बर्दियामा निषेधाज्ञा, नेपालगन्ज सील
नेपालगन्ज २५, साउन ।समुदायस्तरमै कोरोना भाइरसको संक्रमण देखिन थालेपछि स्थानीय प्रशासनले बर्दियामा आज आइतवार विहान ६ बजेदेखि लागु हुने गरी पाँच दिने निषेधाज्ञा लागु गरेको छ । बर्दियामा संक्रमितको संख्या दैनिकरुपमा थपिदै गएपछि कोरोना संकट व्यवस्थापन समितिको आकास्मिक बैठकले निषेधाज्ञा लगाएर भाइरस संक्रमण फैलिन नदिने निष्कर्णमा पुगेको समितिका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो । निषेधाज्ञा लागु गरिएसँगै आइतवार विहानदेखि बर्दियाको मुख्य बजार गुलरिया, राजापुर, बासगढी, मैनापोखर