फिल्मी समाचार

संसद् विघटनबारे कुन कलाकारले के भने ? माग्नेबुढा भन्छन् - संसद विघटन घुर्की मात्र हो कि ?

काठमाडौं । सरकारले संसद विघटन गरेपछि विभिन्न कलाकारहरुले सामाजिक सञ्जालमार्फत आआफ्नो धारणा राखेका छन् । आइतबार बिहान आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले संसद विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसआनुसार संसद विघटन गरेकी हुन् । संसद् विघटनलाई लिएर चर्चित हास्यकलाकार मनोज गजुरेलले व्यङग्यत्मक रुपमा २० बर्षअघि चट्याङ मास्टरले लेखेको गीतको भिडियो फेरि सार्वजनिक गर्दै विकसित राजनीतिक घटनाक्रमकाे विराेध जनाएका छन् ।   उक्त

सत्य-स्वरुपको 'मैसाब' टिकटकमा भाइरल  बन्दै(भिडियो)

काठमाडौं । गायकद्वय दाजुभाइ सत्यराज आचार्य र स्वरुपराज आचार्यको ‘मैसाब’ सामाजिक सञ्जालमा छाउन थालेको छ । यही मंसिर ११ गते युट्युबमार्फत सार्वजनिक गरिएको सत्य–स्वरुपको स्वरमा रहेको ‘मैसाब’ बोलको गजल केही दिनयता सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमा भाइरल बन्न थालेको छ । सार्वजनिकको सुरुवाती दिनमा सांगीतिक क्षेत्रहरुबीच चर्चामा रहेका मैसाब केही दिनयता टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सांगीतिक बजारमा चर्चामा रहेको मैसाब अब दर्शक र स्रोताको मन पनि जित्न थालेको

चर्चित नायिका वर्षा रावतको आज जन्मदिन

काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री बर्षा राउतको आज जन्मदिन परेको छ । सन् १९९३ डिसेम्बर १४ तारिखका दिन सिन्धुलीमा जन्मेकी वर्षाले आज आफ्नो जन्मदिन मनाउँदैछिन् । आज उनको जन्मदिनको अवसरमा उनलाई बिहानैदेखी शुभकामनाको ओइरो लागेको छ । चलचित्र ‘नाइँ नभन्नू ल’बाट नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेकी बर्षाले हालसम्म आफ्नो अभिनयले धेरै दर्शकको मन जितिसकेकी छिन् । चलचित्र नाइँ नभन्नू ल’, ‘छक्का पञ्जा’ सिरिज, ‘जात्रा’, जात्रै जात्रा उनका हिट

बलिउडमा डेब्यु गर्दै आमिर खानका छोरा जुनैद, हिरोइन भूमिकामा शालिनी

काठमाडौं – बलिउडका चर्चित अभिनेता आमिर खानका छोरा जुनैद खानले बलिउडमा डेब्यु गर्न लागेका छन् । भारतिय मिडियाका अनुसार जुनैदले यशराज फिल्म्सले निर्माण गर्न लागेको फिल्ममा डेब्यू गर्न लागेको बताइएको छ । यस फिल्ममा हिरोइनको भूमिका तेलुगु सुपरहिट फिल्म ‘अर्जुन रेड्डी’ फिल्मकी अभिनेत्री शालिनी पाण्डेले निभाउने बताइएको छ । फिल्मको लागि शालिनी पाण्डेले हस्ताक्षर गरेको जनाइएको छ । जुनैदले पनि यस फिल्ममार्फत बलिउडमा अभिनय गर्ने अपेक्षा गरिएको छ। यस फिल्मलाई

२ वर्षभित्र विवाह बन्धनमा बाँधिने तयारीमा वर्षा

काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी चलचित्र अभिनेत्री हुन् वर्षा शिवाकोटी । फिल्म ‘नाईं नभन्नू ल २’ बाट नेपाली चलचित्रमा प्रबेश गरेकी बर्षा पछिल्लो समय नयाँ फिल्ममा व्यस्त छिन् । उनी पछिल्लो समय सविनजंग थापासँगको प्रेम सम्बन्धका कारण पनि चर्चामा छिन् । अहिले धेरैले उनलाई विवाह बारे प्रश्न गरिरहेका छन् । लामो समयदेखि अमेरिकामा बस्दै आएका सविनसँग प्रेममा रहेकी बर्षाले तत्काल विवाह गर्ने सोच नभएको बताएकी छिन् । गएको अमेरिका भ्रमणमा

६ वर्षपछि फर्किएको स्वेताका खुशी (मेहेन्दीको १३ तस्विरसहित)

नायिका श्वेता खड्काको दोश्रो बिहेको चर्चा यतिबेला सबै सञ्चारमाध्यम र सोशल मिडियामा चुलिएको छ । विबाहको विषयमा अहिलेसम्म आफ्नो जीवनमा कोही छैन, कोहीपनि होइन र बिहे गर्न भ्याउँदिन भन्दाभन्दै अन्ततः नायिका खडकाले धनगढीका विजेन्द्र सिंह रावतसंग विबाहको लगन गाँठो कस्न थालेकी हुन् । नायिका खडका र विजेन्द्रको विबाह आज हुदैछ । नायिका खडकाले श्रीले छाडेको ६ वर्षपछि दोश्रो बिहेको निर्णय लिएकी हुन् । उनको यो निर्णयलाई धेरैले स्वागत योग्य भएको

दोस्रो विवाह गर्दै हास्य कलाकार मनोज गजुरेल

हास्य कलाकार मनोज गजुरेलले बिहे गर्ने भएका छन् । यसअघिकी पत्नी मीना ढकालसँग सम्बन्धबिच्छेद भएपछि गजुरेलले दोस्रो बिहे गर्न लागेका हुन् । महिलातर्फको केही आन्तरिक कुरा मिलाउन बाँकी रहेकाले अहिले धेरै कुरा सार्वजनिक नगरिएको भएपनि छिट्टै बिहे गर्न योजना बनिसकको बताइएको छ । दुई वर्षअघि हास्यकलाकार गजुरेलले पत्नी मिनासँग सम्बन्धबिच्छेद गरेका थिए । आपसी समझदारीमा दुबैले सम्बन्धलाई टुङ्ग्याएका थिए । २०५३ सालमा प्रेम विवाह गरेका यी जोडीको वैचारिक मतभेद आएपछि

अभिताभ बच्चनले लिए एउटै फिल्मको २१ करोड पारिश्रमिक

काठमाडौं – बलिउडका चर्चित अभिनेता अमिताभ बच्चन ७८ बर्षमा लाग्दा पनि फिल्ममा अभिनय गर्न छाडेका छैनन् । उनलाई एकपछि अर्को फिल्मको अफर आइरहेको छ । भारतिय मिडियाका अनुसार हालै अमिताभले एक फिल्ममा अहलेसम्मकै धेरै पारश्रमिक लिएका छन् । उनले साउथ स्टार प्रभास र अभिनेत्री दीपिका पादुकोणको मेगाबजेट साइन्स फिक्सन् फिल्ममा महँगो पारश्रमिक लिएका हुन् । उनले उक्त फिल्मको लागि २१ करोड लिएको बताइएको छ । यस सम्बन्धमा निर्माता वा बिग

आँचल शर्मा र प्रकाश सपुतको "जुहारी"(भिडियो)

काठमाडौं – गायक सजल न्यौपानेको नयाँ गीत सार्वजनिक भएको छ । गायक सजल र सम्झना पाण्डेको सुमधुर स्वरमा ‘जुहारी’ बोलको गीतको भिडियो युट्युबमा सार्वजनिक भएको हो । गीतमा शब्द र संगीत पनि गायक सजल न्यौपानेकै रहेको छ । भिडियोमा प्रकाश सपुत, आँचल शर्मा, क्षितिज उप्रेती र रोजिना कार्कीको अभिनय रहेको छ । गीतको भिडियोलाई अनुप चापागाईँले निर्देशन, सुबोल थापाले कोरीयोग्राफी र  विकास दाहालले सम्पादन गरेका छन् । भिडियोलाई सम्झना पाण्डेको

नायक अनमोल केसी अभिनित चलचित्र 'क्याप्टेन' युटुबमा रिलिज (भिडियो)

नायक अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ युट्युवमा रिलिज भएको छ । गत बर्ष रिलिज भएको चलचित्रमा अनमोल पहिलो पटक फुटबल खेलाडीको भूमिकामा देखिएका छन् । गाउँदेखि राष्ट्रिय स्तरको खेलाडी बन्न एउटा युवाले गरेको संघर्षको कथा ‘क्याप्टेन’ मा रहेको छ । दीवाकर भट्टराई निर्देशित चलचित्र निर्माण भुवन केसीले गरेका हुन् । यस चलचित्रमा नायक अनमोलले दुई नव-अभिनेत्रीसँग स्क्रिन साझेदारी गरेका छन् । उनको अपोजिटमा उपासना सिंह ठकुरी र प्रियंका एमभी छन्