विशेष समाचार

प्रहरीमा ९ एसएसपीको डिआइजीमा वढुवा सिफारिस

काठमाण्डौं । नेपाल प्रहरीले ९ जना वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी)लाई डिआइजीमा बढुवाकाे लागि सिफारिस गरिएको छ । सोमवार बसेको बढुवा समितिको निर्णयले विभिन्न कार्यालयमा कार्यरत ९ जना एसएसपीलाई बढुवा गरिएको नेपाल प्रहरीले जनाएको छ । बढुवा हुनेमा राष्ट्रिय सुरक्षा परिषदको कार्यालय सिंहदरबारमा कार्यरत गणेशबहादुर ऐर, प्रहरी प्रधान कार्यालय नक्सालको आर्थिक शाखामा कार्यरत पुरुषोत्तम कंडेल, आतंकवाद नियन्त्रण शाखामा कार्यरत राजकुमार लालकर्ण, मानव बेचविखन ब्यूरोमा कार्यरत डा. देवबहादुर बोहोरा र यूएन महाशाखा

अन्डर कभर एजेन्टको भूमिकामा अभिनेत्री परिणीती चोपडा 

मुम्बई । अभिनेत्री परिणीती चोपडा आफ्नो नयाँ एक्सन थ्रिलर चलचित्रका लागि निर्देशक रिभु दासगुप्तासँग पुनः काम गर्दैछिन् । नयाँ चलचित्रमा परिणीति एक अन्डर कभर एजेन्टको भूमिका निभाउँदै छिन् ।   रिर्पोटका अनुसार, अझै नामांकण गर्न बाँकी यस चलचित्रमा भारत–पाकिस्तानको पृष्ठभूमि हुने छैन । चलचित्रमा परिणीति एक एन्डर कभर एजेन्टको भूमिकामा अपरेसनलाई नेतृत्व गर्नेछिन् । यसका साथै यो चलचित्र उनको व्यक्तिगत जीवनको यात्रा र बदलामा आधारित रहनेछ ।   २०२१ देखि

नयाँ कोरोनाभाइरस देखा परेसंगै साउदी अरेबियाद्धारा अन्तर्राष्ट्रिय उडान स्थगित

रियाद । साउदी अरेबियाले व्यावसायिक यात्रुबाहक हवाई उडान कम्तीमा एक साताका लागि स्थगित गर्ने घोषणा गरेको छ । कोरोनाभाइरस नयाँ स्वरुपमा देखा परेको भन्दै साउदी अरेबियाले अन्तर्राष्ट्रिय उडान स्थगित गरे‎को हो । साउदी अरेबियाली गृह मन्त्रालयका एक अधिकारीले विशेष परिस्थितिमा मात्र हवाई उडानको अनुमति दिइने बताएका छन् ।   साउदीमा रहेका विदेशी नागरिकलाई देश छाड्न र कार्गो सामान ओसारपसारका लागि हवाई उडान खुला गरिएको साउदी सरकारको भनाइ छ । साउदी

काङ्ग्रेसले आज देशभर प्रदर्शन गर्दै

काठमाडौँ । संसद विघटनको विरोध गर्दै नेपाली कांग्रेस सडकमा उत्रिएको छ । आज देशभर प्रदर्शन गर्ने गरी कांग्रेसले तयारी गरिरहेको छ । प्रदर्शनका लागि नेताहरु आआफ्नो क्षेत्रमा परिचालन भएका छन् । आज देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने नेपाली कांग्रेसले जनाएको छ । प्रदर्शनका क्रममा शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । कांग्रेस सभापति शेरबहादुर देउवा भक्तपुरको क्षेत्र नम्बर २ मा सम्बोधन गर्नेछन् । शंखधर चोकमा हुने सभालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम

संखुवासभामा प्रहरी र विप्लवविच दोहोरो भिडन्त

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता र नेपाल प्रहरीबीच संखुवासभामा गोली हानाहान (दोहोरो भीडन्त) भएको छ । आइतबार विशेष सुराकीका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेपछि भिडन्त भएको बताइएको छ । विप्लव समूहका कार्यकर्ताले ५ राउण्ड फायरिङ गरेको र प्रहरीले जवाफी दर्जन बढी गोली चलाएको संखुवासभा प्रहरी स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार विप्लव

जनता समाजवादी पार्टीद्धारा काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं। प्रतिनिधिसाभा विघटनविरुद्ध जनता समाजवादी पार्टीले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ। मध्यान्ह रत्नपार्क शान्ति वाटिकाबाट सुरु भएको जुलुस बागबजार, पुतलीसडक, भद्रकाली हुँदै पुनः शान्तिवाटिकामा पुगी सभामा परिणत हुने जनाइएको छ।

नयाँ कोरोमा भाईरस देखिएसंगै विदेशी नागरिकलाई जापान प्रवेशमा रोक

काठमाण्डौं । जापानले नेपाललगायतका मुलुकहरुबाट आउने विदेशी नागरिकहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । जापानमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (भेरियन्ट) भेटिएसँगै सोमबारबाट लागू हुने गरी जापानले विदेशी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।   जापानको विदेशमन्त्रालयका अनुसार अहिले लगाइएको प्रतिबन्ध विश्वका अधिकांश मुलुकहरुमा लागू हुनेछ । यो प्रतिबन्ध जनवरीको अन्तिमसम्म कायम रहनेछ ।   जापानको स्थानीय सञ्चारमाध्यमका अनुसार जापानी नागरिक तथा जापानमा बसोबास गर्ने

राज्यमन्त्री बिमला बिकद्धारा पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त उद्योग वाणिज्य तथा आपुर्ती राज्यमन्त्री बिमला बिकले आज पद बहाली गर्नु भएको छ । पद बहाली गर्दै राज्यमन्त्री बिकले राज्यको विकास र समृद्धिको पक्षमा सधै सकारात्मक परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।     उहाले भन्नुभयो , “ नियमबिपरित कुनै पनि कामका लागि म भन्दैन तर नियम सङ्गत र ब्यबहारिकताले मिल्ने र जनताले अनुभुती हुने गरी काम गर्ने कुरामा मलाई पेल्यो नभन्नु होला ।”

प्रदेश १ का तीन मन्त्रीद्वारा सामुहिक राजिनामा

विराटनगर । प्रदेश १ का तीन मन्त्रीले सामुहिक राजिनामा दिएका छन् । आइतबार बिहान सामाजिक विकास मन्त्री जिवन घिमिरेसहित सामाजिक विकास राज्यमन्त्री जयमाया गजमेर र उद्योग, वन तथा पर्यटन राज्यमन्त्री विजयकुमार विश्वासले सामुहिक राजिनामा दिएका हुन् । सत्तारुढ दल नेकपामा देखिएको विवादसँगै मुख्यमन्त्री शेरधन राईले शनिबार आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाइ पदमुक्त गरेका थिए । प्रचण्ड–माधव पक्षका आङ्बोलाई पदमुक्त गरेसँगै सोही पक्षका तीन मन्त्रीले पनि राजिनामा दिएका हुन् ।

प्रदेश १ सरकार संकटमा मुख्यमन्त्री राई विरुद्ध अविस्वासको प्रस्ताव दर्ताको तयारी

काठमाडौं । नेकपा विभाजनको असर प्रदेश सरकारहरुमा देखिन थालेको छ । बाग्मतीपछि प्रदेश नम्बर १ मा पनि सरकार ढल्ने अवस्था देखिएको छ । मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड–माधव नेपाल पक्षले आइतबार अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीमा छन्। तीन मन्त्रीले राजीनामा समेत दिन लागेका छन् । सामाजिक विकासमन्त्री जीवन घिमिरे, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वास र सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले राजीनामा दिन लागेका हुन् । यसअघि मुख्यमन्त्री शेरधन