विशेष समाचार

नेकपाका प्रचण्ड-माधव समूहको सचिवालय बैठक वस्दै

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले सचिवालय बैठक बोलाएको छ । आज दिउँसो ३ बजे पेरिसडाँडामा बैठक बोलाइएको हो । एक नेताका अनुसार बैठककमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध छलफल हुने भएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा गत ५ पुसमा प्रतिनिधिसभा विघटन भएपछि नेकपा विभाजित भएको हो । ओली गुटबाट विभाजित भएको नेकपा प्रचण्ड–माधव समूहले केही दिनयता बैठक पेरिसडाँडामा गर्दै आएको छ ।

बेलायतकी महारानी र  राजकुमारले लिए कोभिडको पहिलो खोप

लण्डन । बेलायतकी महारानी एलिजावेथ द्वितिया र उनका पति राजकुमार फिलिपले कोभिड खोपको पहिलो डोज लिएका छन्। उनीहरु बस्दै आएको विन्डसोर क्यासलमै खोप लिएको बकिङघम दरबारले जनाएको छ।   बेलायतमा कोभिडविरुद्धको खोप गत महिनादेखि नै वितरण सुरु गरिए पनि ९४ वर्षीया महारानी र ९९ वर्षीय राजकुमार फिलिपले आफ्नो पालो पर्खिएरै खोप लगाएका हुन्। खोपका लागि बेलायत सरकारले निर्धारण गरेको प्राथमिकताअनुसार ८० वर्षमाथिको उमेर समूहको पालोमा उनीहरुले खोप लिएका हुन्।  

विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड नाघ्यो

काठमाडौँ। विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड नाघेको छ ।पछिल्लो २४ घण्टामा ७ लाख २२ हजार ८६२ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड नाघेको हो ।   आइतबार बिहान यो समाचार तयार पर्दासम्म संक्रमित संख्या ९ करोड ५४ हजार ७६८ पुगेको छ । यसमध्ये ६ करोड ४४ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् ।   यो समाचार तयार पार्दासम्म कुल संक्रमितको ७१ प्रतिशतभन्दा बढी निको भएका छन्

सरकारले भारतसँग ६० लाख नागरिकलाई पुग्ने गरी कोरोनाविरुद्धको खोप किन्ने तयारी गर्दै

कोभ्याक्सबाट प्राप्त हुने खोप आउनुभन्दा पहिला नै सरकारले २० प्रतिशत अर्थात् ६० लाख नागरिकलाई पुग्ने गरी कोरोनाविरुद्धको खोप किन्ने तयारी गरेको छ । त्यसका लागि सरकारले भारतसँग चरणबद्ध छलफल गरिरहेको छ । कोभ्याक्सको खोप सन् २०२१ को पहिलो चौमासिकपछि मात्रै आउने जानकारी पाएकाले त्यसअघि नै खोप किनेर जनतालाई लगाउने योजना बनाएको स्वास्थ्य मन्त्रालयका कोरोना खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले बताए । कोभ्याक्स सुविधाबाट पनि २० प्रतिशत जनतालाई पुग्ने खोप आउँछ ।  

इन्डोनेसियामा यात्रुवाहाक विमान विजुली चम्किएजसरी समुद्रमा खस्यो र पानीमा पड्कियो : प्रत्यक्षदर्शी

इन्डोनेशियाको राजधानी जकार्ताबाट ६२ जना यात्रु बोकेर उडेको एक यात्रुवाहक विमान उडेको केही मिनेटमै समुद्रमा दुर्घटनाग्रस्त भएको ठानिएको छ।श्रीविजया एयर बोइङ ७३७ विमान देशको वेस्ट कालिमान्तान प्रान्तको पोन्टिआनक जाने क्रममा उडेको ४ मिनेटमै रेडारबाट हराएको थियो। प्रत्यक्षदर्शीहरूले एउटा विस्फोटन देखेको र सुनेको बताएका छन्।उडानहरूको विवरण राख्ने वेवसाइट फ्लाइटरडारडटकमका अनुसार एक मिनेटभन्दा कम समयमा उक्त विमानले ३ हजार मिटर उचाइ गुमाएको थियो।विमानका भग्नावशेषझैँ देखिने तस्बिरहरू टेलिभिजन र सामाजिक सञ्जालमा देखा परेका

योगेन्द्र गौतमको "आउँछौ र फेरि"मा अर्जुन र गीताको जोडी (भिडियो)

काठमाडौं : नेपाली लोकदोहोरी क्षेत्रमा पछिल्लो समय गुणस्तरलाई एकदमै ध्यान दिइएको छ। अडियो देखि भिडियो निर्माण सम्म कलाकारहरुले निकै मिहेनत गरेको पाइन्छ। यसैबीच, प्रवासमा रहेर पनि नेपाली गीत संगीतमा निरन्तरता दिइरहेका गायक योगेन्द्र गौतम पनि गुणस्तरमा निकै ख्याल राख्ने गायक मध्य पर्छन् । हाल अमेरिकामा रहेका योगेन्द्र लोकदोहोरी गीत गाउन एकदमै झुकाब राख्ने गर्छन् । संख्यात्मक भन्दा पनि गुणात्मक गीतहरू गाउन रुचाउने उनका थोरै गीतहरु बजारमा आएतापनि दर्शक स्रोता सामु

गाडीको ठक्करबाट बाँकेको कुसुममा माेटर साईकल चालकको ज्यान गयो

राेल्पा । बाँकेको राप्ती साेनारी गाऊ पालीका – १ कुसुम स्थित दक्षिणकाली पेट्रोल पम्म नजिकै गाडीले ठक्कर दिदा माेटर साईकल चालकको ज्यान गएको छ ।   ना ४ ख ६४६५ नम्बरको गाडिले ठक्कर दिदी रा ५ प ९६०० नम्बरको माेटर साईकलमा सवार राेल्पा लिवाङ निवासी २६ बर्षका राजेश सुनारको ज्यान गएको हाे। शुक्रबार साँझ ६:४५ बजेको समयमा उक्त दुर्घटना भएको हाे । मृतक सुनार नेपालगन्ज जाने क्रममा दाङ तर्फ जाँदै

संसद विघटनको विरोधमा नेपाली कांग्रेसले गर्यो देशभर प्रदर्शन

काठमाडौं । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले देशभर प्रदर्शन गरेको छ । संसद विघटनलाई असंवैधानिक भनेको उसले देशभरका ३३० वटा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो ।विरोध सभामा कार्यकर्ताहरुकाे उत्साहजनक सहभागीता रहेको काँग्रेस नेताहरूले जनाएका छन ।   विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेताहरुले संसद विघटन असंवैधानिक भएको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर ५ को बूढानीलकण्ठमा आयोजित सभामा सभापति शेरबहादुर देउवा आफैं सहभागी भएका छन् ।

कांग्रेससले आज देशका ३३० प्रदेश सभा क्षेत्रमा प्रदर्शन गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससले आज देशका ३३० प्रदेश सभा क्षेत्रमा प्रदर्शन गर्दैछ। सरकारको संसद विघटनको असंवैधानिक कदमविरूद्ध कांग्रेसले प्रदर्शन गर्ने भएको हो।   दिउँसो १ बजेपछि सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठ, विश्वप्रकाश शर्माले प्रदर्शनी मार्ग, गगन थापाले चाबहिल चोकमा सम्बोधन गर्ने कार्यक्रम छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्-आज ३३० प्रदेश सभा क्षेत्रमा प्रदर्शन ! संसद विघटनको असंवैधानिक कदमका विरूद्ध जुटौं , लोकतान्त्रिक संविधान रक्षाका लागि उठौं ।

सप्तरीमा करेन्ट लागेर हात्तीको ज्यान गयो

सप्तरी । सप्तरी जिल्लाको खडक नगरपालिका–४ अमहामा आज बिहान करेन्ट लागेर एउटा हात्तीको ज्यान गएको छ । दैनिकरुपमा हात्ती आउने गरेकाले रातिको समयमा स्थानीयले हात्ती धपाउनका लागि बिछ्याइएको विद्युतीय तारमा विद्युत् प्रवाह भई भाले हात्तीको मृत्यु भएको डिभिजन वन कार्यालय सप्तरीका रेन्जर लक्ष्मण साफीले जानकारी दिए ।   कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्ती खडक नगरपालिकाको बस्तीमा पस्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्र