टेबल टेनिसका शाह र क्षेत्रीलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड
काठमाडौं । टेबल टेनिसका पुराना खेलाडी सिजरन शाह र गीता क्षेत्रीलाई पल्सर लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको पल्सर स्पोर्टस अवाडैको १७ औं सस्करणमा दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता शाह र क्षेत्रीलाई उक्त अवार्ड प्रदान गरेको हो । तीन दशक (सन् १९९१) मा आयोजना भएको पाँचौं सागमा यो जोडीले टिम इभेन्ट्समा स्वर्ण पदक जितेको थियो ।