धनगढीमा एलपिएल सुरु हुदै, देशभरका १६ विद्यालयको सहभागिता
धनगढी । धनगढीमा शनिबार चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) – ५ सुरु हुँदैछ । आयोजक लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्ट्सले शुक्रबार पत्रकार सम्मेलनमार्फत विद्यालय स्तरको यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो । प्रतियोगिताको ट्रफी सार्वजनिक गर्दै धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरे । उनले धनगढी उपमहानगरले राष्ट्र, स्वास्थ्य र समाजका लागि समेत खेलकुद भन्ने नीति अवलम्बन गरेकाले यस्ता प्रतियोगिताले निरन्तरता पाउनुपर्नेमा