विशेष समाचार

बिहानैदेखि सुदूरपश्चिममा मेघगर्जनसहित वर्षा

काठमाडौं । देशका विभिन्न भागमा आज मौसममा बदलीदेखि वर्षाको सम्भावना रहेको हो । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । सुदूरपश्चिम प्रदेशमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत लुम्बिनी, गण्डकी, वाग्मती र कोसी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक

प्रदिप रोदनका दुई मुक्तक

मुक्तक आँखाभरी पानी हुन्छ भनेकै हुँमुटुभरी जलेर खरानी हुन्छ भनेकै हुँत्यतिबेला जे पर्छ व्यहोरौला भन्यौंमैले मायामा नोक्सान हुन्छ भनेकै हुँ । रात रातभर रहेछ दिन दिनभर रहेछसमय तेरो पनि मेरो जस्तो स्तर रहेछहेरियो बुझियो तिम्रो बस्तीमा पनिपत्थर भगवान,भगवान पत्थर रहेछ।

प्रहरी सेवालाई अझै प्रभावकारी र चुस्त बनाउँदै लैजान्छु :आईजीपी कुँवर

काठमाडौं । नेपाल प्रहरीको नवनियुक्त ३० औ प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयले प्रहरी सेवाका सन्दर्भमा अघि सारेका कामलाई निरन्तरता दिँदै सेवालाई अझै प्रभावकारी र चुस्त बनाउने प्रतिबद्धता जनाएका छन् । प्रहरी प्रधान कार्यलयमा शुक्रबार अवकाशमा जान लागेका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसहितका प्रहरी अधिकारीलाई बिदाइ गर्दै उनले अग्रजहरुले गरेको मार्ग–निर्देशन अक्षरश पालना गर्ने र अधुरा रहेका योजनालाई आफूले पूरा गर्ने विश्वास दिलाए । उनले प्रहरी महानिरीक्षक सिंहलगायतको उच्च अधिकृतले

दश जिल्लाका सिडिओ फेरिए

काठमाडौं । गृह मन्त्रालयले १० (दश) जिल्लाका सिडिओ हेरफेर गरेको छ । आज (शुक्रबार) गरेको हेरफेरमा केही जिल्लाका सिडिओलाई दुई महिनामै हटाइएको छ ।

वसन्त कुँवर प्रहरीको ३० औं आईजीपी नियुक्त

काठमाडौं । मन्त्रिपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवरलाई नेपाल प्रहरीको ३० औ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको छ ।आज (शुक्रबार) बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । कुँवरलाई आईजीपी बनाउन गृह मन्त्रालयले प्रस्ताव गरेपछि मन्त्रिपरिषद् बैठकले उक्त प्रस्तावलाई स्वीकार्दै कुँवरलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गरेको हो । आईजीपीको दाबेदारका अन्य एआईजीमा टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य थिए । कुँवर डीआईजी

नेपालको जनसंख्या २ करोड ९१ लाख बढी

काठमाडौं । सरकारले नेपालको जनगणना २०७८ को तथ्याङ्क सार्वजनिक गरेको छ । सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना-०७८ को नतिजा सार्वजनिक गरेका हुन् । तथ्याङ्क विभागका अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । गत माघ १२ गते सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको थियो । पूर्ण विवरण

गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिदै माओवादी

काठमाण्डौं । नेकपा माओवादी केन्द्रले आज(शुक्रवार) गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । आज बिहान संसदीय दलको बैठक बसेर सरकार छोड्ने निर्णय गर्ने माओवादी गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले नेतृत्वको सरकारबाट बाहिरिन नेताहरुलाई यसअघि नै निर्देशन दिइसकेका छन् । गण्डकीमा चुमानको नेतृत्वमा माओवादी केन्द्र गत पुस २५ गते मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारमा सहभागी

१७ जनामा कोरोना सङ्क्रमण देखियो

काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुन बढेको छ । शून्यमा झरेको सङ्क्रमण बिहिवार एकै दिन १७ जनामा देखिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ । चैत ७ र चैत ८ गते भने शून्य सङ्क्रमित रहेका थिए । चैत ७ गते नौ सय नौ र चैत ८ गते एक हजार तीन सय ८७ जनामा कोरोना परीक्षण

एआईजी श्यामलाल ज्ञवालीको उमेर विवादबारे गृहले थाल्यो छानविन

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको उमेर विवादमा छानविन थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ज्ञवालीको उमेर विवादबारे छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएसँगै छानविन सुरु भएको हो । अख्तियारले छानबिन गरी एक महिनाभित्रमा प्रतिवेदन पेस गर्न समेत भनेको छ । उमेर ढाँटेर सेवा प्रवेश गरेको आरोपसहित ज्ञवालीविरुद्ध फागुन १४ गते अख्तियारमा उजुरी परेको थियो । ज्ञवालीले जन्ममिति फरक पारेर सरकारी निकायलाई झुक्याएको आरोप

कांग्रेसका नेता गान्धीलाई दुई वर्षको जेल सजाय

काठमाडौं । भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ । बिहीबार गुजरातको सुरतस्थित अदालतले गान्धीलाई दुई वर्षको सजाय सुनाएको हो । यद्यपी उनी ३० दिनका लागि धरौटीमा रिहा भएका छन् ।  अदालतले दुई सालको सजाय गर्ने निर्णयविरुद्ध पुनरावेदन गर्ने अनुमतिसमेत दिएको छ । अर्थात फैसला अनुसार गान्धी एक महिनासम्म पक्राउ पर्ने छैनन् । यो बीचमा उनले पुनरावेदन गर्न सक्नेछन् । सन् २०१९ मा गान्धीले कर्नाटकमा