समाज

पर्यटकको प्रतीक्षामा मुगुको 'रारा ताल'

टेकेन्द्र मल्ल, नेपालगंज करिव तीन महिना अघि सम्म आन्तरिक तथा वाह्य पर्यटकहरुसंग रमाइरहेको मुगुको ‘रारा ताल’ लकडाउगसंगै एक्लो छ । सुन्दर छ, सुनसान अनि शान्त छ । केवल पर्यटकको पर्खाइमा छ । ‘रारा ताल’ मात्र हैन पर्यटन व्यावसायलाइ प्रवर्धन गर्न लाखौ लगानीमा होटल व्यावसाय गरी बसिरहेका व्यावसायीहरु पनी पर्यटकको पर्खाइमा छन । चाडै लकडाउन खुल्ने आशामा छन । पहिले झै आफ्नो क्षेत्रमा आउने पर्यटकलाइ स्वागत गर्न आतुर छन । प्रकृतिसंगै

असार १७ पछि पनि विद्यालय खुल्ने नखुल्ने अनिश्चित

काठमाडौं नयाँ शैक्षिक सत्र सुरु नहुँदैदेखि लकडाउनका कारण विद्यालयहरु बन्द छन् । विद्यालय कहिले खुल्छन् भन्ने निश्चित छैन । यही अनिश्चितताका वीच कोभिड–१९सम्बन्धी उच्चस्तरीय समन्वय समितिले आगामी असार १७ देखि शैक्षिक संस्थाहरु खोल्ने प्रस्ताव तयार पारेको छ । तर, समितिको यो प्रस्तावबारे शिक्षा मन्त्रालयका अधिकारीहरुले भने केही बताएका छैनन्। उच्चस्तरीय समन्वय समितिले कोरोना संक्रमणका एक सयभन्दा कम सक्रिय केस भएका जिल्लामा लकडाउन खुकुलो बनाउने कार्ययोजना तयार पारेको छ । तर,

रुकुम घटनाका आरोपितलाई अदालतद्धारा १० दिन म्याद थप

रुकुम पश्चिम रुकुमको चाैरजहारी स्थित सोती घटनाको आरोपितलाई १० दिन म्याद थप गरेर अनुसन्धान गर्न रुकुम जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।प्रहरीले ११ दिनको म्याद थपको माग गरेकामा १० दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थपको आदेश भएको अदालतले जनाएको छ । सोती घटनामा संलग्‍न भएको भन्दै प्रहरीले १८ जनालाई पक्राउ गरेको छ । चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, वीरबहादुर मल्ल, प्रकाश मल्लसहित १८ जना हिरासतमा छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुग्यो

काठमाण्डौ नेपालमा कोरोना भाइरसको संकमणका कारण थप एक जनाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा २० गते मृत्यु भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई पाल्पाको मिसन अस्पतालमा लगिएको थियो । सोही अस्पतालमै उनको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । उनका अनुसार मृत्यु भएपछि

छोरी वचाउन खोज्दा ८७ वर्षीया आमाको जलेर मृत्यु

धरान सुनसरीको धरान उपमहानगरपालिका १५ मा भएको आगलागीमा परि आमाछोरीको जलेर मृत्यु भएको छ । नरबहादुर श्रेष्ठको पुरानो घरमा आज बिहान ८ः१५ बजे आगलागी हुंदा छोरी निकाल्न जाँदा आमाको पनि जलेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीका कारण काठको घर जलेर नष्ट भएको छ । माथिल्लो तलामा रहेकी छोरी ५८ वर्षीया सीता श्रेष्ठलाई निकाल्न जाँदा ८७ वर्षीया धनमायाको पनि जलेर मृत्यु भएको बताइएको छ । स्थानीय प्रत्यक्षदर्शीले आगलागी

पाँच महिनाको शिशुसहित कर्णालीमा कोरोना संक्रमितको संख्या २७८

कर्ण शाही, सुर्खेत कर्णाली प्रदेशमा बुधबार १६ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा दैलेखका ७ जना, सल्यानका २ र कालिकोटका ७ जना गरी १६ जना रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । कालिकोटका ७ संक्रमितमध्ये महाबै गाउँपालिकाका –४ का ४ महिना २८ दिनको शिशुमा पोजेटिभ

अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना, सामान्यलाइ आइसोलेसनमा राखिने

काठमाण्डाै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना संक्रमितको संख्या दुई हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने बताएका छन्। अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउन्डेसनको पहलमा हेल्थ इन्भ्याइरोन्मेन्ट एन्ड क्याइमेट एक्सन फाउन्डेसन (हेकाफ ३६०) ले बुधबार उपलब्ध गराएको स्वास्थ्य सामग्री ग्रहण गर्दै मन्त्री ढकालले सामान्यावस्थाका बिरामीलाई उपचारका लागि आइसोलेसनकक्ष स्थापना गरी त्यहाँ राखिने बताए। उनले अन्तर्राष्ट्रिय अभ्यास र अध्ययनमा संक्रमित भएकामध्ये ८० प्रतिशत बिरामी सामान्यावस्थाका

सप्तरीमा दुई समूहबीच झडप,१५ जना घाइते

सप्तरी २१ जेष्ठ । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा बुधबार दुई पक्षबीच झडप हुँदा १५ जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीलाई ८ राउण्ड हवाई फायर गर्नु परेको सप्तरी प्रहरीका प्रवक्ता तिलक भारतीले जानकारी दिए । जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच झडप भएको हो । दुवै पक्षले एकअर्कामाथि घरेलु हतियारले आक्रमण गरेका थिए । घटनामा घाइते भएकाहरुलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ । समयमा पुगेको प्रहरीले घटनालाई

जुम्लामा ३ दिनका लागि निषेधाज्ञा जारी

जुम्ला २१ जेष्ठ । जुम्लामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन तीन दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले बुधबार बिहान ९ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । जुम्लामा भारतबाट आएका नागरिक र सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि त्यसलाई समुदाय स्तरमा फैलिन नदिन निषेधाज्ञा जारी गरिएको साहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिए । कसैलाई पनि घरबाट बाहिर ननिस्कन आग्रह गर्दै

रुकुम घटनामा १७ वर्षिया शुष्मा मल्लकाे चरित्र हत्या गर्नेलाइ कारवाही हुनुपर्छ : नायिका रेखा थापा

काठमाण्डाै अार. सापकाेटा गएको शनिबार जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर– ८, सोती गाउँमा भएको घटनामा जाजरकाेट र रुकुम चाैरजहारीका नवराज वि.प.,  टिकाराम सुनार, गाेविन्द शाही लगायत छ जनाकाे मृत्यु भइसकेकाे छ । घटनाकाे वास्तविकता हालसम्म पनी पहिचान हुन सकेकाे छैन । साेही घटनालाइ लिएर सामाजिक सञ्जालमा केहीले नवराजकी प्रेमिका भनिने एक १७ वर्षिया शुष्मा मल्लकाे चरित्र हत्या गर्न खाेजिएकाे भन्दै नायिका रेखा थापाले दाेसी माथी तत्काल