विशेष समाचार

सर्जक कँडेलको 'आफ्नोपन'मा प्रेम वियोगपछिको कारुणिक पीडा महशुस हुन्छ !

काठमाडौं : विगत एकदशक बढी लामो समयदेखि प्रवासमा रहेर पनि नेपाली गीत संगीतमा जीवन्त सृजना पस्किने सर्जक हुन् नारायण कंडेल । आफ्ना हरेक सृजनामा फरकपन दिन रुचाउने सर्जक कंडेल सामाजिक, राजनीतिक एवम् प्रेममा आधारित विषयहरूमा कलम चलाउन सिपालु छन् । फरक कथावस्तुलाई आफ्ना गीतहरुमा कलात्मक शैलीमा उनले उतार्ने गर्छन् । यसैबीच, फरक कथा वस्तुमा आधारित उनको एउटा नयाँ गीत बजारमा रिलिज भएको छ। सोमबार रिलिज ‘आफ्नोपन’ बोलको गीतमा लोकप्रिय गायक

प्रधानमन्त्री ओलीको ‘अग्नि परीक्षा’ भोलि

काठमाडौं । नेपाली राजनीतिमा जे बोलिन्छ, त्यो हुँदैन भन्ने आममानिसको बुझाइ छ । र यसलाई चिर्न राजनीतिज्ञहरु सफल भइसकेका छैन । राजनीतिक दलबीच हुने विवाददेखि आन्तरिक किचलोमा रमाउने नेताहरुको क्रियाकलापले नागरिकको विश्वास गुमाइरहेको छ । लामो समयदेखि आन्तरिक किचलोमा फसेको सत्तारुढ नेकपालाई केही घण्टादेखि आशावादी बनाएको छ । विशेषगरी आन्तरिक विवाद समाधान गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सचिवालय बैठक बोलाएका छन् । उनीमाथि बैठकबाट भागेको आरोप आफ्नै

हाँस्यकलाकार हरिवंश आचार्यको जन्मदिन आज, कति वर्ष लागे उनी ? थाहा पाउनुहोस्

लोकप्रिय कलाकार हरिवंश आचार्य आज देखि ६४ वर्षमा प्रवेश गरेका छन् । विक्रम सम्वत २०१४ साल कात्तिक २७ गते काठमा:डाैंको गैरी-धारामा जन्मिए’का हरिवंश, हरिवंश पूजा-पछि जन्मेका परि-वारका एक मात्र छोरा हुन् । पाँचजना छोरी मात्र जन्मे पछि छोरीले पिण्ड दिन नहुने र छोरा नै चाहिने भन्दै छोरा’को चाहमा हरि वंशका आमा-बुवाले हरिवंश पूजा लगाएका थिए । हरिवंश पूजा लगाएर जन्मेका कारण उनको नाम पनि हरिवंश राखिए’को हो । आमा-बुवाका रुढी

ब्राजिलद्वारा चिनियाँ खोपको ट्रायलका लागि पुनः अनुमति

काठमाडौँ। ब्राजिलको स्वास्थ्य निकाय (अन्भिसा)ले चिनियाँ खोप परीक्षणका लागि पुनः अनुमति दिने भएको छ। खोपको परीक्षण गर्नेक्रममा एक स्वयंसेवकको मृत्यु भएको खबर बाहिरिएसँगै दुई दिन अघि अन्भिसाले “गम्भीर प्रतिकूल घटना“ उल्लेख गर्दै खोपको परीक्षणलाई रोक लगाएको थियो। यस संस्थाको ट्रायल सञ्चालन गरिरहेका प्रमुखले खोपको मृत्युसँग कुनै सम्बन्ध नभएको बताएका छन्। बुधवार एक विज्ञप्तिमा अन्भिसाले भन्यो, “खोपको पुनः परीक्षण सुरु गर्नका लागि पर्याप्त जानकारी रहेको छ।’ त्यसैगरी, अन्भिसाले निलम्बन वा ट्रायल

नायिका आचल शर्माले फिल्म निर्माण गर्दै

काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री तथा मोडल हुन् आँचल शर्मा । फिल्म नाई नभन्नु ल ४ बाट नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेकी उनी पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त हुन थालेकी छिन् । फिल्ममा अभिनय गरेर चर्चा कमाइसकेकी आँचलले अब भने आफै फिल्म बनाउने भएकी छिन् । उनले कोरोना महामारीको सकिए लगत्तै फिल्म निर्माणमा जुट्ने बताइएको छ । उनले फिल्म निर्देशनको लागि मिलन चाम्सलाई प्रस्ताव गरेको बताइएको छ ।

सरकारले नि:शुल्क गर्ने भनेको कोभिड-१९ को उपचार अब कसरी हुन्छ ?

बीबीसी। मन्त्रिपरिषद्‌को कोभिड-१९ को उपचार नि:शुल्क व्यवस्था गर्ने गरी निर्णय सरकारी अस्पतालका साथसाथै सरकारले सम्झौता गरेका मेडिकल कलेज र निजी अस्पताल पनि लागु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारी भन्छन्, “कोभिडका लागि छुट्याइएका देशभरमा ७० जतिको सङ्ख्यामा अस्पतालहरू छन्।” मन्त्रिपरिषद्‌मा मन्त्रालयले हरेक व्यक्तिको खर्चका विवरण आकलन गरेर प्रस्ताव लगेको बताइएको छ। जसअनुसार एकजना सङ्क्रमित कम्तीमा दुई साता अस्पताल बस्नुपर्ने आकलन गरिएको छ। प्रतिव्यक्ति खर्च कति “अस्पतालमा

प्रधानमन्त्रीमाथि संकट ल्याउनेहरुलाई गोकुल बाँस्कोटाको चुनौति

काठमाडौँ – पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संकट ल्याउनेहरुलाई चुनौति दिएका छन् । मंगलबार सामाजिक सञ्जालमा व्यंग्यात्मक ट्वीट गर्दै प्रधानमन्त्रीका विश्वाशिला पात्रसमेत मानिने बाँस्कोटाले दुईसाताभित्र प्रधानमन्त्री ओलीमाथि पार्टीले कारबाही गर्न लागेको संकेत गरेका छन् । ओलीमाथि पार्टीले कारबाही गर्न लागेको विषय बाहिरिएपछि बाँस्कोटाले यस्तो व्यंग्यात्मक ट्वीट गरेका हुन् । उनले प्रधानमन्त्री ओलीमाथि कारबाही हुने कुरो पत्यार नलागे पनि प्रतिक्षा गरिरहेको पनि बताएका छन्। ट्वीटमा उनले भनेका छन् –

कलाकार किशोर खत्री अभिनित म्युजिक भिडियो 'बरबर आँशु' बजारमा (भिडियो)

नेपाली सांगितिक क्षेत्रमा एउटा बेग्लै पहिचान बोकेको नाम हो विष्णु माझि । जसले गाएका गितले युटुबमा मात्र हैन दर्शक श्रोताका मन जित्न पनि सफल हुन्छन । उनै विष्णु माझि र विरेन्द्र बुढाले स्वर दिएको गित बरबर आशु ले यतिबेला दर्शक श्रोताको मन जितिरहेको छ । करिब १० वर्ष देखी सांगितिक क्षेत्रमा लागि रहेको गुल्मेली सर्जक किशोर खत्रीको अभिनयमा रजिना विष्ट र महिमा गिरीले पनि साथ दिएका छन । जनाता डिजिटलबाट

मोरङमा कोरोना संक्रमणबाट दाजुभाईको ज्यान गयो

काठमाडौं – मोरङमा कोरोनाभाइरसको संक्रमणबाट दाजुभाईको मृत्यु भएको छ । मृत्यु हुनेमा केराबारी गाउँपालिका –३ का ५९ वर्षीय दाजु  र उनको ५७ वर्षीय भाइ रहेका छन् । उनीहरुको कोरोना संक्रमणबाट ६ दिनको अन्तरमा मृत्यु भएको हो । कोरोना संक्रमित भएका दाजुको आइतबार र भाईको कात्तिक १८ गते मृत्यु भएको जनाइएको छ । कात्तिक ७ गते कोरोनाभाइरसको संक्रमण देखिएका दाजुको विराट मेडिकल कलेजमा उपचार भइरहेको थियो । उनको उक्त अस्पतालमा उपचारको क्रममा

जनवरीमा बुबा बन्दै विराट कोहली

एजेन्सी । भारतका चर्चित क्रिकेटर विराट कोहली र उनकी पत्नि अनुष्का शर्मा बुबाआमा बन्दैछन् । भारतिय मिडियाका अनुसार विराट जनवरीमा बुबा बन्न सक्ने भएकाले उनले अष्ट्रेलियासँगको म्याच छोड्न सक्ने बताइएको छ । भारतीय क्रिकेट टीम ११ नोभेम्बरमा अष्ट्रेलिया जाँदैछ । कोहलीले म्याच छाड्ने भएमा वा विदामा बसेमा रोहित शर्मालाई जिम्मेवारी दिन सक्ने बताइएको छ । अनुश्काले  अगस्ट २७ मा आफ्नो गर्भावस्था बारे सामाजिक सञ्जालमार्फत जानकारी गराएकी थिइन् । अहिले भने