प्रहरी दिवसको अवसरमा बर्दियामा वृहत् रक्तदान
नेपालगन्ज : बर्दिया स्थित बानियाँभारमा वृहत् रक्तदान गरिएको छ। ६८ औं प्रहरी दिवसको अवसरमा शनिबार रक्तदान कार्यक्रम गरिएको हो। इलाका प्रहरी कार्यालय बानियाँभारको आयोजना, जिल्ला प्रहरी कार्यालयको संरक्षण तथा नेपाल स्वंमसेवी रक्तदान समाज र नेपाल रेडक्रसको सहयोगमा रक्तदान कार्यक्रम गरिएको प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो । त्यसैक्रममा बोल्ने वक्ताहरुले रक्तदान नै जीवन दान भएकाले उमेर समुह पुगेका हरेक व्यक्तिले रक्तदान गर्नु पर्ने बताए । उनीहरुले रगत अभावमा कसैको पनि