विशेष समाचार

बन्दाबन्दीमा पनि मानव बेचविखनका उजुरी

नेपालगन्ज १, असोज । लकडाउन तथा सीमानाका बन्द भएकै बेला बाँकेमा मानव बेचविखन तथा ओसारपपोसार बढेको देखिएको छ । लकडाउनको अवधिमा मात्रै १७ युवतीका परिवारले खोजतलासका लागि यहाँ स्थित माइती नेपालमा निवेदन दिएका छन् । सवारीसाधन नचलेको र एकबाट अर्को जिल्लामा आउजाउ सहज नहुँदा पनि किशोरी तथा युवतीहरूलाई राम्रो काम लगाइदिने बहानामा लैजाने गरिएको भेटिएको माइती नेपालका बाँके संयोजक केशव कोइराला बताउँदै आएका छन् । विगतमा जसरी भारत तथा तेस्रो

बिहीबार देशभरका सबै अदालत बिदा हुने

काठमाडौँ । सर्वोच्च अदालतले बिहीबार देशभरका अदालत बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतको बुधबार बसेको बैठकले पूर्व प्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा दुख व्यक्त गर्दै बिहिबार देशभरका अदालतमा बिदा दिने निर्णय गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले बुधबार जारी गरेको विज्ञप्तिमा सिंहको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको उल्लेख गरिएको छ । त्यस्तै विज्ञप्तिमा  उनको आत्माको चीर शान्तिको कामनासहित शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट

अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम’ को टिजर सार्वजनिक, तिहारमा रिलिज हुने

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम’ को टिजर सार्वजनिक भएको छ। टिजरमा अक्षय कुमार नौलो लूकमा देखिएका छन् । यस फिल्म नोभेम्बर ९ मा रिलिज हुने भएको छ । फिल्म डिजिटल प्लेटफर्ममा रिलिज हुनेछ । फिल्म तिहारको अवसर पारेर रिलिज हुने अभिनेता अक्षयले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । फिल्ममा अक्षकुमार र अभिनेत्री कियरा आडवाणीको मुख्य भूमिका रहेको छ । यो फिल्म डिजिटल प्लेटफर्ममा रिलिज हुने महंगो

नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु

काठमाडाैँ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा आठ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको जानकारी दिएको छ । बुधबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा आठ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ३७९ पुगेको जानकारी दिए । साथै पछिल्लो २४ घण्टामा एक हजार ६८ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको संख्या ४१ हजार सात सय ६ पुगेको उनले जानकारी दिए । साथै पछिल्लो २४

लामो दुरीको सवारी साधनमा जोरबिजोर लागु नहुने

काठमाडौँ– असोज १ गतेबाट सुचारु हुने लागेको लामो दुरीको सवारी साधन सञ्चालनमा जोर-बिजोर प्रणाली लागू नहुने भएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले लामो तथा मध्यम दुरीका सवारी साधन सन्चालनमा जोर-बिजोर प्रणाली लागू नहुने बताए। काठमाडौं उपत्यकामा जोर-बिजोर लागू भइरहेका बेला लामो दूरीका सवारी साधनमा के हुन्छ भन्ने अन्योल थियो। गत साता काठमाडौं उपत्यकामा नि’षेधाज्ञा खुकुलो बनाइए पनि यातायात सञ्चालनमा जोर-बिजोर प्रणाली लागु गर्ने निर्णय भएको थियो। मन्त्रिपरिषद्को मंगलबारको

लामो समयपछि एउटै फिल्ममा जोडी बाँध्दै शाहरुख र दीपिका

काठमाडौं – बलिउडका चर्चित अभिनेता शाहरुख खान अब नयाँ फिल्ममा देखिने भएका छन् । उनी अभिनेत्री दीपिका पादुकोणसँग फिल्म सनकी मा एकसाथ देखिने बताइएको छ । लामो समयपछि अब फेरि यी दुईको जोडीलाई दर्शकले हेर्न पाउने भएका छन् । तमिल निर्देशक एटली कुमारले पनि यी दुईको जोडिलाई रिुचाएका छन् । भारतिय मिडियाका अनुसार फिल्म सनकी मा एकसाथ अभिनय गर्न शाहरुख र दीपिका उत्साहित रहेको बताइएको छ । उनीहरुलाई यस फिल्मको

श्राद्धको खाना खाँदा एक जनाको मृत्यु, १५ जना बिरामी

काठमाडौं – कैलालीमा मंगलबार श्राद्धको खाना खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका– १० खमौराका सुरेश बोहरा रहेका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । श्राद्धको खाना खाँदा अन्य १५ जना बिरामी भएका छन् । बिरामी भएका १५ जनाको सेती प्रादेशिक, नवजीवन र माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भदौ २७ गते श्राद्धमा खाना खाएका उनीहरु

कोरोना संक्रमित शशांक कोइरालाको स्वास्थ्य अवस्था स्थिर : अस्पताल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको ओम अस्पतालले जनाएको छ । अस्पतालले दिउँसो स्वास्थ्य बुलेटिन सार्वजनिक गर्दै तीनजना चिकित्सक उपचारमा खटिएको उल्लेख गरेको छ । डा.विश्वनाथ कोइराला, डा.सुबोध ढकाल र प्रेमसुन्दर श्रेष्ठ उनको उपचारमा खटिएका छन् । केही दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका कोइरालाको अवस्था बिग्रिँदै गएपछि बुधबार बिहान चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको हो । उनलाई भदौ २३ गते कोरोना

बिल गेट्सका पिताको निधन

वासिङ्टन, एएनआई – माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सका पिता विलियम हेनरी गेट्स द्धितीयको ९४ वर्षको उमेरमा निधन भएको छ । उनको ९४ वर्षको उमेरमा हुड क्यानलस्थित निवासमा सोमबार निधन भएको बताइएको छ । विल गेट्सको पारिवारिक स्रोतले उहाँको सोमबार निधन भएको जानकारी मंगलबार गराएको हो । उनी अल्जाइमरको विरामी थिए । विलियम हेनरी गेट्स द्धितीयको सन् १९२५ मा वासिङ्टनको बेरमर्टनमा जन्म भएको थियो । उनको निधनपछि विल गेट्सले आफ्ना पिता आफ्नो

सिन्धुपाल्चोक केन्द्रविन्दु भई बुधबार बिहानै ६ म्याग्निच्यूडको भूकम्प

काठमाडौं ३१ भदौ । सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भई बुधबार बिहानै गएको भूकम्पको धक्का २०७२ सालकै भूकम्पको परकम्प भएको भूकम्पविद्ले जानकारी दिएका छन्। बिहान पाँच बजेर १९ मिनेटमा सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भई ६ म्याग्निच्यूडको भूकम्प गएको हो। भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बुधबार बिहान गएको भूकम्प २०७२ सालकै भूकम्पको परकम्प भएको जानकारी दिए। २०७२ साल वैशाख १२ गते गएको ७।८ म्याग्निच्यूडको शक्तिशाली भूकम्पपछि पाँच वर्षदेखि नै परकम्पहरु आइरहेका छन्। बुधबार