विशेष समाचार

चीनले उत्पादन गरेको खोप ५० प्रतिशत मात्र प्रभावकारी

  चीनको सिनोभ्याकले उत्पादन गरेको कोभिड-१९ विरुद्धको खोप ब्रजिलमा गरिएको परीक्षणमा ५०.४ प्रतिशत मात्रै प्रभावकारी देखिएको अध्ययनकर्ताहरूले बताएका छन्।नयाँ तथ्याङ्कले यसअघिको तथ्याङ्कभन्दा यो खोप एकदमै कम प्रभावकारी रहेको देखाएको छ। खोप स्वीकृत हुनका लागि कम्तीमा ५० प्रतिशत प्रभावकारी हुनुपर्ने प्रावधान छ।   ब्रजिलको सरकारले कोभिडविरुद्ध देशभर लगाउन तयार राखेको दुई खोपमध्ये सिनोभ्याक एक हो।बेइजिङको सिनोभ्याकले कोरोनाभ्याक नामक खोप बनाएको हो। यसले मृतप्राय: कोरोनाभाइरसलाई शरीरमा प्रवेश गराएर मानिसमा रोगप्रतिरोधी क्षमतालाई लड्न

नयाँ आर्थिक वर्षवाट सामाजिक सुरक्षा भत्ता पाँच हजार पुग्ने : राज्यमन्त्री बि.क.

वर्दिया । उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला बि.क.लाई वुधवार राजापुर बर्दिया स्थित श्री सरस्वती बाल प्राथामिक विद्यालयले एक कार्यक्रम आयोजनागरी बधाई तथा सम्मान गरेको छ । सम्मान कार्यक्रममा वोल्दै राज्यमन्त्री बिकले “म सरकारी गाडी चढ्न मात्र मन्त्री भएको होइन समाजका विद्यमान समस्यालाई समाधान गर्दै बर्दिया लगायत देशभर विकाशका लागी सबै नागरिकसंग हातेमालो गरी अगाडि वढ्नलाई मन्त्री भएको वताउनुभयो ।” उहाँले नयाँ आर्थिक वर्षवाट सरकारले सामाजिक सुरक्षा भत्ता वढाएर ५०००/-

नेपाल प्रहरीमा ११ जना एसपीको एसएसपीको बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीमा एसएसपीको बढुवा सिफारिस भएको छ । बुधबार बसेको बढुवा सिफारिस समितिले ११ जना प्रहरी उपरीक्षक(एसपी)लाई एसएसपी बढुवामा सिफारिस गरेको हो ।     समितिले सिनियर एसपीहरु कृष्णकुमार महत, गोविन्द कुमार साह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्र प्रसाद मैनाली, कृष्णहरी शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुईटेल र मोहन प्रसाद पोख्रेललाई बढुवा सिफारिस गरेको हो । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले सिफारिस

एनसेलबाट तत्काल आयकर नअसुल्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले एनसेलबाट तत्काल आयकर नअसुल्न अन्तरिम आदेश दिएको छ । ठूला करदाता कार्यालयले गरेको कर निर्धारणमा चित्त नबुझेपछि एनसेलको रिटमा सुनुवाई गर्दै सर्वोच्चले अन्तरिम आदेश दिएको हो । बुधबार बसेको न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले अन्तरिम आदेश दिएको हो । गत पुस १० मा पाँच वर्षअघिको आयकर बुझाउन भन्दै ठूला करदाता कार्यालयले एनसेललाई पत्र काटेको थियो । कार्यालयले करिब ६० अर्ब रुपैयाँ आयकर तिर्नुपर्ने दाबी गरेको छ

महोत्तरीबाट राष्ट्रिय परिचयपत्र वितरणको कार्य शुरु

महोत्तरी । महोत्तरी जिल्लाबाट  बुधबारदेखि राष्ट्रिय परिचयपत्र वितरणको कार्य शुरु भएको छ ।   प्रमुख जिल्ला अधिकारी केशव विमलीले जिल्लाका ज्येष्ठ नागरिक नेपाल पत्रकार महासङ्घ महोत्तरीका पूर्वअध्यक्ष एवं तत्कालीन मटिहानी गाउँ विकास समितिका अध्यक्ष ८६ वर्षीय पत्रकार विन्देश्वरीप्रसाद मण्डललाई परिचयपत्र वितरण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । नेपाल पत्रकार महासङ्घ महोत्तरीका अध्यक्ष कमलेश मण्डललगायत जिल्लाका अन्य व्यक्तित्वहरुलाई पनि बुधबार नै राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो ।   महोत्तरीमा २०७६ साल

बाबुले घरमा आगो लगाउँदा दुई छोराको जलेर मृत्यु

कालीकोट –। कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोरा जलेर मुत्यु भएको छ ।   नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर मङ्गलबार राति मृत्यु भएको हो । भैरे विष सेवन गरेर आफू पनि गम्भीरावस्थामा रहेको जनाइएको छ ।   घरायसी झगडाका कारणले बटालाले घरमा आगो लगाउँदा उनका १२ वर्षीय र सात वर्षीय छोरा क्रमशः गणेश र मनबहादुरको मृत्यु भएको तथा

नारायणहिटी अगाडी बनेको दरबार मल नियमविपरीत निर्माण भएको खुलासा

काठमाडौं, २९ पुस । दरबारमार्गको नारायणहिटी संग्रालय अगाडी बनेको दरबार मल नियमविपरीत बनेको खुलेको छ । नेपाल ट्रष्टको कार्यालयको जग्गा लिजमा लिएर यती समूहको कम्पनी थामसेर्कु ट्रेकिङ प्रालीले भवन बनाएकोमा उसले बदमासी गरेको खुलेको छ । तीन तला भवन बनाउने सम्झौता भएकोमा चार तला बनाएर सो कम्पनीले भवन भाडामा लगाएर पैसा असुलीरहेको छ । ट्रष्टको कार्यालयले गरेको निरीक्षणमा उसले चार तला बनाएको खुलेको कार्यालयका सहसचिव तथा प्रवक्ता डा.भिष्म कुमार भुषालले

नायब सुब्बामा आठ सय ४३ जनाका लागि विज्ञापन खुल्यो

काठमाडौं । लोक सेवा आयोगले नायब सुब्बा पदमा आठ सय ४३ जनाका लागि विज्ञापन खुलाएको छ । आयोगले सातवटै प्रदेशमा गरी आठ सय ४३ जनाको लागि आवेदन मागेर विज्ञापन प्रकाशन गरेको हो । माग गरिएका पदहरुमध्ये खुल्लाबाट चार सय ११ तथा ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट चार सय ३२ जनाको पदपूर्ति गर्ने आयोगले जनाएको छ ।   आवेदन दिने समय आगामी माघ २० गतेसम्म र दोब्बर दस्तुर तिरेर माघ २७

कोरोनावाट विश्वमा १९ लाख वढि संक्रमितको मृत्यु 

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ९ हजार ३७१ कोरोना संक्रमितको मृत्यु भएको छ । विश्व स्वास्थ्य संठनको तथ्यांक अनुसार हालसम्म विश्वमा १९ लाख ४० हजार ३५२ संक्रमितको मृत्यु भइसकेको छ ।   तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ५ लाख ६६ हजार १८६ कोरोना संक्रमित थपिएका छन् । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ८ करोड ९७ लाख ७ हजार ११५ पुगिसकेको छ ।

कोरोना महामारी रोक्न मलेसियामा संकटकाल घोषणा

क्वालालम्पुर । कोरोना भाइरसको महामारी रोक्नका लागि मलेसियाले संकटकाल घोषणा गरेको छ। मंगलबार प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अल सुल्तान अब्दुल्लाले संकटकाल घोषणा गरेका हुन्। यो संकटकाल कोरोनाको अवस्था हेरेर १ अगस्टसम्म वा त्यसभन्दा अघि नै खुकुलो पनि हुनसक्ने दरबार स्रोतले जनाएको छ।   संकटकाल घोषणाको अर्थ कानूनत संसद् स्वतः निलम्बन हुनेछ। र, प्रधानमन्त्री यासिनले आफ्नै ढंगले सरकार सञ्चालन गर्ने सामथ्र्य राख्नेछन्। सोमबारसम्म यासिनले संकटकालको कुनै संकेतसम्म पनि गरेका थिएनन्।