स्वास्थ्य

१७ जनामा कोरोना सङ्क्रमण देखियो

काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुन बढेको छ । शून्यमा झरेको सङ्क्रमण बिहिवार एकै दिन १७ जनामा देखिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ । चैत ७ र चैत ८ गते भने शून्य सङ्क्रमित रहेका थिए । चैत ७ गते नौ सय नौ र चैत ८ गते एक हजार तीन सय ८७ जनामा कोरोना परीक्षण

मदनचोक मेडिकलद्वारा ४५ जनाको नि:शुल्क सुगर परिक्षण

नेपालगन्ज : बाँकेको कोहलपुर मदनचोक स्थित मेडिकलले शनिबार ‘डाक्टर डे’को अवसरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। मदनचोक वरपरका स्थानीयलाई सेवा दिने उद्देश्यले १ दिन स्वास्थ्य शिविर आयोजना गरिएको मदनचोक मेडिकलका संचालक शिशिर सापकोटाले बताए। शिविरमा नि:शुल्क छाला रोग र सुगर चेकजाँच गरिएको थियो। भेरि अस्पताल नेपालगन्जमा कार्यरत बरिस्ठ छाला राेग विशेषज्ञ चिकित्सक डाक्टर अनिशा उप्रेतीद्वारा ८५ जना बिरामीहरुको चेकजाँच गरिएको थियो। चेकजाँच पश्चात् नि:शुक्ल औषधि समेत वितरण गरिएको थियो।

दुई महिना अघि बाँकेमा देखिएको दादुरा संक्रमण ९ जिल्लामा पुग्यो

काठमाडौं।  गत पुसको दोस्रो साता बाँकेमा देखा परेको दादुरा संक्रमण हाल ९ जिल्लामा देखा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख भरत भण्डारीका अनुसार ९ जिल्लामा हालसम्म ६०१ जना बालबालिकामा दादुरा संक्रमण देखिएको छ । उनका अनुसार बाँकेसहित बर्दिया, सुर्खेत, दाङ, कैलाली, कञ्चनपुर, महोत्तरी, मोरङ, दैलेखमा पनि दादुर संक्रमण फैलिएको हो  । उनका अनुसार सबैभन्दा बढी बाँकेमा ३२२ जना र महोत्तरीमा १०१ जना संक्रमित देखा परेका

कोरोना भाइरसबाट एक जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भाइरसको सङ्क्रमणबाट आज एक जनाको मृत्यु भएको हो । नेपालमा अहिलेसम्म सङ्क्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ । आज पाँच सय ५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको छ भने दुई जना उपचारपछि घर फर्किएका छन् । हाल २१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

बांकेको जमुनाह नाकामा कोरोना परीक्षण कडाइ

काठमाडौं । कोरोना सङ्क्रमण फैलिन नदिन नेपालगञ्जस्थित जमुनाहा नाकामा परीक्षणमा कडाइ गरिएको छ । भारतबाट नेपाल आउँदै गरेकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि नेपालगञ्जस्थित नाकामा सतर्कता अपनाउन थालिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर चन्दले जानकारी दिए। कोरोना सङ्क्रमण कम भएपछि गत असोज १ गतेदेखि यो नाकामा जाँच रोकिएको थियो । छिमेकी देश भारत र चीनमा कोरोना सङ्क्रमण देखिन थालेपछि नाकामा फेरि कडाइ सुरु गरिएको चन्दले बतए। अहिले नेपालगञ्ज

कोरोनाको बुस्टर डोज खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको बुस्टर डोज खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्थानीय स्वास्थ्य संस्थाहरूमा गएर कोभिड-१९ विरुद्धको खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयले सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन पनि अनुरोध गरेको छ । छिमेकी देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट बिएफ–७ को संक्रमण बढ्दै गएको भन्दै मास्क लगाउन र बुस्टर डोज खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयले भौतिक दूरीसमेत कायम गर्न

चितवनमा डेङ्गु सङ्क्रमित दुई हजार बढी

चितवन । चितवनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ । सो अवधिमा आठ हजार आठ सय ५३ जनामा डेङ्गु परीक्षण गर्दा दुई हजार एक सय ६४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । कार्यालयको तथ्याङ्कानुसार उनीहरूमध्ये एक हजार चार सय ५१ चितवन जिल्लाभित्रका छन् । जसमा आठ सय २२

उपचारमा फड्को मार्दै क्यान्सर अस्पताल खजुरा

खजुरा । बाँकेको खजुरामा सञ्चालनमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले विभिन्न सेवा सुरु गरेको सानो समयमै ठूलो फड्को मारेको छ । अस्पताल सञ्चालनमा आएपछि क्यान्सर रोगको चेकजाँच तथा उपचारका लागि भारतको लखनउ, दिल्ली, मुम्बई र नेपालको चितवन जानुपर्ने बाध्यताको करिब अन्त्यजस्तै भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार गत एक वर्षको अवधिमा मात्रै अस्पतालले ५३२ जना बिरामीको शल्यक्रियासहितको उपचार गरेको तथा हिस्टोप्याथोलोजी सेवामार्फत करिब ८०० जना शङ्कास्पद क्यान्सरका बिरामीमा

भारतमा १० करोड डोज कोरोना खोप नष्ट गरियो

एजेन्सी । कोरोनाभाइरस विरूद्धको बुस्टर डोजको माग नभएपछि भारतमा १० करोड डोज खोप नष्ट गरिएको छ । संसारकै ठूलो खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाका सिइओ आधार पुनावालाले लगाउने मान्छे नभएपछि १० करोड डोज खोप नष्ट गरिएको बताएका छन् । बजारमा माग नभएर डेट एक्स्पायर हुन लागेपछि खोप नष्ट गरिएको हो । पुनावालाले गत डिसेम्बरदेखि आफ्नो कम्पनीले कोभिसिल्ड खोप उत्पादन बन्द गरेको जानकारी दिए । सेरमले अब कोभ्याक्स नामको

चितवन मेडिकल कलेज तोडफोडमा संलग्न १० जना पक्राउ

चितवन । बिरामीको मृत्यु भएको भन्दै चितवन मेडिकल कलेज (सिएमसी)मा तोडफोड भएको छ । आक्रोशित आफन्तहरूको समूहले अस्पतालको सघन उपचार कक्ष (आइसीयू) भित्रै प्रवेश गरेर तोडफोड गरेका हुन् । तोडफोडबाट लाखौँको क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ । तोडफोडबाट मेडिकल आइसियु कक्षको झ्यालको सिसा, ढोका, उपचार उपकरणलगायतमा क्षति पुगेको छ । आक्रोशित भीडले आइसियु कक्षमा रहेका चिकित्सक र नर्सलाई समेत हातपात गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिए