समाचार

जब मध्यराती इन्सपेक्टर     महिलाको ब्यारेकमा छिरे

काठमाडौं । दसैंका बेला नेपाल प्रहरीका एक अधिकृतको हर्कतले सिंगो संगठन बदनाम हुन पुगेको छ । आफ्नै प्रहरी कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा एक इन्सपेक्टर यतीबेला प्रहरी हिरासतमा छन् । धादिङको इप्रका खानीखोलामा कार्यरत इन्सपेक्टर अपूर्व ढुंगानाले यस्तो हर्कत गरेका हुन् । गत १५ असोजको राती उनी महिला ब्यारेकमा गएर एक महिला प्रहरीमाथि बलात्कार प्रयास गरेका थिए । सुरुमा आफु निरीक्षणको लागि आएको बताएर त्यहाँ बली एक महिला प्रहरीमाथि दुव्र्यवहार गरी

जुम्लाका बाढी पीडितलाई हेलिकोप्टरबाट राहत वितरण

जुम्ला । बाढी पहिरोले कर्णाली राजमार्ग अवरुद्ध गरेपछि बाढी पीडितलाई राहत दिन सकस भएको छ । बाढि पहिरोबाट प्रभावित घर परिवारलाई कर्णाली प्रदेश सरकारले हेलिकप्टरबाट राहत सामग्री वितरण गरको छ । जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा कर्णाली प्रदेश सरकारले जुम्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा हेलिकोप्टरबाट अत्यावश्यक सामग्री राहात वितरण गरेको हो । सेनाको अगष्टा हेलिकोप्टरमा सो क्षेत्रमा केही राहत पुयाईएको नेपाली सेनाले जानकारी दिएको छ । नेपाली सेनाका नन्दबक्स

मधेश प्रदेशमा कांग्रेसका मन्त्रीहरुलाई हटाउने तयारी

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुलाई हटाउने तयारी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीहरुलाई बर्खास्त गरेपछि मुख्यमन्त्री राउतले मधेश सरकारको मन्त्रिपरिषदबाट कांग्रेसका मन्त्रीलाई हटाउन लागेको हुन् । मधेस प्रदेश सरकारमा कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह छन् । उनीहरुलाई मुख्यमन्त्री राउतले फोनमार्फत राजीनामा दिन निर्देशन दिएको

चारवटा विदेशी फिल्म संगै ‘हिजोआजका कुरा’ प्रदर्शनमा आउदै

काठमाण्डौं । आज शुक्रवारबाट नेपाली सिनेमाहलमा एक नेपाली र चारवटा विदेशी फिल्महरु प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘हिजोआजका कुरा’, भारतीय फिल्मतर्फ ‘डाक्टर जी’, ‘गडफादर’ र ‘कान्तारा’ तथा जापानको ‘वान पिस रेड’ रिलिज भएका हुन्। सन्तोष पन्तको निर्माण रहेको ‘हिजो आजका कुरा’ आजबाट रिलिज भएको छ। सन्तोषका छोरा साकार पन्तले यसै फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन्। फिल्मले काठमाडौंमा बसोबास गर्ने परिवारका घरेलु सम्बन्धमा आएका समस्याको कथा भन्छ। फिल्ममा सन्तोषका साथै रमा

यस वर्षको एसईई चैत दोस्रो हप्तादेखि

काठमाण्डौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई चैत दोस्रो हप्तादेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको शैक्षिक सत्र २०७९ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका अनुसार एसईई २०७९ को चैत दोस्रो हप्तादेखि सुरु हुनेछ । एसईईको नतिजा २०८० को असार तेस्रो हप्ताभित्र सार्वजनिक गर्ने कार्यतालिका छ। परीक्षा सञ्चालन जिल्ला, प्रदेश र परीक्षा नियन्त्रण कार्यालयले संयुक्त रूपमा लिने तथा त्यसको नतिजा प्रकाशन गर्ने काम चाहिँ परीक्षा नियन्त्रण कार्यालयले

सत्ता गठबन्धन छोडेसंगै जसपाका चार मन्त्री बर्खास्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बर्खास्त गरेका छन् । सत्ता गठबन्धन छोडेर एमालेसँग चुनावी तामेल गरेको जसपाका चार जना मन्त्रीहरूलाई देउवाले बिहीबार बर्खास्त गरेका हुन् । देउवाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह र वन तथा वातावरणमन्त्री प्रदीप यादव बर्खास्त गरेका छन् । उनीहरुको जिम्मेवारी प्रधानमन्त्री देउवाले नै

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु

काठमाडौं। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।पोखरा रंगशालामा आज विशेष समारोहकाबीच प्रतियोगिताको उद्घाटन गरिदैछ । मार्चपास, झाँकी, गीत, नाचगान लगायतका कार्यक्रम रहेको छ । कोभिड महामारी लगायतका कारण ४ वर्षपछि राष्ट्रिय खेलकुद हुन लागेको हो । गण्डकीमा भने ३९ वर्षपछि प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताका धेरैजसो खेलहरु पोखरा रंगशालामा हुनेछन् । प्रतियोगितामा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । विभागीय टोली नेपाल पुलिस,

धितोपत्र बोर्डले २३ जना कर्मचारी माग्यो

काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिक्त रहेका विभिन्न पदमा विज्ञापन खुलाएको छ । खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको हो । बोर्डले शुक्रबार गोरखापत्रमा सूचना प्रकाशन गर्दै विभिन्न पदमा २३ जना कर्मचारी माग गरेको छ । निर्देशकदेखि वरिष्ठ सहायकसम्म मागेको छ । आवेदन फारम कात्तिक १७ गतेसम्ममा बोर्डकै केन्द्रमा बुझाउनुपर्नेछ ।

गोह्रसिंगेका इन्सपेक्टरको असुलीधन्दा

काठमाडौं । कपिलवस्तुको इप्रका गोह्रसिंगेका इन्सपेक्टर शशीधर शर्मामाथि प्रहरी प्रधान कार्यालयले छानबिन थालेको छ । प्रहरी कार्यालयका लागि भनेर विभिन्न निकायलाई पत्रै लेखेर पैसा मागी त्यसको दुरुपयोग गरेको आरोपमा छानबिन सुरु भएको हो । प्रहरी प्रधान कार्यालयबाट निरीक्षण हुन लागेको र त्यसका लागि कार्यालयमा मर्मतदेखि अतिथी सत्कार खर्च भनेर उनले स्थानीय तहदेखि व्यापारीसम्म पैसा मागेका थिए । त्यसरी लिएको पैसा पनि दुरुपयोग गरिएको खुलेको छ । बुद्धभुमी नगरपालिकासँग मात्र साढे

प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको अन्तिम नामावली प्रकाशन

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर चार गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । बुधबार केही उम्मेदवारहरुले नाम फिर्ता लिएपछि आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेका हो । आयोगको अनुसार प्रतिनिधिसभामा १६५ सिटमा लागि दुई हजार ४१२ जनाको उम्मेदवारी परेको छ । त्यस्तै प्रदेशसभाको लागि तीन हजार २२४ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । त्यस्तै आयोगले उम्मेदवारलाई निर्वाचन चिन्ह