स्वास्थ्य

केएमसी अस्पतालको आकस्मिकसहित सबै सेवा बन्द

काठमाडौं २१ जेष्ठ । काठमाडौं मेडिकल कलेजको सिनामंगलस्थित शिक्षण अस्पतालमा अस्पतालकै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिक लगायत सबै सेवा बन्द गरिएको छ। अस्पतालले जारी गरेको सूचनामा बिरामीमा २ जना स्वासथ्यकर्मी र २ जना बिरामीमा संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ। बुधबार विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना पुष्टि भएका विभागहरुमा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पतालको सबै सेवा अर्को सूचना नआउन्जेलका लागि बन्द गरिएको जनाएको छ । अस्पतालको आइसोलेसनमा मंगलबार एक

कोरोना जित्नेकाे संख्या २६६ पुग्याे, सवैभन्दा वढि प्रदेश २ मा

काठमाण्डाै विश्व महामारीकाे रुपमा फैलिरहेकाे नाेवेल कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेकाे संख्या नेपालमा २६६ पुगेकाे छ । मन्त्रालयका अनुसार सबैभन्दा बढी कोरोना संक्रमण निको हुनेको संख्या प्रदेश २ मा रहेको छ । जसमा १०४ जना रहेका छन् । हालसम्म एक जना पनि कोरोना मुक्त नभएको प्रदेश कर्णाली हो । केही दिनयता कर्णाली प्रदेशमा दिनप्रतिदिन काेराेना संक्रमितकाे संख्या वढिरहेकाे छ । त्यस्तै प्रदेश १ मा कोरोना निको हुनेको संख्या ४८ जना

कोरोना संक्रमितको संख्या वढ्दै, एकैदिनमा थपिए २ सय ८८

काठमाण्डौ पछिल्लो २४ घण्टामा मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २ सय ८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । देशका विभिन्न ठाउँमा गरिएको प्रयाेगशालामा गरिएको परिक्षणमा उक्त संख्या पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ जना पुगेको छ । यस्तै मंगलबार देशका विभित्र

झापा र सुनसरीका १८ जनाले जितेे काेराेना

धरान साेमवार प्रदेश १ बाट थप १८ जनाले नाेवेल कोरोना भाइरसलाइ जितेका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका झापाका १७ जना पुरुष र सुनसरीकी एक महिलाले कोरोना जितेका हुन् । उनीहरु सवैलाई सोमबार राति डिस्चार्ज गरिएको छ । दुई पटक गरिएको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि १८ जनालाई सोमबार राति डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

भैरहवामा ४ वर्षकी बालीका सहित २५ जनाले काेराेना जिते

वुटवल रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा भर्ना भएका २५ जना कोरोना संक्रमित काेराेना जितेर भएर घर फर्केका छन् । दुइ साताअिघ कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका २५ जना सबैले कोरोनालाई जितेर डिस्चार्ज भएका हुन् । साेमबार डिस्चार्ज हुनेहरुमा ४ वर्ष र १० वर्षकी बालिका सहित २२ जना पुरुष र तीनजना महिला छन् । २५ जना मध्ये रुपन्देहीको गैडहवा गाउँपालिकाका एकै परिवारका तीन महिलासहित १० जना बाँकी अन्य ठाउँका रहेका छन्

दैलेखमा संक्रमित स‌गै राखेपछी, भारतबाट आएका क्वारेन्टिनबाटै भागे

दैलेख दैलेख सदरमुकामस्थित नारायण नगरपालिकाको नारायण क्याम्पसकाे क्वारिन्टिनमा राखिएका नागरिकहरु सोमबार भागेका छन् । जम्मा १०५ जनाको क्षमता भएको क्याम्पसमा काेराेना संक्रमित सहित भारतबाट आएका २१९ जनालाई दुई दिनदेखि  स‌गै राखेपछि उनीहरु भागेका हुन् । दुई दिनअघि काेराेना पुष्टि भएका १७ जना क्वारेन्टिनमै छन् । क्वारेन्टिनमै रहेका अन्यमा पनि सोमबार कोरोना पुष्टि भएसँगै क्वारेन्टाइनमा रहेका संक्रमितको संख्या ३४ पुगेको छ। पछिल्लाे समय कर्णाली प्रदेशमा मजदुरीको लागि भारत गएका नागरिकहरु ठूलो

कर्णालीमा काेराेना स‌क्रमितकाे सख्या वड्दै एकैदिन थपिनेको संख्या ११०

कर्ण शाही, सुर्खेत कर्णाली प्रदेशमा साेमवार थप ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका डा. लक्ष्मीनारायण तिवारीले बताए । अाज थपिएका ३५ जनामध्ये सुर्खेतका १६ जना, दैलेख र सल्यानका ९/९ जना र अछामका एकजना रहेका छन । संक्रमित हुनेहरुमा सुर्खेतको लेकवेशी नगरपालिकाका ११ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । उनीहरुमध्ये आठ वर्षकी एक बालिका र अन्य २१ देखि ३६ वर्षका पुरुष रहेका छन् ।

निमोनियाकी विरामी दुई वर्षिया वालिकाको कोरोनाले मृत्यु

भवानी रेग्मी धनगडी १८ जेठ । वाजुराकी दुइ वर्षिया वालिकाको कोरोना भाइरसको संक्रमणकै कारण मृत्यु भएको पुष्टिसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । बूढीगंगा नगरपालिका–१ घर भएका उनी आमाबुबासँगै ८ दिनअघि भारतबाट नेपाल आएका थिइन । भारतबाट फर्किने क्रममा बालिकालाई ज्वरो आउने, बान्ता हुने समस्या थियो । क्वारेन्टिनमा रहँदा सामान्य औषधि गर्दा पनि सञ्चो नभएपछि १५ गते उनलाई जिल्ला अस्पताल बाजुरामा भर्ना गरिएको थियो ।

कोराना स‌कंमीत वढदै एकैदिन थप १६६ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका हुने नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् । उनले एक सय ६२ पुरुष र ४ महिलामा संक्रमण देखिएको पनि बताए । यससँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये १४५० जना पुरुष र ११७

कोरोना भाइरस विरुद्धको भ्याक्सिन यसै वर्षको अन्तसम्ममा विश्व बजारमा आउने

काठमाण्डौ १८ जेठ । कोरोना भाइरसविरुद्ध चीनले बनाएको भ्याक्सिन यसै वर्षको अन्तसम्ममा विश्व बजारमा आउने दाबी गरिएको छ । चीनको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषदले शनिबार सामाजिक सन्जालमा एक पोष्ट गर्दै सो दाबी गरेको हो । वुहान इन्सटिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्सटिच्युट अफ वायोलोजिकल प्रोडक्ट्सले भ्याक्सिन तयार पारेका छन् । सो भ्याक्सिनको परीक्षण २ हजार जना व्यक्तिमा गरिसकिएको छ । हाल दोस्रो चरणको परीक्षण जारी छ । मे