सुविधा थपिसंगै सशस्त्र प्रहरीमा उत्साह
काठमाडौं । सशस्त्र प्रहरी बलका कर्मचारीका केही सुविधा थप भएका छन् । संगठनको २० औं स्थापना दिवसको अवसरमा कल्याणकारी कोषमार्फत दिइने सुविधा थप गरिएको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नयाँ कल्याणकारी कार्यक्रम सार्वजनिक गरेका छन् । सशस्त्र प्रहरी कर्मचारीले अनिवार्य अवकाश पाउनुभन्दा एक वर्षअघि दुई लाखसम्म सहुलियत कर्जा पाउने भएका छन् । अवकाशपछि स्वरोजगारमा आबद्धताका लागि सहयोग पु¥याउने उद्देश्यले प्राविधिक तथा सीपमूलक तालिमका लागि पाँच वर्षभित्र तिर्ने गरी