नेपाल प्रहरीलाई मर्यादित र अनुशासित बनाउन आचारसंहिता कार्यादेश जारी
काठमाडौं ३१ भदौ । नेपाल प्रहरीले आफ्ना कर्मचारीलाई शिष्ट, मर्यादित, जबाफदेही, कर्तव्यनिष्ठ, नैतिकता र अनुशासनप्रति प्रतिबद्ध बनाउन आचारसंहिता कार्यादेश २०७७ जारी गरेको छ। मंगलबार आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरिक्षक शैलेश थापाले कार्यादेश सार्वजनिक गरे। कार्यादेशका मुख्य बुँदा निम्न बमोजिम छन्। – प्रहरी कर्मचारीले सेवा प्रवाह गर्दा, सेवाग्राहीसँग व्यवहार गर्दा वा व्यक्तिगत एवं पेशागत कर्तव्य निर्वाह गर्नु पर्दा अनिवार्य रुपमा सेवाग्राहीसंग कुनै प्रकारको आग्रह वा पूर्वाग्रह वा द्वेष भाव नराखी समान