियन्त्रित भई पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति दुर्घटना भएको हो । दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृत्यु हुनेहरुमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी,