स्वास्थ्य

थप १८ जना संगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १२३ पुगे

कर्ण शाही सुर्खेत १८ जेठ । कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण देखीएसंगै कोरोना संक्रमितको संख्या १२३ पुगेको छ । कर्णाली प्रदेशले आइतबार बिहान सार्वजनिक गरेको विवरणअनुसार १८ जना कोरोना संक्रमित थपिएका छन । प्रदेशका सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा अधिकृत एवम् जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा थप नयाँ १८ जना संक्रमित देखिएको बताए । उनले भने, “नयाँ कोरोना संक्रमित मध्ये एक

दैलेख १७ जेष्ठ । दैलेखको दुल्लु नगरपालिका–११ का क्वारेन्टाइनमा मृत्यु भएका ३५ वर्षिया युवकमा कोरोना पोजेटिभ देखिएको छ । गत जेठ ७ गते भारतबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका युवकको शनिबार बिहान मृत्यु भएको थियो । जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा युवकमा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले बताए । ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान कोरोना पोजेटिभ भएको जानकारी दिएको छ ।’

काठमाण्डौ १७ जेष्ठ ।

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४०१  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा थप १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो ।

शनिबार मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा   प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या १ हजार ४०१ पुगेको जनाए । कुल कोरोना संक्रमण देखिने जिल्ला ५३ पुगेको छ ।

यस्तै शनिबार सम्म कोरोना संक्रमण बाट निको भएर घर जानेको संख्या २ सय १९ पुगेको छ भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगे

दैलेख दैलेखको दुल्लु नगरपालिका –७ स्थित विद्युत प्राधिकरणको भवनमा रहेको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु  भएको एक जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले वताएका छन । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ। उनले केहीबेरमा मन्त्रालयले औपचारिक रुपमा जानकारी गराउने / हाल दैलेख प्रशासनले शव व्यवस्थापनको काम गरिरहेको उनले बताए । मृतक पुरुष जेठ ९ गते भारतको राजस्थानबाट आएर क्वारेन्टिनमा बसेका थिए।दुल्लु नगरपालिका-११

यी हुन् नियमित काजु सेवन गर्नुका फाइदाहरू

काजु एक महंगो ड्राइ फुडको रुपमा चिनिन्छ । नेपाली समाजमा आर्थिक अवस्था कमजोर भएका व्यक्ति काजु खान सक्दैनन् भन्ने गरिन्छ । महंगो भएजस्तै काजुका अनगिन्ती फाइदा छन् । काजुमा प्रोटिनको मात्रा धेरै हुन्छ । काजु खानाले अनुहार राम्रो हुने र स्मरण शक्ति बलियो हुन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र लेप बनाएर अनुहारमा मालिस गर्ने हो भने अनुहार चम्किलो हुन्छ । काजुमा पाइने तरलमा भिटामिन बी को मात्रा धेरै हुन्छ

यी हुन् छाला स्वस्थ र सुन्दर बनाउने फलफूल

फलफूलले हाम्रो छाला स्वस्थ र सुन्दर बनाउने काम गर्छन्। जाडोमा यी फलफूल खानु र लगाउनु अनुहारको छालाका लागि फाइदाजनक छः किवी किवीमा भिटामिन ई र एन्टी–अक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ। यसले छालाका कोशिकालाई लामो समयसम्म स्वस्थ राख्ने काम गर्छ। अनार अनारले छालालाई स्वस्थ बनाउँछ। अनुहार चाउरिन दिँदैन। जाडोमा अनार खाँदा रोमछिद्र खुल्छन् र छाला चम्किलो बन्छ। केरा केरामा पोटासियम प्रशस्त मात्रामा हुन्छ। जसले रुखो छालालाई नरम बनाउँछ। केरामा पाइने भिटामिन ई

स्मरण शक्ति बढाउन जडीबुटी

हाम्रो शरीरको महत्वपूर्ण अंग हो दिमाग । तर, कहिलेकाहीँ खानपान नमिल्दा यसले दिमागलाई समेत असर पुर्‍याउने गर्छ । अत: निम्न जडीबुटी सेवन गरेर स्मरण शक्ति बढाउन सकिन्छ । जटामसी : यो जडीबुटी औषधिका रूपमा प्रयोग गरिन्छ । एक चम्चा जटामसी एक कप दूधमा मिलाएर पिए दिमाग तेजिलो हुन्छ । दालचिनी : खानामा गरम मसला मात्र नभई यो औषधि पनि हो । राति सुत्ने बेलामा एक चिम्टी दालचिनीलाई महमा मिसाएर खाँदा

बालबालिकाले पिउने दुधमा विषाक्त पदार्थ !

काठमाडौं : अखाद्य पदार्थका रूपमा लिइने मेलामाइनले मिर्गौलामा क्षति पुर्‍याउने चिकित्सकको दाबी छ । मिर्गौलामा पत्थरी पर्नेदेखि मूत्रथैलीको क्यान्सरको जोखिम बढाउने विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धानमा समेत देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले गरेको अध्ययनमा समेत मेलामाइन शरीरका लागि घातक भएको पाइएको छ । प्रोटिनको मात्रा बढाउन प्रयोग गरिने मेलामाइन प्रयोग गरिन्छ । मेलामाइन दूध र दूग्धजन्य पदार्थमा राखिन्छ । त्यस्तै उर्वरशक्ति वृद्धिका लागि मेलामाइनको प्रयोग गरिन्छ । बाख्रा, वनस्पति,