स्वास्थ्य

बिरामी परेका राष्ट्रपति पौडेललाई उपचारको लागि भारत लगियो

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि छिमेकी मुलुक भारत लगिएको छ । उनलाई अहिले केहीबेर अघि श्री एयरलाइन्समार्फत् भारतको नयाँ दिल्ली लगिएको हो । भारत लगिएका उनको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार हुने बताइएको छ । फोक्सोमा संक्रमण देखिएपछि राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको थियो । केही दिनअघि पनि पौडेल पेटसम्बन्धी समस्या भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । यसअघि चैत १८ गते अस्पताल भर्ना

थप १३६ संगै सक्रिय संक्रमितको संख्या ४०१ पुग्यो

काठमाडौं । शुक्रबार थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९७ पीसीआर र १२२७ एन्टिजेन परीक्षणमा ३४ र १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६८ जना संक्रमणमुक्त भएका छन् । यसअघि बिहीबार १०६ जनामा संक्रमण पुष्टि भएको थियो । नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या केही सातायता बढ्दो छ । हाल सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ । १

१७ जनामा कोरोना सङ्क्रमण देखियो

काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुन बढेको छ । शून्यमा झरेको सङ्क्रमण बिहिवार एकै दिन १७ जनामा देखिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ । चैत ७ र चैत ८ गते भने शून्य सङ्क्रमित रहेका थिए । चैत ७ गते नौ सय नौ र चैत ८ गते एक हजार तीन सय ८७ जनामा कोरोना परीक्षण

मदनचोक मेडिकलद्वारा ४५ जनाको नि:शुल्क सुगर परिक्षण

नेपालगन्ज : बाँकेको कोहलपुर मदनचोक स्थित मेडिकलले शनिबार ‘डाक्टर डे’को अवसरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। मदनचोक वरपरका स्थानीयलाई सेवा दिने उद्देश्यले १ दिन स्वास्थ्य शिविर आयोजना गरिएको मदनचोक मेडिकलका संचालक शिशिर सापकोटाले बताए। शिविरमा नि:शुल्क छाला रोग र सुगर चेकजाँच गरिएको थियो। भेरि अस्पताल नेपालगन्जमा कार्यरत बरिस्ठ छाला राेग विशेषज्ञ चिकित्सक डाक्टर अनिशा उप्रेतीद्वारा ८५ जना बिरामीहरुको चेकजाँच गरिएको थियो। चेकजाँच पश्चात् नि:शुक्ल औषधि समेत वितरण गरिएको थियो।

दुई महिना अघि बाँकेमा देखिएको दादुरा संक्रमण ९ जिल्लामा पुग्यो

काठमाडौं।  गत पुसको दोस्रो साता बाँकेमा देखा परेको दादुरा संक्रमण हाल ९ जिल्लामा देखा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख भरत भण्डारीका अनुसार ९ जिल्लामा हालसम्म ६०१ जना बालबालिकामा दादुरा संक्रमण देखिएको छ । उनका अनुसार बाँकेसहित बर्दिया, सुर्खेत, दाङ, कैलाली, कञ्चनपुर, महोत्तरी, मोरङ, दैलेखमा पनि दादुर संक्रमण फैलिएको हो  । उनका अनुसार सबैभन्दा बढी बाँकेमा ३२२ जना र महोत्तरीमा १०१ जना संक्रमित देखा परेका

कोरोना भाइरसबाट एक जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भाइरसको सङ्क्रमणबाट आज एक जनाको मृत्यु भएको हो । नेपालमा अहिलेसम्म सङ्क्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ । आज पाँच सय ५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको छ भने दुई जना उपचारपछि घर फर्किएका छन् । हाल २१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

बांकेको जमुनाह नाकामा कोरोना परीक्षण कडाइ

काठमाडौं । कोरोना सङ्क्रमण फैलिन नदिन नेपालगञ्जस्थित जमुनाहा नाकामा परीक्षणमा कडाइ गरिएको छ । भारतबाट नेपाल आउँदै गरेकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि नेपालगञ्जस्थित नाकामा सतर्कता अपनाउन थालिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर चन्दले जानकारी दिए। कोरोना सङ्क्रमण कम भएपछि गत असोज १ गतेदेखि यो नाकामा जाँच रोकिएको थियो । छिमेकी देश भारत र चीनमा कोरोना सङ्क्रमण देखिन थालेपछि नाकामा फेरि कडाइ सुरु गरिएको चन्दले बतए। अहिले नेपालगञ्ज

कोरोनाको बुस्टर डोज खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको बुस्टर डोज खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्थानीय स्वास्थ्य संस्थाहरूमा गएर कोभिड-१९ विरुद्धको खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयले सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन पनि अनुरोध गरेको छ । छिमेकी देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट बिएफ–७ को संक्रमण बढ्दै गएको भन्दै मास्क लगाउन र बुस्टर डोज खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयले भौतिक दूरीसमेत कायम गर्न

चितवनमा डेङ्गु सङ्क्रमित दुई हजार बढी

चितवन । चितवनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ । सो अवधिमा आठ हजार आठ सय ५३ जनामा डेङ्गु परीक्षण गर्दा दुई हजार एक सय ६४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । कार्यालयको तथ्याङ्कानुसार उनीहरूमध्ये एक हजार चार सय ५१ चितवन जिल्लाभित्रका छन् । जसमा आठ सय २२

उपचारमा फड्को मार्दै क्यान्सर अस्पताल खजुरा

खजुरा । बाँकेको खजुरामा सञ्चालनमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले विभिन्न सेवा सुरु गरेको सानो समयमै ठूलो फड्को मारेको छ । अस्पताल सञ्चालनमा आएपछि क्यान्सर रोगको चेकजाँच तथा उपचारका लागि भारतको लखनउ, दिल्ली, मुम्बई र नेपालको चितवन जानुपर्ने बाध्यताको करिब अन्त्यजस्तै भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार गत एक वर्षको अवधिमा मात्रै अस्पतालले ५३२ जना बिरामीको शल्यक्रियासहितको उपचार गरेको तथा हिस्टोप्याथोलोजी सेवामार्फत करिब ८०० जना शङ्कास्पद क्यान्सरका बिरामीमा